2026-10-07 05:10 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

नेकपा एमालेका सचिव योगेश भट्टराईले मन्त्रीहरू संसदप्रति जिम्मेवार नभएको भन्दै आपत्ति

काठमाडौँ |नेकपा एमालेका सचिव योगेश भट्टराईले मन्त्रीहरू संसदप्रति जिम्मेवार नभएको भन्दै गम्भीर आपत्ति जनाएका छन्। शनिबार प्रतिनिधि सभा बैठकमा बोल्दै उनले एकै पटक १० वटा मन्त्रालयमाथि छलफल गर्नुपर्ने अवस्था आउनु मन्त्रीहरूको संसदप्रतिको गैरजिम्मेवारी भएको टिप्पणी गरे।

 

सचिव भट्टराईले संसद चलिरहेको बेला र विनियोजन शीर्षकमाथि छलफल भइरहेको समयमा मन्त्रीहरू अनुपस्थित हुनुभन्दा महत्त्वपूर्ण अर्को के काम हुन सक्छ भनी प्रश्न गरे। “आज यो १० वटा मन्त्रालय कसरी पुग्यो? एकै पटक १० वटा मन्त्रालयको छलफल गरेर हामी कसरी एउटा कन्स्ट्रक्टिभ ढंगले संसदमा भूमिका खेल्न सक्छौँ? एउटा यो गम्भीर प्रश्न हो,” उनले भने, “१० वटा किन पुग्यो भने हिजो केही मन्त्रीजीहरू आउनु भएन। अस्ति केही मन्त्रीजीहरू आउनु भएन। अनि थपिँदै थपिँदै जाँदा १० वटा पुग्यो।”

उनले मन्त्रीहरूलाई संसदमा उपस्थित भएर गम्भीरताका साथ भाग लिनुपर्नेमा जोड दिए।

भट्टराईले संविधानले प्रधानमन्त्रीलाई संसदप्रति जवाफदेही र मन्त्रीहरूलाई प्रधानमन्त्री तथा संसदप्रति जवाफदेही बनाएको स्मरण गराए। उनले यदि मन्त्रीहरू संसदमा उपस्थित नहुने र आफूले प्रस्तुत गरेका विधेयकहरूमा गम्भीरताका साथ भाग नलिने हो भने विधायिकी काममा कसरी सक्रिय हुने भन्दै प्रश्न गरे।

“यो निकै गम्भीर प्रश्न हो। संविधानले प्रधानमन्त्रीलाई संसदप्रति जवाफदेही भन्छ। मन्त्रीहरूलाई प्रधानमन्त्री र संसदप्रति जवाफदेही भन्छ,” उनले थपे, “जब हामी संसदमा उपस्थित भएर गम्भीरताका साथ भाग लिँदैनौँ, आफूले प्रस्तुत गरेका विधेयकहरूमा गम्भीरताका साथ अन्यत्र भाग लिँदैनौँ भने गर्छौं के?”

भट्टराईले मन्त्रीहरू समयमा उपस्थित नभएका कारण आजको बैठक एक घण्टा ढिलो सुरु भएकोमा पनि असन्तुष्टि व्यक्त गर्दै विधेयकहरूमा गम्भीरताका साथ भाग लिन मन्त्रीहरूलाई सुझाव दिए।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
कांग्रेस सभापतिमा श्यामकृष्ण खड्गीको उम्मेदवारी दर्ता रमेश धमलाले दिए कांग्रेस सहमहामन्त्रीमा उम्मेदवारी कांग्रेस महाधिवेशन : गगन थापाले सभापतिमा उम्मेदवारी दर्ता गराए तातोपानी र रसुवागढी नाका खुलाउन चीनसँग संवाद भइरहेको छ : मन्त्री लम्साल जलवायु सङ्कटलाई संसद्को नियमित एजेन्डा बनाउन सभामुख अर्यालको आग्रह दुर्गा प्रसाईंलाई धरौटीमा रिहा गर्न अदालतको आदेश दशैं नजिकिँदै गर्दा मौसममा बदली, आज–भोलि वर्षासँगै चट्याङ र असिनाको सम्भावना कांग्रेस महाधिवेशन : विश्वप्रकाश शर्माले वरिष्ठ उपसभापतिमा उम्मेदवारी दिए विपद्मा बेपत्ता भएकाको मृत्यु घोषणा र दर्तासम्बन्धी कानुन छिट्टै संशोधन गर्छौं : मन्त्री गौतम कांग्रेस महामन्त्रीमा प्रदीप पाैडेलले गरे उम्मेदवारी दर्ता कांग्रेसमा उम्मेदवारी दर्ताको समय थपियो, अब साँझ ६ बजेसम्म गृहमन्त्री गुरुङ असोज २६ गते भारत जाँदै ग्यासको खुद्रा बिक्री रोक्न आयल निगमलाई बिक्रेता महासंघको आग्रह कुलमान घिसिङको दाबी : आगामी प्रदेशसभा निर्वाचनपछि बागमतीमा उज्यालो नेपालको सरकार बन्छ विश्वप्रकाश शर्माले भने– ‘ढुक्क हुनुहोस्, यसपालि प्यानल बन्दैन’ दशैं–तिहारका लागि असोज २३ गतेदेखि अग्रिम टिकट बुकिङ खुल्ने कांग्रेस महाधिवेशनको तेस्रो दिन बन्द सत्र जारी, चार प्रतिवेदन पारित हुन बाँकी राज्यको संवेदनशील सूचना कसैको निजी सम्पत्ति होइन, सार्वजनिक जिम्मेवारी हो : गृहमन्त्री गुरुङ कांग्रेसमा नयाँ नेतृत्व चयन प्रक्रिया सुरु, आजदेखि उम्मेदवारी दर्ता सुनको मूल्य स्थिर, चाँदीको मूल्य १५ रुपैयाँले घट्यो