2026-10-05 07:56 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

सदनमा गालीगलौज गर्ने काम बन्द नभए प्रतिवादमा उत्रने चेतावनी : श्याम घिमिरे

काठमाडौँ | नेपाली कांग्रेसका प्रमुख सचेतक श्याम घिमिरेले सदनमा गालीगलौज गर्ने काम बन्द नभए प्रतिवादमा उत्रने चेतावनी दिएका छन् ।

आइतबार प्रतिनिधिसभा बैठकमा सांसदहरुबीच आरोप प्रत्यारोप भएपछि घिमिरेले संसद्को आकस्मिक समयको दुरुपयोग गर्दै गालीगलौज गर्ने भएको भन्दै यस्ता कार्य बन्द नभए प्रतिवादमा उत्रने चेतावनी दिएका हुन् । सदनमा तल्लोस्तरको गालीलगौज गर्ने कामले संसद्को मर्यादा कायम हुन नसक्ने उनले बताए । घिमिरेले संसद्को मर्यादाविपरित अभिव्यक्ति दिने संसदहरुलाई बोल्नबाट वञ्चित गर्नुपर्ने उल्लेख गरे ।

त्यस्तै माओवादी सांसद अमनलाल मोदीले सदनमा अमर्यादित शब्द व्यक्त भएको भन्दै आपत्ति जनाए । उनले रास्वपा सांसद डिपी अर्याल र कांग्रेस सांसद रामहरि खतिवडाको अभिव्यक्ति गैरसंसदीय भएको भन्दै रेकर्डबाट हटाउन माग गरे । आइतबार प्रतिनिधिसभा बैठकमा सांसद अर्याल र कांग्रेस सांसद खतिवडाबीच आरोप–प्रत्यारोप भएको थियो ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
कांग्रेसको केन्द्रीय समिति २९७ सदस्यीय बनाउने प्रस्ताव कांग्रेसले भोटेकोशी बाढीपीडितका लागि २ करोड ८१ लाखभन्दा बढी सहयोग जुटायो निजी क्षेत्रसँग सहकार्य गर्न सरकार तयार छ : उद्योगमन्त्री साह कांग्रेस महाधिवेशनको बन्दसत्रमा चार प्रतिवेदन पेस भुटानी शरणार्थीका सन्तानलाई विदेश जान रोक नलगाउन सर्वोच्चको आदेश यस्ता छन् मन्त्रिपरिषद् बैठकका निर्णय मन्त्रिपरिषद्को बैठक शुरू प्रधानमन्त्री बालेन्द्रको टिप्पणीप्रति विश्वप्रकाशको प्रतिक्रिया, भने– अभिव्यक्ति स्वतन्त्रताको सम्मान गर्छु शेयर बजार ओरालो, नेप्से २०.४८ अंकले घट्यो एक घण्टाको ब्रेकपछि कांग्रेस महाधिवेशनको बन्दसत्र पुनः सुरु वेत्रावतीमा बेलिब्रिज जडान सुरु, दसैँअघि सञ्चालनमा ल्याउने इरानी दुई कूटनीतिज्ञलाई अमेरिकाले गर्‍यो निष्कासित राष्ट्र बैंकले ल्याउँदै ३० करोड थान नयाँ २ रुपैयाँका सिक्का विपद् र पार्टीभित्र एकताको प्रयासले महाधिवेशन कार्यतालिका प्रभावित भयो : गगन थापा कांग्रेसको १५ औँ महाधिवेशनको बन्दसत्र सुरु विपद् व्यवस्थापनमा सरकार निरन्तर खटिरहेको छ : प्रधानमन्त्री शाह लगानीको वातावरण सुधार्न प्रक्रियागत झन्झट हटाउनुपर्छ : मन्त्री गौतम सभापति गगन थापाले केन्द्रीय समितिमा पेस गरे राजनीतिक प्रस्ताव अरिङ्गालको टोकाइबाट दुई बालकको मृत्यु, दुई गम्भीर घाइते मन्त्रिपरिषद बैठक बस्दै