2026-10-07 05:06 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

रास्वपाका सांसदहरुको शैलीले स्वयम रास्वपालाई निल्ने छ : एमाले सचेतक बर्तौला

काठमाडौँ । नेकपा एमालेका प्रमुख सचेतक महेश बर्तौलाले भिजिट भिसा प्रकरणमा प्रमुख प्रतिपक्षीसँग सहमति भइसकेकाले अन्य दलसँग सहमति गर्नु आवश्यक नरहेको बताएका छन् ।

शुक्रबार संसद भवन नयाँ बानेश्वरमा सञ्चारकर्मीसँग कुरा गर्दै बर्तौलाले माओवादीसँग भएको सहमति अनुसार भिजिट भिसा प्रकरणको छानबिन अघि बढ्ने भन्दै दल र व्यक्ति पिच्छेसँग सरकारले सम्झौता गर्दै नहिँड्ने बताए। उनले भिजिट भिसा प्रकरणमा माओवादीसंग भएको सहमतिबाटै समस्याको समाधान हुने स्पष्ट पारे ।

संसदीय प्रणालीमा मुख्य विपक्षी दल नै मुख्य हुने भएकाले माओवादीसँग भएको समझदारी बमोजिम नै सदन अघि बढिरहेको उनले बताए ।

त्यस्तै बर्तौलाले रास्वपाले उठाएका विषयलाई समाधान गर्न सरकारले नै प्रतिवद्धता जनाइसकेको अवस्थामा नीलो रिबन र कालो लुगा लगाएर रास्वपाका सांसदहरुले स्टन्ड गर्न खाजेको जिकिर गरे ।

संसदीय पद्धतीलाई ग्रहण गर्न रास्वपा असफल देखिएको उनको भनाइ छ। उनले रास्वपाका सांसदहरुको शैलीले स्वयम रास्वपालाई निल्ने तर्क गरे ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
कांग्रेस सभापतिमा श्यामकृष्ण खड्गीको उम्मेदवारी दर्ता रमेश धमलाले दिए कांग्रेस सहमहामन्त्रीमा उम्मेदवारी कांग्रेस महाधिवेशन : गगन थापाले सभापतिमा उम्मेदवारी दर्ता गराए तातोपानी र रसुवागढी नाका खुलाउन चीनसँग संवाद भइरहेको छ : मन्त्री लम्साल जलवायु सङ्कटलाई संसद्को नियमित एजेन्डा बनाउन सभामुख अर्यालको आग्रह दुर्गा प्रसाईंलाई धरौटीमा रिहा गर्न अदालतको आदेश दशैं नजिकिँदै गर्दा मौसममा बदली, आज–भोलि वर्षासँगै चट्याङ र असिनाको सम्भावना कांग्रेस महाधिवेशन : विश्वप्रकाश शर्माले वरिष्ठ उपसभापतिमा उम्मेदवारी दिए विपद्मा बेपत्ता भएकाको मृत्यु घोषणा र दर्तासम्बन्धी कानुन छिट्टै संशोधन गर्छौं : मन्त्री गौतम कांग्रेस महामन्त्रीमा प्रदीप पाैडेलले गरे उम्मेदवारी दर्ता कांग्रेसमा उम्मेदवारी दर्ताको समय थपियो, अब साँझ ६ बजेसम्म गृहमन्त्री गुरुङ असोज २६ गते भारत जाँदै ग्यासको खुद्रा बिक्री रोक्न आयल निगमलाई बिक्रेता महासंघको आग्रह कुलमान घिसिङको दाबी : आगामी प्रदेशसभा निर्वाचनपछि बागमतीमा उज्यालो नेपालको सरकार बन्छ विश्वप्रकाश शर्माले भने– ‘ढुक्क हुनुहोस्, यसपालि प्यानल बन्दैन’ दशैं–तिहारका लागि असोज २३ गतेदेखि अग्रिम टिकट बुकिङ खुल्ने कांग्रेस महाधिवेशनको तेस्रो दिन बन्द सत्र जारी, चार प्रतिवेदन पारित हुन बाँकी राज्यको संवेदनशील सूचना कसैको निजी सम्पत्ति होइन, सार्वजनिक जिम्मेवारी हो : गृहमन्त्री गुरुङ कांग्रेसमा नयाँ नेतृत्व चयन प्रक्रिया सुरु, आजदेखि उम्मेदवारी दर्ता सुनको मूल्य स्थिर, चाँदीको मूल्य १५ रुपैयाँले घट्यो