2026-10-06 09:47 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

प्राकृतिक जोखिममा परेकालाई उद्धार र क्षतिपूर्ति दिन सांसदहरूको आग्रह

2025-06-28
काठमाडौँ । प्रतिनिधिसभाको आजको बैठकमा सांसदहरूले प्राकृतिक जोखिममा परेकालाई तत्काल उद्धार गरी उचित क्षतिपूर्ति र राहत प्रदान गर्न आग्रह गर्नुभएको छ ।
बैठकको आकस्मिक समयमा बोल्दै उहाँहरूले नेपाल प्राकृतिक रूपमा उच्च जोखिम रहेकाले विपद् न्यूनीकरणमा आवश्यक समन्वयको आवश्यकता औँल्याउनुभयो ।
सांसद अर्जुन नरसिंह केसीले असार १२ गते अविरल वर्षासँगै आएको बाढीले बगाउँदा ककनी गाउँपालिका–१ कागतीगाँउस्थित भसीबुमा एक महिलाको मृत्यु र एक पुरुष गम्भीर घाइते भएका जनाउँदै मृत्यु भएकालाई क्षतिपूर्ति तथा र घाइतेको उपचार, राहत र पुनःस्थापना  गर्न माग गनुभयो । उहाँले जोखिम न्यूनीकरणका लागि प्रदेश र स्थानीय सरकारबीच आवश्यक समन्वय हुनुपर्ने बताउनुभयो ।
सांसदद्वय विमला सुवेदी र हितबहादुर तामाङले मनसुनजन्य विपद् न्यूनीकरणमा सरोकार भएका निकायबीच सहकार्य र समन्वय हुनुपर्ने बताउँदै जोखिममा परेकालाई तत्काल उद्धार र क्षतिपूर्ति दिन सरकारको ध्यानाकर्षण गराउनुभयो । उहाँहरूले मानवीय क्षतिसँगै चौपाया र तरकारीखेती नष्ट भएको भन्दै उपचार, क्षतिपूर्ति र राहतका लागि माग गर्नुभयो ।
सांसद रामहरि खतिवडाले वर्षातको मौसम सुरु भएसँगै ठाउँठाउँमा बाढीपहिराले सडक, राजमार्ग अस्तव्यस्त बनाएको बताउनुभयो । उहाँले भन्नुभयो, “असारे विकासले थप अप्ठ्यारो बनाएको छ । ७७ जिल्लामा विपद् तथा क्षति न्यूनीकरणका लागि तयारी अवस्थामा रहन गृह मन्त्रालयले आवश्यक तयारी गर्नुपर्छ ।”
सांसद माधव सापकोटाले सिन्धुपाल्चोकको भोटेकोशी गाउँपालिका–५ की १२ वर्षीया बालिकाको बलात्कारपछि भएको हत्याले स्तब्ध बनाएको बताउँदै दोषीलाई अधिकतम कारबाही गर्न, पीडित परिवारलाई शीघ्र राहत, न्यायिक सहायता र मनोवैज्ञानिक परामर्श दिनुपर्ने माग गर्नुभयो । उहाँले बलात्कारका घटनाले समाजमा कस्तो प्रकारको अपराधिक मानसिकता छ भन्ने देखाएको भन्दै यसलाई सिङ्गो राज्यले गम्भीरतापूर्वक लिन जरुरी रहेको धारणा राख्नुभयो ।
सांसद प्रकाश ज्वालाले सरकारले नेपाल प्रहरी र सशस्त्र प्रहरीका सुरक्षाकर्मीलाई कतिपय भूतपूर्व मन्त्री, राजनीतिक दल, व्यापारीको सुरक्षामा खटाउनु ऐन तथा कानुन विपरीत र बेठीक रहेको धारणा राख्नुभयो । उहाँले गृहमन्त्रीसँग खटाइएका ती सुरक्षाकर्मीहरू फिर्ता पठाउन माग गर्दै कति सुरक्षाकर्मी कहाँकहाँ खटिएका छन्, सोको विवरण माग गर्नुभयो ।
सांसद ठाकुरप्रसाद गैरेले एसइईको नतिजामा आएको सुधार सकारात्मक रहेको बताउँदै आगामी दिनमा नतिजा थप सुधार गरी प्रभावकारी र गुणस्तरीय शिक्षा प्रदान गर्न विद्यालय शिक्षा विधेयक यथाशीघ्र पास गर्नुपर्ने माग गर्नुभयो । सांसद मुक्ताकुमारी यादवले जनकपुरका कलाकार अभिनास झा (कलकतियाबाली) की श्रीमती अन्सा सदाको मृत्युको घटनाबारे छानबिन समिति गठन गर्न माग गर्नुभयो ।
—

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
कांग्रेस सभापतिमा श्यामकृष्ण खड्गीको उम्मेदवारी दर्ता रमेश धमलाले दिए कांग्रेस सहमहामन्त्रीमा उम्मेदवारी कांग्रेस महाधिवेशन : गगन थापाले सभापतिमा उम्मेदवारी दर्ता गराए तातोपानी र रसुवागढी नाका खुलाउन चीनसँग संवाद भइरहेको छ : मन्त्री लम्साल जलवायु सङ्कटलाई संसद्को नियमित एजेन्डा बनाउन सभामुख अर्यालको आग्रह दुर्गा प्रसाईंलाई धरौटीमा रिहा गर्न अदालतको आदेश दशैं नजिकिँदै गर्दा मौसममा बदली, आज–भोलि वर्षासँगै चट्याङ र असिनाको सम्भावना कांग्रेस महाधिवेशन : विश्वप्रकाश शर्माले वरिष्ठ उपसभापतिमा उम्मेदवारी दिए विपद्मा बेपत्ता भएकाको मृत्यु घोषणा र दर्तासम्बन्धी कानुन छिट्टै संशोधन गर्छौं : मन्त्री गौतम कांग्रेस महामन्त्रीमा प्रदीप पाैडेलले गरे उम्मेदवारी दर्ता कांग्रेसमा उम्मेदवारी दर्ताको समय थपियो, अब साँझ ६ बजेसम्म गृहमन्त्री गुरुङ असोज २६ गते भारत जाँदै ग्यासको खुद्रा बिक्री रोक्न आयल निगमलाई बिक्रेता महासंघको आग्रह कुलमान घिसिङको दाबी : आगामी प्रदेशसभा निर्वाचनपछि बागमतीमा उज्यालो नेपालको सरकार बन्छ विश्वप्रकाश शर्माले भने– ‘ढुक्क हुनुहोस्, यसपालि प्यानल बन्दैन’ दशैं–तिहारका लागि असोज २३ गतेदेखि अग्रिम टिकट बुकिङ खुल्ने कांग्रेस महाधिवेशनको तेस्रो दिन बन्द सत्र जारी, चार प्रतिवेदन पारित हुन बाँकी राज्यको संवेदनशील सूचना कसैको निजी सम्पत्ति होइन, सार्वजनिक जिम्मेवारी हो : गृहमन्त्री गुरुङ कांग्रेसमा नयाँ नेतृत्व चयन प्रक्रिया सुरु, आजदेखि उम्मेदवारी दर्ता सुनको मूल्य स्थिर, चाँदीको मूल्य १५ रुपैयाँले घट्यो