2026-10-05 07:55 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

पूर्वराष्ट्रपति भण्डारीद्वारा धान दिवसको शुभकामना

काठमाडौँ | पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले कृषि क्षेत्रको दिगो विकासमा जोड दिनुपर्ने बताउनुभएको छ । राष्ट्रिय धान दिवसको अवसरमा सामाजिक सञ्जाल ट्वीटर(एक्स) पेजमार्फत आज शुभकामना दिनुहुँदै पूर्वराष्ट्रपति भण्डारीले धान बालीलगायतका कृषि उपजमा आत्मनिर्भर बन्नका लागि दिगो कृषिप्रणालीको विकास हाम्रो साझा लक्ष्य हुनुपर्ने भनी सम्बद्ध पक्षको ध्यानाकर्षण गर्नुभयो ।

जलवायु परिवर्तन, बढ्दो सहरीकरण र कृषि जनशक्तिको न्यूनताजस्ता चुनौतीका बाबजुद् कृषि क्षेत्रमा आधुनिक प्रविधिको प्रयोग, उन्नत बीउबिजनको व्यवस्था, बजारको पहुँच र किसानलाई आत्मसम्मानसहितको जीवन निर्वाह गर्ने वातावरण निर्माण गर्न राज्य, निर्माता र सम्बद्ध सबै पक्षको अझ बढी ध्यान जान आवश्यक रहेको उहाँले बताउनुभयो ।

“धान, हाम्रो सभ्यता, संस्कार आत्मनिर्भरतासँग जोडिएको प्रमुख अन्नबाली हो । धान दिवस किसानको श्रम, प्रकृतिप्रतिको आस्था र समृद्धिको यात्राप्रतिको सामूहिक सङ्कल्पको प्रतीक हो । यस अवसरमा खेतबारीमा दिनरात खटेर अन्न उत्पादन गर्ने मेहनति किसान दाजुभाइ–दिदीबहिनीहरूमा हार्दिक सम्मान प्रकट गर्दछु,” पूर्वराष्ट्र भण्डारीले भन्नुभएको छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
कांग्रेसको केन्द्रीय समिति २९७ सदस्यीय बनाउने प्रस्ताव कांग्रेसले भोटेकोशी बाढीपीडितका लागि २ करोड ८१ लाखभन्दा बढी सहयोग जुटायो निजी क्षेत्रसँग सहकार्य गर्न सरकार तयार छ : उद्योगमन्त्री साह कांग्रेस महाधिवेशनको बन्दसत्रमा चार प्रतिवेदन पेस भुटानी शरणार्थीका सन्तानलाई विदेश जान रोक नलगाउन सर्वोच्चको आदेश यस्ता छन् मन्त्रिपरिषद् बैठकका निर्णय मन्त्रिपरिषद्को बैठक शुरू प्रधानमन्त्री बालेन्द्रको टिप्पणीप्रति विश्वप्रकाशको प्रतिक्रिया, भने– अभिव्यक्ति स्वतन्त्रताको सम्मान गर्छु शेयर बजार ओरालो, नेप्से २०.४८ अंकले घट्यो एक घण्टाको ब्रेकपछि कांग्रेस महाधिवेशनको बन्दसत्र पुनः सुरु वेत्रावतीमा बेलिब्रिज जडान सुरु, दसैँअघि सञ्चालनमा ल्याउने इरानी दुई कूटनीतिज्ञलाई अमेरिकाले गर्‍यो निष्कासित राष्ट्र बैंकले ल्याउँदै ३० करोड थान नयाँ २ रुपैयाँका सिक्का विपद् र पार्टीभित्र एकताको प्रयासले महाधिवेशन कार्यतालिका प्रभावित भयो : गगन थापा कांग्रेसको १५ औँ महाधिवेशनको बन्दसत्र सुरु विपद् व्यवस्थापनमा सरकार निरन्तर खटिरहेको छ : प्रधानमन्त्री शाह लगानीको वातावरण सुधार्न प्रक्रियागत झन्झट हटाउनुपर्छ : मन्त्री गौतम सभापति गगन थापाले केन्द्रीय समितिमा पेस गरे राजनीतिक प्रस्ताव अरिङ्गालको टोकाइबाट दुई बालकको मृत्यु, दुई गम्भीर घाइते मन्त्रिपरिषद बैठक बस्दै