२०८२, १६ चैत्र सोमबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

गायक श्रेष्ठलाई सङ्गीततर्फ ‘दीर्घसाधना सम्मान’ प्रदान गरिने

२०८२, ४ असार बुधबार १५:१३
काठमाडौँ । पाँच दशक भन्दा अघिदेखि गीतसङ्गीतको क्षेत्रमा सक्रिय रहनुभएका वरिष्ठ गायक दीप श्रेष्ठलाई ‘नेपाल सङ्गीत तथा नाट्य प्रज्ञा प्रतिष्ठान दीर्घसाधना सम्मान’ प्रदान गरिने भएको छ ।
विसं २००७ मङ्सिर २६ गते सुनसरीको धरानमा जन्मनुभएका गायक श्रेष्ठले १८ वर्षको उमेरमा रेडियो नेपालमा ‘म पत्थरको देवता होइन’ बोलको गीत रेकर्ड गरी सङ्गीत क्षेत्रमा प्रवेश गर्नुभएको थियो ।
उहाँले सङ्गीत क्षेत्रमा पु¥याउनुभएको अतुलनीय योगदानको कदर गर्दै यस वर्ष दीर्घसाधना सम्मान प्रदान गर्ने घोषणा गरिएको नेपाल सङ्गीत तथा नाट्य प्रज्ञा प्रतिष्ठानकी कुलपति निशा शर्माले जानकारी दिनुभयो । उक्त सम्मानको राशि रु दुई लाख र ताम्रपत्र रहेको छ ।
श्रेष्ठले रेडियो नेपालबाट २०२७ साल र २०२८ सालमा पुरुषतर्फ उत्कृष्ट गायन उपाधि र २०३० सालमा स्वर्ण पदक प्राप्त गर्नुभएको थियो । उहाँले चार सय बढी गीत गाउनुभएको छ । प्रतिष्ठानले दीर्घसाधना सम्मानसहित ‘नेपाल सङ्गीत तथा नाट्य राष्ट्रिय प्रज्ञा पुरस्कार’ पाउने नौ जना स्रष्टाको नामावली सार्वजनिक गरेको छ ।
यही असार ११ गते राष्ट्रपति रामचन्द्र पौडेलबाट राष्ट्रपति भवन शीतलनिवासमा उक्त पुरस्कार तथा सम्मान प्रदान गरिने कुलपति शर्माले जानकारी दिनुभयो । यस्तै ‘नेपाल सङ्गीत तथा नाट्य राष्ट्रिय प्रज्ञा पुरस्कार’ गायिका कुन्ती मोक्तान, वरिष्ठ सङ्गीत संयोजक राजु अग्रवाल, वरिष्ठ नृत्य निर्देशक भुवनदास श्रेष्ठ, वरिष्ठ रङ्गकर्मी हरिबादुर थापा र वरिष्ठ नाटककार वेदकुमारी न्यौपानेलाई प्रदान गरिने भएको छ ।
खोज तथा अनुसन्धान नृत्य विधातर्फ खोज तथा अनुसन्धानकर्ता कृष्णप्रसाद पौडेल (नृत्यानन्द), वरिष्ठ लोकगायक नारायण रायमाझी र वरिष्ठ शास्त्रीय सङ्गीत साधक कुशेश्वरप्रसाद राईलाई उक्त पुरस्कार प्रदान गरिने प्रतिष्ठानकी सदस्य सचिव कुष्मा महरा ‘प्रगति’ ले जानकारी दिनुभयो । उहाँका अनुसार सबै पुरस्कारको राशि जनही रु एक लाख र ताम्रपत्र रहेको छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
आवेदन दिएको दिनमै श्रम स्वीकृति ओली र लेखकलाई ५ दिन हिरासतमा राखेर अनुसन्धान गर्न अनुमति ओली पक्राउको विरोधमा आज पनि काठमाडौँमा एमालेको प्रदर्शन नेप्से परिसूचकमा ठूलो गिरावट नेकपा संसदीय दलको नेतामा प्रचण्ड कारबाही उत्तेजना र आवेगमा आएर होइन, कानूनी प्रक्रिया बमोजिम हुनुपर्छ: कांग्रेस वीरगञ्ज नाका हुँदै २ हजारभन्दा बढी एलपी ग्यासका बुलेट भित्रिए पूर्वप्रधानमन्त्री ओली र पूर्वगृहमन्त्री लेखकको पक्राउ अपरिपक्व निर्णय हो : पूर्वराष्ट्रपति भण्डारी प्रदर्शनमा उत्रिएका एमाले कार्यकर्ता र प्रहरीबीच झडप केपी ओली र रमेश लेखक पक्राउ पर्नु ठूलो कुरा होइन, देश रहन्छ कि रहँदैन भन्ने कुरा चाहिँ ठूलो हो: दुर्गा प्रसाईं काठमाडौँमा वर्षा ओली पक्राउको विरोधमा प्रदर्शन ओली पक्राउको विरोधमा उत्रिए एमालेका कार्यकर्ताहरु पूर्वगृहमन्त्री लेखक २ नं गण महाराजगञ्जमा नवनिर्वाचित सांसदहरुलाई कांग्रेसको अभिमुखिकरण शुरु कानुन कार्यान्वयनमा दह्रोसँग उभिन गृहमन्त्रीको निर्देशन ओलीलाई गरिएको गिरफ्तारी गैरकानुनी र राजनीतिक प्रतिशोधपूर्ण कदम हो: रामकुमारी झाँक्री चार प्रमुख निर्णय गर्दै एमाले सचिवालय बैठक सम्पन्न काठमाडौँबाट रोल्पातर्फ जाँदै गरेको बस दुर्घटना ओली चिकित्सकको निगरानीमा, त्रिवि शिक्षण अस्पताल भर्ना