२०८३, २६ बैशाख शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

‘प्रहरी सेवालाई जवाफदेही बनाउने उद्देश्यले विधेयक ल्याइएको हो’: गृहमन्त्री लेखक

२०८२, ११ असार बुधबार १५:५६
काठमाडौँ । गृहमन्त्री रमेश लेखकले प्रहरी सेवालाई नेपालको संविधान, प्रचलित कानुन, विधिको शासन तथा मानव अधिकारप्रति प्रतिबद्ध गराई उत्तरदायी, र जवाफदेही बनाउने उद्देश्यले सरकारले ‘नेपाल प्रहरीसम्बन्धी कानुनलाई संशोधन तथा एकीकृत गर्न बनेको विधेयक’ ल्याएको प्रष्ट पार्नुभएको छ ।
प्रतिनिधिसभाअन्तर्गत राज्य व्यवस्था तथा सुशासन समितिको आजको बैठकमा ‘नेपाल प्रहरीसम्बन्धी कानुनलाई संशोधन तथा एकीकृत गर्न बनेको विधेयक’ माथिको सैद्धान्तिक छलफलमा उठेका प्रश्नको जवाफ दिँदै उहाँले प्रहरीको काम, कर्तव्य र अधिकार, सेवाको गठन, प्रशासन र सञ्चालन, प्रहरी महानिरीक्षकको नियुक्ति र काम, नेपाल प्रहरी सेवाको पदपूर्ति, सरुवा र काज, बढुवा, तलब, भत्ता तथा अन्य सुविधा, अवकाश, उपदान तथा निवृत्तिभरण, आचरण र विभागीय सजाय तथा पुनरावेदन समावेश गरिएको बताउनुभयो ।
मन्त्री लेखकले भन्नुभएको छ, “नेपाल प्रहरी ऐन २०१२ सालमा बनेको थियो, ७० वर्षपछि हामी नेपालको नयाँ ऐन बनाउँदैछौँ, १२ वर्ष पहिला २०७० सालमा सर्वोच्च अदालतले प्रहरीको बढुवा, सेवाका अरु शर्तहरूलगायत विषयलाई व्यवस्थित गर्न नयाँ ऐनको आवश्यकता औँलाएको थियो । यही कारणले नयाँ ऐनको आवश्यकता महसुस गरी ल्याएका हौँ ।” गृह मन्त्रालयअन्तर्गतका निकायमको नितिगत, कानूनी र संरचनागत सुधारलाई प्राथमिकताका साथ अगाडि बढाइएको उहाँको भनाइ छ ।
मन्त्री लेखकले भन्नुभयो, “प्रहरी ऐन सरकारको प्राथमिकताको विषय हो, समितिलाई मेरो आग्रह छ, यो विधेयकलाई यथाशीघ्र टुङ्ग्याइदिनु होला, त्यसका लागि मन्त्री र मन्त्रालयले कति समय दिनुपर्ने दिन्छौँ, सरकार विधेयकलाई प्राथमिकतामा राखेर छलफल गर्न तयार छ, ऐनभित्रका विषयवस्तुमा छलफल गर्न सरकार तयार छ ।”
विधेयकमा भनिएको छ, “सार्वजनिक शान्ति प्रवर्द्धन, अपराधको रोकथाम र अनुसन्धान गर्न तथा अपराधको नियन्त्रण गरी शान्ति सुरक्षा एवं सुव्यवस्था कायम गर्न प्रहरी सेवाको गठन, सञ्चालन तथा सेवाको शर्तसम्बन्धी व्यवस्थालाई समसामयिक बनाई आवश्यक व्यवस्था गर्न प्रस्तुत विधेयक पेस गर्नु परेको हो ।”
विधेयकमा कसूर र सजाय, मुद्दाको अनुसन्धान र दायरी, प्रहरी विशेष अदालत तथा बिदासहितको व्यवस्था समावेश गरिएको छ । नेपालको संविधानले परिकल्पना गरेबमोजिम प्रहरी सङ्गठनलाई प्रादेशिक क्षेत्राधिकार तथा प्रदेश प्रहरीसम्म विस्तार सहितको संवैधानिक मर्म अनुकूल हुनेगरी व्यवस्था गर्न तथा प्रहरीका सम्बन्धमा विश्वका अन्य देशहरूले अपनाएका असल अभ्यास अनुकरण गरी सञ्चालन तथा व्यवस्थापनलाई प्रभावकारी बनाउन ऐन आवश्यक रहेको गृह मन्त्रालयले जनाएको छ ।
मुलुकमा शान्ति, सुरक्षा कायम गरी अमनचयन हासिल गर्न नेपाल प्रहरीसम्बन्धी ऐनलाई संशोधन र एकीकरण गर्न बनेको विधेयक सङ्घीय संसद्मा पेस गर्नुपरेको गृह मन्त्रालयको भनाइ छ ।
गृहमन्त्री लेखकले भन्नुभएको छ, “असल नियतको बचाऔँ, पोसाक, दर्जानी चिन्ह्, झण्डा र साङ्गठनिक व्यवस्था, तालिम, नेपाल प्रहरी कर्मचारी कलेज, सेवा समूह परिवर्तन, नगर प्रहरी, प्रहरी कल्याणकारी कोष, स्वास्थ्य बिमा योजना लागू गर्ने, आवास सुविधा, पिरमर्का तथा गुनासो सुनुवाइको व्यवस्था र खेलाडी प्रहरी कर्मचारीको बढुवालाई प्रस्तुत विधेयकमा समावेश गरिएको छ ।”

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
काठमाडौँबाट वीरगञ्जका लागि छुटेको एक रात्री बस दुर्घटना युवा तथा कामदार जनशक्तिलाई स्वदेशमै इच्छाइएको रोजगारी प्रदान गर्न देशमा चुनौतीहरू छन्: राष्ट्रपति पौडेल स्रोत नखुलेको मुद्रासहित दुई जनालाई पक्राउ समानुपातिक निर्वाचनमा दलहरुको खर्च सार्वजनिक सरकार नाजीवादको घोडामा चढेर हिंडिरहेको छ: सुदन किराँती शिक्षामन्त्री पोखरेल र अष्ट्रेलियाली राजदूतबीच भेटवार्ता टिपरले मोटरसाइकलाई ठक्कर दिँदा एक जनाको मृत्यु ९ दिनदेखि हराइरहेकी महिला मृत फेला प्रधान न्यायाधीशमा सिफारिस भएका डा. शर्माको संसदीय सुनुवाइ आजैबाट थालिने नेप्से परिसूचक २७.४९ अंकले बढ्यो लागुऔषधसहित १३ जना पक्राउ विदेशस्थित १५ अवैतनिक दूत पदमुक्त गर्ने सरकारको निर्णय समयको गतिसँगै पार्टीको कार्यशैली र पद्धतिमा व्यापक सुधार गर्नुपर्छ: देवराज चालिसे राष्ट्रपतिले सोमबार संसद्को संयुक्त बैठकमा सम्बोधन गर्ने नदीजन्य तथा खानीजन्य पदार्थको उत्खननलाई स्वीकृत मापदण्डबमोजिम गराउन प्रधानमन्त्री कार्यालयको निर्देशन सुनको मूल्य बढ्यो संवैधानिक परिषद बैठक सुरू हुरीका बेला सतर्कता अपनाउन आग्रह महेश बस्नेतकी पत्नी अम्बिकासहित १० जनालाई धरौटीमा रिहा गर्न अदालतको आदेश आँबुखैरेनी–मुग्लिन सडक अवरुद्ध