2026-10-06 09:47 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

द्वपक्षीय सम्बन्ध विस्तारसहित आर्थिक कूटनीतिका पक्षमा लविङ जारी छ : राजदूत डा ओली

2025-06-27

काठमाडौँ । चीनका लागि नेपाली राजदूत डा कृष्णप्रसाद ओलीले द्विपक्षीय सम्बन्ध विस्तारसहित परिणाममुखी आर्थिक कूटनीतिका पक्षमा ‘लाविङ’ जारी रहेको बताउनुभएको छ ।

छिमेकी मित्रराष्ट्र चीनको युनान प्रान्तको राजधानी कुन्मिङमा आयोजित नवौँ चाइना–दक्षिण एसिया एक्स्पो तथा २९औँ चाइना कुन्मिङ आयातनिर्यात मेलामा भाग लिन आउनुभएका राजदूत डा ओलीले राससका प्रधानसम्पादक उत्तम सिल्वालसँग कुराकानी गर्दै सरकारी तथा निजी क्षेत्रको चिनियाँ लगानीसहित नवीन प्रविधि नेपाल भित्र्याउने पक्षमा अहोरात्र खटिरहेको बताउनुभयो ।

चीनको जस्तै भू–बनोवट र हावापानी रहेको नेपालमा कृषि र जडीबुटी व्यवसायबाट लाभ लिन सकिने प्रशस्त सम्भावना रहको उल्लेख गर्दैै कृषि, योजना तथा व्यवस्थापन क्षेत्रका विज्ञसमेत रहनुभएका डा ओलीले यसतर्फ चीन आर्जन गरेको विशिष्ट अनुभवसहित प्रविधि र लगानी नेपालमा भित्र्याउन सक्दो प्रयास गरिरहेको जानकारी दिनुभयो ।

विशेषगरी कृषि तथा जडीबुटीका क्षेत्रमा चीनले गरेको विकास र प्रगति नेपालमात्र नभई समग्र विश्वका लागि प्रेरणादायी र उदाहरणीय रहेको चर्चा गर्दै राजदूत डा ओलीले चीनसँगको सहयोग र सहकार्यको नीतिलाई प्राथमिकता दिनुपर्ने धारणा व्यक्त गर्नुभयो ।

उहाँले विकास निर्माणसहित आर्थिक रुपले सम्पन्न एवं विशाल छिमेकी देश चीनबाट प्राप्त गर्नसक्ने कैयौँ थोक भए पनि हाम्रो सम्भावना, आवश्यकता र प्राथमिकताका आधारमा कृषि, जडीबुटी, पर्यटन, ऊर्जा, सूचना प्रविधिलगायतका क्षेत्रमा सहयोग लिइ देशलाई लाभान्वित तुल्याउन सक्नुपर्ने खाँचो औँल्याउनुभयो ।

राजदूत डा ओलीले भन्नुभयो, “नेपालसँग ऐतिहासिक एवं घनिष्ठ सम्बन्ध रहेको छिमेकी मित्रराष्ट्र चीनले अहिले हरेक क्षेत्रमा चमत्कारिक एवं उदाहरणीय विकास गरेको छ । त्यसबाट नेपाल लाभान्वित हुनसक्नुपर्दछ । राजदूतका हैसियतले चीनको आधुनिक प्रविधि, अनुभव र लगानी नेपाल भित्र्याउने सरोकारवाला पक्षसँग चरणबद्ध रुपमा छलफल गरिरहेको छु । अहिलेसम्म यहाँ भएका द्विपक्षीय छलफल र भेटघाटका आधारमा साथ, सहयोग प्राप्त हुने विश्वास लिएको छु ।”

कृषि, शिक्षा, स्वास्थ्य, ऊर्जा, सूचना प्रविधि, पर्यटनजस्ता क्षेत्रमा सहकार्य गरी नेपाललाई लाभान्वित गर्ने पक्षमा आफू क्रियाशील रहेको जानकारी दिँदै उहाँले चीन सरकारका केन्द्रदेखि प्रान्तसम्मका अधिकारीसँग अहिलेसम्म सौहार्दपूर्ण वातावरणमा भएका भेटघाट तथा छलफलको परिणाम चाँडै आउने अपेक्षा गर्नुभयो ।

चिनियाँ नेता तथा अधिकारीहरू र सर्वसाधारण जनतासमेत बुद्धभूमि नेपाल तथा नेपालीको विकाससहित जीवनस्तर सुधारका पक्षमा रहेको जानकारी दिँदै राजदूत डा ओलीले चीनको यस किसिमको मित्रवत् एवं घनिष्ठ सम्बन्ध र सदीक्षाबाट नेपाल लाभान्वित हुनसक्नुपर्नेमा जोड दिनुभयो ।

चीनमा अहिले कृषि क्षेत्रमा उत्पादकत्व वृद्धिदर उच्च विन्दुमा पुगेको बताउँदै नेपालले पनि उत्पादकत्व वृद्धिमा जाड दिइ वस्तु निर्यात गर्न र बजार व्यवस्थापन गरी वास्तविक कृषकलाई लाभान्वित तुल्याउन पहल गर्नुपर्ने धारणा व्यक्त गर्नुभयो ।

दुई देश र जनताकाबीच विशिष्ट सम्बन्ध भए पनि हाम्रा भाषाका कारण केही समस्या रहेको सन्दर्भ उल्लेख गर्दै उहाँले द्विपक्षीय सम्बन्धलाई जनस्तरसम्म विस्तार गरी पारस्परिक लाभका आधारमा नेपाली जनताको जीवनस्तर सुधार गर्ने राष्ट्रिय अभियानमा समग्र देश एक हुनुपर्ने समय आएको बताउनुभयो ।

उहाँले विद्युतीय अपराध न्यूनीकरण तथा रोकथाममा छिमेकी दुई देशबीच सहकार्य हुनुपर्नेमा जोड दिनुभयो । राजदूत डा ओलीले सीमा क्षेत्रमा हुने व्यापार, दुवै देशका पालिकास्तरीय भगिनी सम्बन्ध विस्तार, कृषि, उद्योग व्यवसाय, सूचना प्रविधि, विकास निर्माण, चिनियाँ लगानी, द्विपक्षीय सहयोग र सहकार्यलगायतका विषयमा चिनियाँ पक्षसँग चरणबद्ध रुपमा छलफल भइरहेको जानकारी दिनुभयो ।

यसैगरी दुई देशबीचको व्यापार–व्यवसायको विस्तारमा सहकार्य हुनुपर्नेमा जोड दिँदै नेपालदेखि तुलनात्मक रुपमा नजिकका ल्हासा, कुन्मिङजस्ता सहरबाट हुने व्यापर व्यवसायको प्रवर्द्धनमा नेपालको ध्यान जानुपर्ने उहाँले बताउनुभयो ।

जलवायु परिवर्तन, जैविक विविधताको संरक्षण, दिगो विकास, विपत् व्यवस्थापन, सीमा सुरक्षालगायतका क्षेत्रमा सहकार्य गर्नुपर्नेमा राजदूत डा ओलीले जोड दिनुभयो ।

नेपालका विभिन्न पालिकाले चीनका विभिन्न सहरहरूसँग भगिनी संस्था कायम गरिरहेको भन्ने सन्दर्भमा उहाँले बेइजिङस्थित नेपाली दूतावासलाई खासै जानकारी नहुने तर चिनियाँतर्फ भने यस किसिमको भगिनी सम्बन्ध विस्तर प्रक्रिया त्यति सजिले नरहेको बताउनुभयो ।

चीनका लागि नेपाली राजदूत डा ओलीले दक्षिण–पूर्वी एसियाली मुलुकहरूको समग्र विकाससहित यस क्षेत्रमा बसोबास गर्ने जनताको जीवनस्तर सुधार गर्न, आपसी सम्बन्ध अझ घनिष्ट एवं प्रगाढ बनाउन तथा स्रोतसाधनको समुचित प्रयोग गरी यथासक्य सबैलाई लाभान्वित तुल्याउन एक चलायमान एवं परिणाममुखी संयन्त्र निर्माण हुनुपर्ने धारणा व्यक्त गर्नुभयो ।

यही असार ५ गतेदेखि प्रान्तीय राजधानी कुन्मिङमा आयोजित व्यापार मेला तथा प्रदर्शनी ९ गतेसम्म चलेको थियो । सो व्यापर मेलामा नेपालकोतर्फबाट पस्मिनाजन्य लत्ताकपडा, नेपाली हस्तकलालगायतका सामग्रीसहित १४० प्रदर्शनी कक्ष रहेको नेपाली दूतावासले जनाएको छ । प्रदर्शनीमा सहभागी नेपाली व्यापारीले गत वर्षको तुलनामा यस वर्ष सन्तोषजनक रुपमा व्यापार भएको जानकारी दिनुभयो ।
—

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
कांग्रेस सभापतिमा श्यामकृष्ण खड्गीको उम्मेदवारी दर्ता रमेश धमलाले दिए कांग्रेस सहमहामन्त्रीमा उम्मेदवारी कांग्रेस महाधिवेशन : गगन थापाले सभापतिमा उम्मेदवारी दर्ता गराए तातोपानी र रसुवागढी नाका खुलाउन चीनसँग संवाद भइरहेको छ : मन्त्री लम्साल जलवायु सङ्कटलाई संसद्को नियमित एजेन्डा बनाउन सभामुख अर्यालको आग्रह दुर्गा प्रसाईंलाई धरौटीमा रिहा गर्न अदालतको आदेश दशैं नजिकिँदै गर्दा मौसममा बदली, आज–भोलि वर्षासँगै चट्याङ र असिनाको सम्भावना कांग्रेस महाधिवेशन : विश्वप्रकाश शर्माले वरिष्ठ उपसभापतिमा उम्मेदवारी दिए विपद्मा बेपत्ता भएकाको मृत्यु घोषणा र दर्तासम्बन्धी कानुन छिट्टै संशोधन गर्छौं : मन्त्री गौतम कांग्रेस महामन्त्रीमा प्रदीप पाैडेलले गरे उम्मेदवारी दर्ता कांग्रेसमा उम्मेदवारी दर्ताको समय थपियो, अब साँझ ६ बजेसम्म गृहमन्त्री गुरुङ असोज २६ गते भारत जाँदै ग्यासको खुद्रा बिक्री रोक्न आयल निगमलाई बिक्रेता महासंघको आग्रह कुलमान घिसिङको दाबी : आगामी प्रदेशसभा निर्वाचनपछि बागमतीमा उज्यालो नेपालको सरकार बन्छ विश्वप्रकाश शर्माले भने– ‘ढुक्क हुनुहोस्, यसपालि प्यानल बन्दैन’ दशैं–तिहारका लागि असोज २३ गतेदेखि अग्रिम टिकट बुकिङ खुल्ने कांग्रेस महाधिवेशनको तेस्रो दिन बन्द सत्र जारी, चार प्रतिवेदन पारित हुन बाँकी राज्यको संवेदनशील सूचना कसैको निजी सम्पत्ति होइन, सार्वजनिक जिम्मेवारी हो : गृहमन्त्री गुरुङ कांग्रेसमा नयाँ नेतृत्व चयन प्रक्रिया सुरु, आजदेखि उम्मेदवारी दर्ता सुनको मूल्य स्थिर, चाँदीको मूल्य १५ रुपैयाँले घट्यो