२०८२, ९ चैत्र सोमबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

राससकर्मी न्यौपानेसहित तीन पत्रकार पुरस्कृत

२०८२, ७ असार शनिबार ११:४१

काठमाडौँ |राष्ट्रिय समाचार समिति (रासस) का दमौली समाचारदाता कृष्ण न्यौपानेसहित तीन पत्रकारलाई लायन्स क्लव अफ तनहुँ सत्यवतीले पुरस्कृत गरेको छ । पत्रकारितामार्फत समाजमा पुर्‍याएको अतुलनीय योगदानको उच्च कदर गर्दै उहाँहरुलाई पुरस्कृत गरिएको हो ।

पुरस्कृत हुनेमा नेपाल पत्रकार महासङ्घ तनहुँका पूर्वअध्यक्ष एवं मादीसेती प्रवाह दैनिकका सम्पादक ओमकार आचार्य, मादीसेती प्रवाह दैनिकका कार्यकारी सम्पादक अन्जना तिमिल्सिना रहनुभएको छ ।

आज यहाँ आयोजित क्लवको पदभार हस्तान्तरण कार्यक्रममा गण्डकी प्रदेशसभा सदस्य एवं लायन्स क्लव नेपाल ३२५ वि १ का पूर्वगर्भनर अशोककुमार श्रेष्ठ, क्लवका अध्यक्ष पवित्रा खनाललगायतले उहाँहरुलाई दोसल्ला, प्रमाणपत्र र नगद पुरस्कार हस्तान्तरण गर्नुभयो ।

त्यस अवसरमा व्यास नगरपालिका–५ का वडाध्यक्ष विष्णुकुमार श्रेष्ठ, लायन्स क्लवका नेता सुरेन्द्र पौडेल, नेपाल पत्रकार महासङ्घका पूर्वअध्यक्ष ओमकार आचार्यलगायतले लायन्स क्लवले सामाजिक क्षेत्रमा पुर्‍याएको योगदानको चर्चा गर्नुभयो ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
ट्यांकरले स्कुटरलाई ठक्कर दिँदा एक जनाको मृत्यु रवि लामिछानेको मुद्दा फिर्ताविरुद्धको रिटको आजको सुनुवाइ हेर्दाहेर्दैमा लागू औषधसहित थाई नागरिक विमानस्थलबाट पक्राउ महिला हिंसाविरुद्ध माइतीघरमा प्रदर्शन मलद्वारमा लागु औषध लुकाउने दुई पक्राउ बझाङमा भूकम्पको धक्का कांग्रेसले फेरि बोलायो केन्द्रीय समिति बैठक मोबाइल फोनबाट साढे ५ अर्ब बढी राजस्व संकलन इनिशा विकको न्याय माग्दै माइतीघरमा हस्ताक्षर संकलन न्युयोर्कमा विमान दुर्घटना, उडानहरू प्रभावित रवि लामिछानेको मुद्दा फिर्ताविरुद्ध रिटमा आज फेरि सुनुवाइ चोरीमा संलग्न रहेको अभियोगमा दुईजना पक्राउ आयोगले दिएको प्रतिवेदन सार्वजनिक गर्नु सरकारको दायित्व र जिम्मेवारी दुवै हो: प्रदीप पौडेल सुनचाँदीको मूल्यमा निरन्तर गिरावट कुवेत ट्रान्जिटमा अलपत्र ३३ नेपाली साउदीमार्फत गन्तव्यतिर प्रस्थान सडकबाट लडेर एक वृद्धको मृत्यु कांग्रेसका पूर्वसभापति देउवा हङकङ प्रस्थान कपिलवस्तुको महाराजगन्ज क्षेत्रमा निषेधाज्ञा सद्भाव, सहिष्णुता र आपसी सहकार्यबाट नै देश अघि बढ्छ: बालेन्द्र शाह इनिशा बिक हत्या प्रकरणमा संलग्न दोषीलाई कडा कारबाहीको माग गर्दै माइतीघरमा आज पनि प्रदर्शन