2026-10-07 05:57 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

स्काउटले युवापुस्तामा अनुशासन र सेवा विकास गर्नु सकारात्मक छ: उपराष्ट्रपति यादव

काठमाडौँ । उपराष्ट्रपति रामसहायप्रसाद यादवले नेपाल स्काउटले देशको युवापुस्तामा प्रदान गर्दै आएको अनुशासन, नेतृत्व र सेवा भावना सकारात्मक रहेको बताउनुभएको छ ।
नेपाल स्काउटको ७४औं स्थापना दिवसको अवसरमा आज यहाँ आयोजित समारोहमा उहाँले स्काउटको निरन्तर प्रयासले बालबालिका, किशोरकिशोरी तथा युवायुवतीहरूलाई चरित्रवान, स्वावलम्बी र समाजसेवी नागरिकको रूपमा विकसित गर्न उल्लेखनीय भूमिका निर्वाह गरिरहेको बताउनुभयो ।
स्काउट ऐन, २०५० अन्तर्गत युवालाई नैतिक, बौद्धिक तथा सामाजिक शिक्षामार्फत जिम्मेवार नेतृत्वतर्फ उन्मुख गराउन संस्थाले गर्दै आएको कार्य प्रशंसनीय रहेको उल्लेख गर्दै उपराष्ट्रपति यादवले सातै प्रदेश र ७५३ स्थानीय तहमा फैलिएको स्काउट सञ्जाल र सोमार्फत परिचालित ५० हजारभन्दा बढी स्वयंसेवक युवा स्काउटको योगदानको स्मरण गर्नुभयो ।
“लागुपदार्थ दुर्व्यसन निवारण, महिला हिंसाविरुद्ध अभियान, किशोरी स्वास्थ्य सचेतना तथा विपद् व्यवस्थापनजस्ता विषयलाई प्राथमिकतामा राख्दै नेपाल स्काउटले गर्दै आएको समाजिक रूपान्तरण महत्वपूर्ण छ”, उहाँले भन्नुभयो, “स्काउटका सदस्यहरूले राष्ट्रिय तथा अन्तरराष्ट्रिय कार्यक्रममार्फत नेपालको पहिचान अन्तरराष्ट्रिय स्तरमा उजागर गर्न सफल हुनु प्रशंसनीय छ ।”
उपराष्ट्रपति यादवले विपद् व्यवस्थापनमा दक्ष टोली निर्माण, स्वयंसेवा अभियानका सशक्त गतिविधिहरू तथा महिला नेतृत्व प्रवर्द्धनमा संस्थाको अग्रसरतालाई सशक्त प्रेरणा स्रोतका रूपमा लिइनुपर्ने बताउनुभयो । उपराष्ट्रपति यादवले नेपाल स्काउटको आगामी यात्रा अझ प्रभावकारी, समावेशी र नविन उपलब्धिले सम्पन्न होस् भन्ने कामना समेत गर्नुभयो ।
—

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
कांग्रेस सभापतिमा श्यामकृष्ण खड्गीको उम्मेदवारी दर्ता रमेश धमलाले दिए कांग्रेस सहमहामन्त्रीमा उम्मेदवारी कांग्रेस महाधिवेशन : गगन थापाले सभापतिमा उम्मेदवारी दर्ता गराए तातोपानी र रसुवागढी नाका खुलाउन चीनसँग संवाद भइरहेको छ : मन्त्री लम्साल जलवायु सङ्कटलाई संसद्को नियमित एजेन्डा बनाउन सभामुख अर्यालको आग्रह दुर्गा प्रसाईंलाई धरौटीमा रिहा गर्न अदालतको आदेश दशैं नजिकिँदै गर्दा मौसममा बदली, आज–भोलि वर्षासँगै चट्याङ र असिनाको सम्भावना कांग्रेस महाधिवेशन : विश्वप्रकाश शर्माले वरिष्ठ उपसभापतिमा उम्मेदवारी दिए विपद्मा बेपत्ता भएकाको मृत्यु घोषणा र दर्तासम्बन्धी कानुन छिट्टै संशोधन गर्छौं : मन्त्री गौतम कांग्रेस महामन्त्रीमा प्रदीप पाैडेलले गरे उम्मेदवारी दर्ता कांग्रेसमा उम्मेदवारी दर्ताको समय थपियो, अब साँझ ६ बजेसम्म गृहमन्त्री गुरुङ असोज २६ गते भारत जाँदै ग्यासको खुद्रा बिक्री रोक्न आयल निगमलाई बिक्रेता महासंघको आग्रह कुलमान घिसिङको दाबी : आगामी प्रदेशसभा निर्वाचनपछि बागमतीमा उज्यालो नेपालको सरकार बन्छ विश्वप्रकाश शर्माले भने– ‘ढुक्क हुनुहोस्, यसपालि प्यानल बन्दैन’ दशैं–तिहारका लागि असोज २३ गतेदेखि अग्रिम टिकट बुकिङ खुल्ने कांग्रेस महाधिवेशनको तेस्रो दिन बन्द सत्र जारी, चार प्रतिवेदन पारित हुन बाँकी राज्यको संवेदनशील सूचना कसैको निजी सम्पत्ति होइन, सार्वजनिक जिम्मेवारी हो : गृहमन्त्री गुरुङ कांग्रेसमा नयाँ नेतृत्व चयन प्रक्रिया सुरु, आजदेखि उम्मेदवारी दर्ता सुनको मूल्य स्थिर, चाँदीको मूल्य १५ रुपैयाँले घट्यो