2026-11-02 01:43 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

राससकर्मी न्यौपानेसहित तीन पत्रकार पुरस्कृत

2025-06-21

काठमाडौँ |राष्ट्रिय समाचार समिति (रासस) का दमौली समाचारदाता कृष्ण न्यौपानेसहित तीन पत्रकारलाई लायन्स क्लव अफ तनहुँ सत्यवतीले पुरस्कृत गरेको छ । पत्रकारितामार्फत समाजमा पुर्‍याएको अतुलनीय योगदानको उच्च कदर गर्दै उहाँहरुलाई पुरस्कृत गरिएको हो ।

पुरस्कृत हुनेमा नेपाल पत्रकार महासङ्घ तनहुँका पूर्वअध्यक्ष एवं मादीसेती प्रवाह दैनिकका सम्पादक ओमकार आचार्य, मादीसेती प्रवाह दैनिकका कार्यकारी सम्पादक अन्जना तिमिल्सिना रहनुभएको छ ।

आज यहाँ आयोजित क्लवको पदभार हस्तान्तरण कार्यक्रममा गण्डकी प्रदेशसभा सदस्य एवं लायन्स क्लव नेपाल ३२५ वि १ का पूर्वगर्भनर अशोककुमार श्रेष्ठ, क्लवका अध्यक्ष पवित्रा खनाललगायतले उहाँहरुलाई दोसल्ला, प्रमाणपत्र र नगद पुरस्कार हस्तान्तरण गर्नुभयो ।

त्यस अवसरमा व्यास नगरपालिका–५ का वडाध्यक्ष विष्णुकुमार श्रेष्ठ, लायन्स क्लवका नेता सुरेन्द्र पौडेल, नेपाल पत्रकार महासङ्घका पूर्वअध्यक्ष ओमकार आचार्यलगायतले लायन्स क्लवले सामाजिक क्षेत्रमा पुर्‍याएको योगदानको चर्चा गर्नुभयो ।
—

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
भोलिदेखि सरकारी कार्यालयको समय बिहान ९ देखि ४ बजेसम्म बाँकेको स्टिल उद्योगमा विद्युत् सर्ट भएर आगलागी, ८ जना घाइते सुनको मूल्यमा ठूलो गिरावट, एकैदिन तोलामा ८ हजार ३०० रुपैयाँ घट्यो पत्रकारमाथिको धरपकड छानबिन गरी दोषीलाई कारबाही गर्न रास्वपाको माग संविधान र लोकतन्त्रभन्दा माथि कोही छैन : रवि लामिछाने वर्षाका कारण एनपीएलमा सुदूरपश्चिम–विराटनगर खेलमा ढिलाइ वर्षा रोकिएसँगै देशभर मौसममा सुधार, काठमाडौँमा घाम लाग्यो कुलेखानी ड्यामका ढोका खोल्नुपर्ने जोखिम, भीमफेदी–कुलेखानी सडक १२ घण्टा बन्द बारामा अस्पताल उद्घाटन विवाद चर्कियो, प्रहरीको गोली लागेर १४ वर्षीय बालक घाइते बाढीपहिरोले पृथ्वीराजमार्गसहित १२ भन्दा बढी सडकखण्ड अवरुद्ध वर्षाका कारण एनपीएलमा लुम्बिनी–चितवनको खेल रद्द, दुवैलाई १ अंक कुलेखानी जलाशयको सतह बढ्दै, सतर्क रहन आग्रह डोल्पा कारागारबाट सुरुङ खनेर आठ कैदीबन्दी फरार नेपाली गेमिङ उद्योगलाई विश्व बजारमा पुर्‍याउने प्रधानमन्त्री बालेनको योजना रास्वपा सभापति रवि लामिछानेले बोलाए सचिवालय बैठक लगातार वर्षाले एनपीएल प्रभावित हुने सम्भावना विपद् जोखिम न्यूनीकरणमा सञ्चारमाध्यमको भूमिका महत्त्वपूर्ण : आईजीपी कार्की अर्नब चक्रवातको प्रभाव कमजोर हुँदै, अपराह्नपछि मौसममा सुधार आउने सार्वजनिक खरिदमा लापरबाही गर्ने १२० फर्म तथा कम्पनी कालोसूचीमा कान्ति राजमार्गमा दुई दिन राति सवारी आवागमन बन्द