2026-10-07 03:55 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

‘संसद्मा नीतिगत भन्दा प्राविधिक बहस बढी’

काठमाडौँ | सांसदहरूले संसद्मा नीतिगतभन्दा प्राविधिक बहस बढी भएको भन्दै योजना निर्माणमा जनताको सहभागिता सुनिश्चित गरेर यस्ता बहसलाई कम गर्न सकिने बताउनुभएको छ ।

प्रतिनिधिसभाको आजको बैठकमा खर्च कटौतीको प्रस्तावसहित विनियोजन विधेयक, २०८२ का विभिन्न शीर्षकमाथि जारी छलफल अन्तर्गत आज तोकिएका विषयमा भनाइ राख्दै सांसद लेखनाथ दाहालले योजना निर्माणमा जनताको सहभागिता सुनिश्चित नगर्दा धेरै बजेट छुट्याएको जिल्लामा पनि विकास नभएको बताउनुभयो ।

प्रधानमन्त्री कार्यालयअन्तर्गत १४ वटा राज्यका संरचना रहेको उल्लेख गर्दै उहाँले तीमध्ये धेरै सुशासनसँग सम्बन्धित निकाय भए पनि संस्थागत भ्रष्टाचारको नेतृत्व सरकार प्रमुखबाट हुने गरेको आरोप लगाउनुभयो । भौतिक योजना मन्त्रालयमा नअटाएका विषय राख्न सहरी विकास मन्त्रालय स्थापना गरिएको पनि सांसद दाहालले बताउनुभयो ।

सांसद प्रभु साहले प्रधानमन्त्री कार्यालयकै छलफलका दिन प्रधानमन्त्री संसद्मा उपस्थित नहुनुले भनाइ एउटा र काम अर्कै भएको बताउनुभयो । प्रधानमन्त्रीले गरेको प्रतिबद्धतामा अडिग नभएको देखिएको उहाँले सुनाउनुभयो ।

खुद्रे विकासले सहरी योजना पूरा नहुने सांसद साहको भनाइ थियो । भइरहेका खेलकुद मैदान पनि व्यवस्थित नभएको उहाँले उल्लेख गर्नुभयो । महिलाको प्रतिनिधित्व ३३ प्रतिशत सुनिश्चित गरिए पनि सरकारमै त्यस अनुरूप प्रतिनिधित्व हुन नसकेको सांसद साहले बताउनुभयो ।

सांसद अमनलाल मोदीले राष्ट्रिय खेलाडीलाई निःशुल्क स्वास्थ्य सुविधा दिनुपर्ने माग गर्दै अर्थमन्त्री एउटा जिल्लाको मात्र नभइ समग्र देशलाई नै ध्यान दिनुपर्नेमा एउटै जिल्ला र अर्थमन्त्रीको जिल्लामा धेरै देखिएको बताउनुभयो ।

सहरी विकासमार्फत् विनियोजन गरिएको बजेटले सर्वोच्च नेता गणेशमान सिंहको नामलाई नै बदनाम गर्न खोजेको उहाँको भनाइ थियो । बिराटनगरमा प्रत्येक वर्ष डुबान पर्ने गरे पनि सहरी विकास मन्त्रीको ध्यान नजाँदा बजेट नपरेको बताउनुभयो ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
कांग्रेस सभापतिमा श्यामकृष्ण खड्गीको उम्मेदवारी दर्ता रमेश धमलाले दिए कांग्रेस सहमहामन्त्रीमा उम्मेदवारी कांग्रेस महाधिवेशन : गगन थापाले सभापतिमा उम्मेदवारी दर्ता गराए तातोपानी र रसुवागढी नाका खुलाउन चीनसँग संवाद भइरहेको छ : मन्त्री लम्साल जलवायु सङ्कटलाई संसद्को नियमित एजेन्डा बनाउन सभामुख अर्यालको आग्रह दुर्गा प्रसाईंलाई धरौटीमा रिहा गर्न अदालतको आदेश दशैं नजिकिँदै गर्दा मौसममा बदली, आज–भोलि वर्षासँगै चट्याङ र असिनाको सम्भावना कांग्रेस महाधिवेशन : विश्वप्रकाश शर्माले वरिष्ठ उपसभापतिमा उम्मेदवारी दिए विपद्मा बेपत्ता भएकाको मृत्यु घोषणा र दर्तासम्बन्धी कानुन छिट्टै संशोधन गर्छौं : मन्त्री गौतम कांग्रेस महामन्त्रीमा प्रदीप पाैडेलले गरे उम्मेदवारी दर्ता कांग्रेसमा उम्मेदवारी दर्ताको समय थपियो, अब साँझ ६ बजेसम्म गृहमन्त्री गुरुङ असोज २६ गते भारत जाँदै ग्यासको खुद्रा बिक्री रोक्न आयल निगमलाई बिक्रेता महासंघको आग्रह कुलमान घिसिङको दाबी : आगामी प्रदेशसभा निर्वाचनपछि बागमतीमा उज्यालो नेपालको सरकार बन्छ विश्वप्रकाश शर्माले भने– ‘ढुक्क हुनुहोस्, यसपालि प्यानल बन्दैन’ दशैं–तिहारका लागि असोज २३ गतेदेखि अग्रिम टिकट बुकिङ खुल्ने कांग्रेस महाधिवेशनको तेस्रो दिन बन्द सत्र जारी, चार प्रतिवेदन पारित हुन बाँकी राज्यको संवेदनशील सूचना कसैको निजी सम्पत्ति होइन, सार्वजनिक जिम्मेवारी हो : गृहमन्त्री गुरुङ कांग्रेसमा नयाँ नेतृत्व चयन प्रक्रिया सुरु, आजदेखि उम्मेदवारी दर्ता सुनको मूल्य स्थिर, चाँदीको मूल्य १५ रुपैयाँले घट्यो