2026-10-05 07:56 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

‘वैदेशिक रोजगारीलाई सुरक्षित र व्यवस्थित बनाऔँ’

काठमाडौँ | राष्ट्रियसभाको आजको बैठकमा सांसदहरुले वैदेशिक रोजगारीलाई सुरक्षित, व्यवस्थित र मर्यादित बनाउन, सर्पदंशका घटनाबाट आमनागरिकको जीवन जोगाउन तथा भौतिक पूर्वाधार निर्माणमा भइरहेको ढिलाइप्रति सरकारको ध्यानाकर्षण गराउनुभएको छ ।

बैठकको शून्य समयमा नेपाल कम्युनिष्ट पार्टी (एमाले) की इन्दिरादेवी गौतमले वैदेशिक रोजगारीका नाममा भइरहेको ठगी रोक्न सरकारको ध्यानाकर्षण गराउनुभयो । “वैदेशिक रोजगारीका क्रममा दुर्घटना हुँदा उपचार र क्षतिपूर्ति नपाउने, शव ल्याउन हुने ढिलाइले पीडितका परिवारले थप पीडा व्यहोरिरहेका छन् । वैदेशिक रोजगारीमा गएका नेपालीको सुरक्षामा लाग्न सरकारको ध्यान जाओस्”, उहाँले भन्नुभयो ।

सोही पार्टीकी तुलसाकुमारी दाहालले तराई क्षेत्रमा सर्पदंशका घटना वृद्धि भइरहकाले आमनागरिकलाई सतर्कता अपनाउन आग्रह गर्दै पीडितलाई उपचारको प्रबन्ध गर्न सरकारको ध्यानाकर्षण गराउनुभयो ।

नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) का मायाप्रसाद शर्माले छिन्चु–जाजरकोट–डोल्पा सडक खण्डअन्तर्गत विभिन्न खोला तथा नदीमा पुल निर्माणमा भइरहेको ढिलाइप्रति सरकार र सदनको ध्यानाकर्षण गराउनुभयो ।

नेपाल कम्युनिष्ट पार्टी एमालेकी सुमित्रा विसीले माध्यामिक शिक्षा परीक्षा (एसइई) को नतिजामा भएको सुधारको सराहना गर्दै शिक्षामा लगानी बढाउनुपर्नेमा जोड दिनुभयो ।

बजेटआश्रित दुई विधेयक टेबुल

बैठकमा बजेट आश्रित दुई विधेयक टेबुल भएका छन् । राष्ट्रियसभाका सचिव सुरेन्द्र अर्यालले आर्थिक विधेयक, २०८२ र राष्ट्र ऋण उठाउने विधेयक, २०८२ का सम्बन्धमा प्रतिनिधिसभाबाट प्राप्त सन्देशबारे जानकारी दिँदै ती विधेयक टेबुल गर्नुभएको हो ।

बैठकमा अध्यक्ष नारायणप्रसाद दाहालले सभाका विषयगत समितिमा रहेका सांसदको नाम हेरफेरबारे जानकारी दिनुभयो । सांसद नारायणकाजी श्रेष्ठलाई विधान व्यवस्थापन समितिबाट विकास, आर्थिक मामिला तथा सुशासन समितिमा र झक्कुप्रसाद सुवेदीलाई विकास समितिबाट विधायन व्यवस्थापन समितिमा समावेश गरिएको । उक्त हेरफेरप्रति बैठकले सहमति जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
कांग्रेसको केन्द्रीय समिति २९७ सदस्यीय बनाउने प्रस्ताव कांग्रेसले भोटेकोशी बाढीपीडितका लागि २ करोड ८१ लाखभन्दा बढी सहयोग जुटायो निजी क्षेत्रसँग सहकार्य गर्न सरकार तयार छ : उद्योगमन्त्री साह कांग्रेस महाधिवेशनको बन्दसत्रमा चार प्रतिवेदन पेस भुटानी शरणार्थीका सन्तानलाई विदेश जान रोक नलगाउन सर्वोच्चको आदेश यस्ता छन् मन्त्रिपरिषद् बैठकका निर्णय मन्त्रिपरिषद्को बैठक शुरू प्रधानमन्त्री बालेन्द्रको टिप्पणीप्रति विश्वप्रकाशको प्रतिक्रिया, भने– अभिव्यक्ति स्वतन्त्रताको सम्मान गर्छु शेयर बजार ओरालो, नेप्से २०.४८ अंकले घट्यो एक घण्टाको ब्रेकपछि कांग्रेस महाधिवेशनको बन्दसत्र पुनः सुरु वेत्रावतीमा बेलिब्रिज जडान सुरु, दसैँअघि सञ्चालनमा ल्याउने इरानी दुई कूटनीतिज्ञलाई अमेरिकाले गर्‍यो निष्कासित राष्ट्र बैंकले ल्याउँदै ३० करोड थान नयाँ २ रुपैयाँका सिक्का विपद् र पार्टीभित्र एकताको प्रयासले महाधिवेशन कार्यतालिका प्रभावित भयो : गगन थापा कांग्रेसको १५ औँ महाधिवेशनको बन्दसत्र सुरु विपद् व्यवस्थापनमा सरकार निरन्तर खटिरहेको छ : प्रधानमन्त्री शाह लगानीको वातावरण सुधार्न प्रक्रियागत झन्झट हटाउनुपर्छ : मन्त्री गौतम सभापति गगन थापाले केन्द्रीय समितिमा पेस गरे राजनीतिक प्रस्ताव अरिङ्गालको टोकाइबाट दुई बालकको मृत्यु, दुई गम्भीर घाइते मन्त्रिपरिषद बैठक बस्दै