2026-08-24 02:12 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

निजामती विधेयक अघि नबढाइएको भन्दै सरकारको ध्यानाकर्षण

काठमाडौं । संघीय निजामती विधेयक अघि नबढाएको भन्दै प्रतिनिधिसभाअन्तर्गत राज्य व्यवस्था तथा सुशासन समितिका सभापति रामहरि खतिवडाले आपत्ति जनाएका छन्। बिहीबारको संसद् बैठकमा नागरिकता ऐन संशोधन विधेयक पेस गर्नेक्रममा उनले निजामती विधेयक अघि नबढाइएको भन्दै सरकारको ध्यानाकर्षण गराएका हुन्।

‘राज्य व्यवस्था तथा सुशासन समितिबाट हामीले पेस गरेको निजामती विधेयक पनि यहाँ आएर बसेको छ। कार्यसूचीमा आज प्रवेश गरेको देखिनँ,’ उनले भने, ‘छिट्टै त्यो पनि कार्यसूचीमा आएर पारित हुने विश्वास मैले लिएको छु।’

उक्त विधेयक असार १ गते खतिवडाले नै प्रतिनिधिसभामा पेस गरेका थिए। मंगलबार पारित गर्ने गरी कार्यसूचीमा राखिए पनि कार्यसूचीमा प्रवेश नभई सभा स्थगित भयो। बिहीबार उक्त विषय कार्यसूचीमै राखिएन। त्यसपछि खतिवडाले आपत्ति जनाएका हुन्। विधेयकमा कुलिङ पिरियडको विषयमा दलहरू र कर्मचारीहरूबीच एक मत बन्न सकेको छैन।

कर्मचारीले अवकाश भएलगत्तै संवैधानिक वा अन्य नियुक्ति पाउनुपर्ने र दुई वर्षको ग्याप राख्नुपर्ने विषयमा विवाद चर्किँदो छ। मुख्य सचिव एकनारायण अर्यालसहित उच्च पदस्थ कर्मचारीहरूले कुलिङ पिरियड राख्न नहुने पक्षमा छन्। उनीहरूलाई प्रधानमन्त्री केपी शर्मा ओलीले पनि साथ दिएका छन्। तर सत्ता साझेदार नेपादी कांग्रेस भने दुई वर्षे कुलिङ पिरिडको पक्षमा छ।

प्रमुख प्रतिपक्षी दल नेकपा माओवादी केन्द्रले पनि विधेयक अघि बढाउन सरकारलाई आग्रह गरिरहेको छ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
महिला हिंसा रोक्न कडा कानुनी सजायको व्यवस्था गर्न सांसद क्षेत्रीको माग गरिमा चौधरीको हत्यामा संलग्न आरोपमा थप एक जना पक्राउ लाल आयोगको प्रतिवेदन तत्काल सार्वजनिक गर्न गगन थापाको माग सोमबार सुनको मूल्य ३,२०० रुपैयाँले बढ्यो, चाँदीमा भने गिरावट वाईबी राईद्वारा मलेसिया रोजगारीको ‘सिण्डिकेट’ मा आफ्नो संलग्नता आरोप अस्वीकार विभिन्न देश पठाइदिन्छु भन्दै रकम ठगी गरेको आरोपमा २ जना पक्राउ रास्वपाको नीति–कार्यक्रम माथिल्लो वर्गको हितमा मात्रै छ : झलनाथ खनाल विश्वप्रकाश शर्माको अपिल: अदालत होइन, पार्टी कार्यालयमै बसेर कांग्रेसको विवाद समाधान गरौँ सामाजिक सञ्जालमा अनेकौँ पेज सञ्चालन गर्दैमा पार्टी बलियो बन्दैन : दीपक खड्का म्याग्दीबाट मुस्ताङतर्फ अघि बढे प्रधानमन्त्री बालेन गरिमा चौधरीलाई न्याय माग्दै काठमाडौँमा प्रदर्शन यो सरकार पाँच वर्ष कुनै हालतमा जाँदैन : केपी ओली पहिरो खसेपछि पासाङल्हामु सडक पूर्ण रूपमा अवरुद्ध अनुदानको मल कालोबजारी गरेको आरोपमा तीन जना पक्राउ गरिमाको हत्यामा गृहमन्त्रीको स्पष्ट सन्देश: ‘दोषी उम्कनु हुँदैन, निर्दोष फस्नु हुँदैन’ मतदाता नामावली अद्यावधिक गर्न निर्वाचन आयोगको अनुरोध राष्ट्रियसभाबाट ‘नेपाल विशेष सेवा ऐनसम्बन्धी विधेयक’सर्वसम्मतिले स्वीकृत रास्वपामा तीन पदाधिकारीसहित ४२ केन्द्रीय सदस्य अर्को बैठकबाट मनोनीत हुने साताको अन्तिम दिन घट्यो नेप्से शंखमुलको होस्टलमा कुटपिटपछि २२ वर्षीय युवकको मृत्यु