2026-10-06 09:47 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

नेत्रज्योति सङ्घद्वारा विदेशमा सेवा विस्तार

2025-06-28
काठमाडौँ । नेपाल नेत्रज्योति सङ्घले मुलुकबाहिर आँखा सेवा उपलब्ध गराउन सुरुआत गरेको छ । अठ्ठाइस आँखा अस्पताल, दुई सय २४ उपचार केन्द्र र ४४ जिल्ला शाखाहरूको सञ्जालमार्फत स्वदेशमा आँखा उपचार सेवा प्रदान गर्दै आएको सङ्घले यही असार १३ गते ओमानको राजधानी मस्कटमा रहेका नेपालीको निःशुल्क आँखा जाँच गरेको हो ।
ओमानस्थित नेपाली राजदूतावासको समन्वय र सहकार्यमा नेपाली नेत्रविशेषज्ञले मस्कटमा रहेका नेपालीको निःशुल्क आँखा जाँच गर्नुका साथै आवश्यक पर्ने बिरामीलाई चस्मासमेत वितरण गरेको छ ।
नेपाल नेत्रज्योति सङ्घद्वारा सञ्चालित भरतपुर आँखा अस्पतालका प्रमुख मेडिकल डाइरेक्टर एवं नेत्ररोग विशेषज्ञ डा पुष्पा गिरी श्रेष्ठको नेतृत्वमा मस्कटस्थित बदर अल समा अस्पताल र अल खुवेर अस्पतालमा आँखा परीक्षण शिविर आयोजना गरिएको थियो । शिविर आयोजनाका लागि त्यहाँस्थित नेपाली राजदूत डोरनाथ अर्यालले विशेष समन्वय र सहजीकरण गर्नुभएको नेपाल नेत्रज्योति सङ्घले जनाएको छ ।
विभिन्न कामको सिलसिलामा मुलुकबाहिर गएका नेपालीलाई आँखा उपचारमा सहजता होस् भन्ने उद्देश्यले नेपाली राजदूतावाससँगको सहकार्यमा उक्त कार्यक्रमको आयोजना गरिएको सङ्घका महासचिव भरतबहादुर चन्दले जानकारी दिनुभयो ।
उहाँका अनुसार आँखा परीक्षणपछि चश्मा आवश्यक देखिएका बिरामीलाई निःशुल्क चश्मा वितरण गरिएको थियो । प्रायः विदेशमा आँखा उपचार सेवा महँगो हुने गर्दछ । उहाँले भन्नुभयो, “विदेशमा आँखा उपचार सेवा महँगो हुने गर्दछ । श्रमिकहरूलाई त्यहाँ उपचार गराउन कठिन हुनसक्छ भनेर उहाँहरूको अवस्थालाई ख्याल गरेर आँखा परीक्षण कार्यक्रम राखेका हौँ ।”
अन्य देशहरूमा रहेका नेपाली श्रमिकलाई लक्षित गरेर आँखा परीक्षण कार्यक्रम सञ्चालन गर्ने योजना बनाइएको महासचिव चन्दले जानकारी दिनुभयो । उहाँका अनुसार नेपालको आँखा उपचार सस्तो एवं गुणस्तरीयताका कारण अन्य देशका नागरिक पनि यहाँ आँखा उपचार गराउन आउने गर्दछन् ।
चन्दले भन्नुभयो, “सबै नागरिकको पहुँचमा गुणस्तरीय आँखा सेवा पु¥याउँदै नेपाललाई आँखा उपचारको पर्यटन गन्तव्यका रूपमा विकास गर्ने लक्ष्य लिएका छौँ । यसै सेरोफेरोमा सङ्घीय सरकारसँगको समन्वय र सहकार्यमा आफ्ना योजना र कार्यक्रम केन्द्रित छन् । विदेशमा हुने आँखा परीक्षण कार्यक्रमले विश्व समुदायमा नेपालको सेवाका बारेमा प्रचारप्रसार र प्रवर्द्धन हुनेछ ।”
ओमानस्थित नेपाली राजदूतका अनुसार अनलाइनमार्फत नाम दर्ता गराएका नेपालीको आँखा परीक्षण गरिएको हो । यो कार्यक्रमको समीक्षापछि आगामी दिनमा ओमानका अन्य सहरमा नेत्रज्योति सङ्घसँगको सहकार्यमा आँखा परीक्षण कार्यक्रम सञ्चालन गर्ने योजना रहको दूतावासले जनाएको छ ।
सङ्घका अध्यक्ष प्रा डा चेतराज पन्तले विदेशमा नेपालीलाई लक्षित गरी सञ्चालन गरिने यस्ता कार्यक्रमले नेपाललाई आँखा उपचारको पर्यटन गन्तव्यका रूपमा विकास गर्ने सङ्घको योजनामा थप मद्दत पुग्ने विश्वास व्यक्त गर्नुभयो । उहाँले भन्नुभयो, “नेपालको आँखा उपचार सेवा विश्वमा अब्बल छ भन्ने कुरालाई प्रमाणित गरेर नेपाललाई आँखा उपचारको हव बनाउन सकिन्छ । यसका लागि विदेशमा परीक्षण थालनी गरेका हौँ ।”
सङ्घका कार्यकारी निर्देशक डा शैलेशकुमार मिश्रका अनुसार सन् २०२४ मात्र मात्र सङ्घको सञ्जालमार्फत भारतलगायत अन्य छिमेकी मुलुकका करिब नौ लाख आँखाका बिरामीको परीक्षण गरिएको छ भने एक लाख ६० हजारभन्दा बढी बिरामीको शल्यक्रिया गरिएको छ ।
उहाँले भन्नुभयो, “छिमेकी देशबाट जसरी हाम्रो आँखा उपचार सेवाको गुणस्तरीयताका कारण नागरिकहरू आइरहनुभएको छ त्यसरी हामीले अन्य देशका नागरिकलाई नेपालको आँखा उपचारका लागि आकर्षित गर्न सक्छौँ ।” उहाँका अनुसारा स्थापनादेखि सन् २०२४ को अन्तिमसम्ममा सङ्घका  सञ्जालमार्फत नेपाली नागरिक तथा अन्य विभिन्न देशका नागरिक गरी चार  करोड ६८ लाख ६८ हजार ६० जना बिरामीलाई आँखा उपचार सेवा प्रवाह गरिसकेको छ भने ५३ लाख ९२ हजार २२४ जनाको आँखाको शल्यक्रिया भइसकेको छ ।
—

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
कांग्रेस सभापतिमा श्यामकृष्ण खड्गीको उम्मेदवारी दर्ता रमेश धमलाले दिए कांग्रेस सहमहामन्त्रीमा उम्मेदवारी कांग्रेस महाधिवेशन : गगन थापाले सभापतिमा उम्मेदवारी दर्ता गराए तातोपानी र रसुवागढी नाका खुलाउन चीनसँग संवाद भइरहेको छ : मन्त्री लम्साल जलवायु सङ्कटलाई संसद्को नियमित एजेन्डा बनाउन सभामुख अर्यालको आग्रह दुर्गा प्रसाईंलाई धरौटीमा रिहा गर्न अदालतको आदेश दशैं नजिकिँदै गर्दा मौसममा बदली, आज–भोलि वर्षासँगै चट्याङ र असिनाको सम्भावना कांग्रेस महाधिवेशन : विश्वप्रकाश शर्माले वरिष्ठ उपसभापतिमा उम्मेदवारी दिए विपद्मा बेपत्ता भएकाको मृत्यु घोषणा र दर्तासम्बन्धी कानुन छिट्टै संशोधन गर्छौं : मन्त्री गौतम कांग्रेस महामन्त्रीमा प्रदीप पाैडेलले गरे उम्मेदवारी दर्ता कांग्रेसमा उम्मेदवारी दर्ताको समय थपियो, अब साँझ ६ बजेसम्म गृहमन्त्री गुरुङ असोज २६ गते भारत जाँदै ग्यासको खुद्रा बिक्री रोक्न आयल निगमलाई बिक्रेता महासंघको आग्रह कुलमान घिसिङको दाबी : आगामी प्रदेशसभा निर्वाचनपछि बागमतीमा उज्यालो नेपालको सरकार बन्छ विश्वप्रकाश शर्माले भने– ‘ढुक्क हुनुहोस्, यसपालि प्यानल बन्दैन’ दशैं–तिहारका लागि असोज २३ गतेदेखि अग्रिम टिकट बुकिङ खुल्ने कांग्रेस महाधिवेशनको तेस्रो दिन बन्द सत्र जारी, चार प्रतिवेदन पारित हुन बाँकी राज्यको संवेदनशील सूचना कसैको निजी सम्पत्ति होइन, सार्वजनिक जिम्मेवारी हो : गृहमन्त्री गुरुङ कांग्रेसमा नयाँ नेतृत्व चयन प्रक्रिया सुरु, आजदेखि उम्मेदवारी दर्ता सुनको मूल्य स्थिर, चाँदीको मूल्य १५ रुपैयाँले घट्यो