२०८२, ९ चैत्र सोमबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

एसईईको नतिजा प्रकाशनमा किन ढिलाई ?

२०८२, ११ असार बुधबार १२:२३

काठमाडौँ । राष्ट्रिय परीक्षा बोर्डले माध्यमिक शिक्षा परीक्षा (एसईई) को नतिजा प्रकाशन गर्ने अन्तिम तयारी गरेको छ । बोर्डले यही असार तेस्रो साताभित्र रिजल्ट निकाल्ने भएको हो ।

यसपटक पनि एसईईको रिजल्ट वेबसाइट, एसएमएस र आईभीआरबाट सार्वजनिक गरिने बोर्डले जनाएको छ । बोर्डका अनुसार त्यसकानिम्ति २० वटा फर्म तथा संस्थाहरुलाई अनुमति दिइएको छ ।

जसअनुसार एसएमएस र आईभीआरबाट नतिजा प्रकाशन गर्न नेपाल टेलिकम, जानकी टेक्नोलोजी प्रालि, आकाश टेक प्रालि, स्विफ्ट टेक्नोलोजी प्रालि र अल स्टार आईटी सोलुसन्स प्रालिले स्वीकृति पाएका छन् ।

यस्तै, राष्ट्रिय परीक्षा बोर्ड, परीक्षा नियन्त्रण कार्यालय कक्षा १०, नेपाल टेलिकम, कान्तिपुर पब्लिकेसन्स, इडियु सञ्जाल प्रालि, इसेवा, खल्ती, कलेज इन्फो नेपाल, द कनेक्ट प्लस, बाह्रखरी मिडिया, कलेजेज नेपाल, एनसेल, स्विफ्ट टेक्नोलोजी, निमा एजुकेसन फाउण्डेसन र स्मार्टकार्ड नेपालले वेबसाइटबाट रिजल्ट प्रकाशनका निम्ति अनुमति पाएका छन् ।

गत चैत ७ गतेदेखि सञ्चालित एसईई परीक्षामा पाँच लाख बढी विद्यार्थी सहभागी भएका थिए । बोर्डले असार ६ गतेभित्र नतिजा सार्वजनिक गर्ने कार्यतालिका बनाएकोमा शिक्षकहरुको एक महिने आन्दोलनका कारण उत्तरपुस्तिका परीक्षण रोकिँदा ढिलाई भएको हो ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
ट्यांकरले स्कुटरलाई ठक्कर दिँदा एक जनाको मृत्यु रवि लामिछानेको मुद्दा फिर्ताविरुद्धको रिटको आजको सुनुवाइ हेर्दाहेर्दैमा लागू औषधसहित थाई नागरिक विमानस्थलबाट पक्राउ महिला हिंसाविरुद्ध माइतीघरमा प्रदर्शन मलद्वारमा लागु औषध लुकाउने दुई पक्राउ बझाङमा भूकम्पको धक्का कांग्रेसले फेरि बोलायो केन्द्रीय समिति बैठक मोबाइल फोनबाट साढे ५ अर्ब बढी राजस्व संकलन इनिशा विकको न्याय माग्दै माइतीघरमा हस्ताक्षर संकलन न्युयोर्कमा विमान दुर्घटना, उडानहरू प्रभावित रवि लामिछानेको मुद्दा फिर्ताविरुद्ध रिटमा आज फेरि सुनुवाइ चोरीमा संलग्न रहेको अभियोगमा दुईजना पक्राउ आयोगले दिएको प्रतिवेदन सार्वजनिक गर्नु सरकारको दायित्व र जिम्मेवारी दुवै हो: प्रदीप पौडेल सुनचाँदीको मूल्यमा निरन्तर गिरावट कुवेत ट्रान्जिटमा अलपत्र ३३ नेपाली साउदीमार्फत गन्तव्यतिर प्रस्थान सडकबाट लडेर एक वृद्धको मृत्यु कांग्रेसका पूर्वसभापति देउवा हङकङ प्रस्थान कपिलवस्तुको महाराजगन्ज क्षेत्रमा निषेधाज्ञा सद्भाव, सहिष्णुता र आपसी सहकार्यबाट नै देश अघि बढ्छ: बालेन्द्र शाह इनिशा बिक हत्या प्रकरणमा संलग्न दोषीलाई कडा कारबाहीको माग गर्दै माइतीघरमा आज पनि प्रदर्शन