२ माघ २०८२, बिहीबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

एसईईको नतिजा प्रकाशनमा किन ढिलाई ?

११ असार २०८२, बुधबार १२:२३

काठमाडौँ । राष्ट्रिय परीक्षा बोर्डले माध्यमिक शिक्षा परीक्षा (एसईई) को नतिजा प्रकाशन गर्ने अन्तिम तयारी गरेको छ । बोर्डले यही असार तेस्रो साताभित्र रिजल्ट निकाल्ने भएको हो ।

यसपटक पनि एसईईको रिजल्ट वेबसाइट, एसएमएस र आईभीआरबाट सार्वजनिक गरिने बोर्डले जनाएको छ । बोर्डका अनुसार त्यसकानिम्ति २० वटा फर्म तथा संस्थाहरुलाई अनुमति दिइएको छ ।

जसअनुसार एसएमएस र आईभीआरबाट नतिजा प्रकाशन गर्न नेपाल टेलिकम, जानकी टेक्नोलोजी प्रालि, आकाश टेक प्रालि, स्विफ्ट टेक्नोलोजी प्रालि र अल स्टार आईटी सोलुसन्स प्रालिले स्वीकृति पाएका छन् ।

यस्तै, राष्ट्रिय परीक्षा बोर्ड, परीक्षा नियन्त्रण कार्यालय कक्षा १०, नेपाल टेलिकम, कान्तिपुर पब्लिकेसन्स, इडियु सञ्जाल प्रालि, इसेवा, खल्ती, कलेज इन्फो नेपाल, द कनेक्ट प्लस, बाह्रखरी मिडिया, कलेजेज नेपाल, एनसेल, स्विफ्ट टेक्नोलोजी, निमा एजुकेसन फाउण्डेसन र स्मार्टकार्ड नेपालले वेबसाइटबाट रिजल्ट प्रकाशनका निम्ति अनुमति पाएका छन् ।

गत चैत ७ गतेदेखि सञ्चालित एसईई परीक्षामा पाँच लाख बढी विद्यार्थी सहभागी भएका थिए । बोर्डले असार ६ गतेभित्र नतिजा सार्वजनिक गर्ने कार्यतालिका बनाएकोमा शिक्षकहरुको एक महिने आन्दोलनका कारण उत्तरपुस्तिका परीक्षण रोकिँदा ढिलाई भएको हो ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
धरान उपमहानगर प्रमुख राई सम्मानित ‘भाषा, लिपी, कला र संस्कृतिको संरक्षणमा सहकार्य र समन्वय आवश्यक छ’ तनावबीच इरानमा हवाई क्षेत्र अस्थायी रूपमा बन्द शान्ति, सुशासन र विकासको जनआकाङ्क्षा पूरा गर्न निर्वाचन सफल पारौंः राष्ट्रपति कांग्रेस विशेष महाधिवेशनपछि नयाँ केन्द्रीय कार्यसमितिको बैठक अमेरिकाद्वारा ७५ देशका नागरिकका लागि आप्रवासी भिसामा अस्थाई रोक हप्तामा दश घण्टा भन्दा बढी भिडीयो गेम खेल्दा युवाको आहार र निद्रामा असर : अध्ययन नासाको पहिलो मेडिकल निकासीमा चार अन्तरिक्ष यात्री पृथ्वी फर्कँदै ठगी अभियोगमा पाँच जना पक्राउ राष्ट्रिय एकता कायम गर्नुपर्नेमा संयोजक दाहालको जोड ट्रक पल्टिँदा पाँचको मृत्यु,तीन जना घाइते सुनचाँदीको मूल्यमा सामान्य गिरावट कसैको शिर निहुरिन दिने छैन, कांग्रेसको शान राख्छुः नवनिर्वाचित सभापति थापा ‘सडकमा छाडिएको कुकुर अमेरिका पुग्यो’ बङ्गलादेशमा निर्वाचन अघि आगमन भिसा निशेध कांग्रेसका दुई महामन्त्री र सहमहामन्त्रीमाथि कारबाही नेप्से परिसूचकमा झिनो अङ्कको सुधार के–पपको तालमा जापान–दक्षिण कोरिया निकटता कांग्रेस केन्द्रीय कार्यसमिति बैठक सुरु गाजामा युद्धविरामपछि सय भन्दा बढी बालबालिकाको मृत्यु : युनिसेफ