2026-11-03 03:06 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

विपद्जन्य सूचना प्रवाहलाई प्रभावकारी बनाउने विषयमा कार्यवाहक प्रधानमन्त्री सिंह र सञ्चारमन्त्रीबीच छलफल

2025-06-30

काठमाडौँ । विपद्जन्य सूचना प्रवाह प्रणालीलाई प्रभावकारी बनाउने विषयमा कार्यवाहक प्रधानमन्त्री प्रकाशमान सिंह र सरकारका प्रवक्ता एवं सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङबीच छलफल भएको छ ।

सहरी विकास मन्त्रालयमा आज भएको छलफलमा सूचना प्रवाहका लागि सञ्चार मन्त्रालयले गर्नसक्ने कामका बारेमा छलफल भएको हो । आइतबार कार्यवाहक प्रधानमन्त्री सिंहको अध्यक्षतामा बसेको राष्ट्रिय विपद् व्यवस्थापन परिषद्को बैठकले विपद् जोखिमलाई ध्यान दिँदै मौसम पूर्वानुमानपछिको पूर्वसूचना प्रभावकारीरूपमा प्रभाह गर्ने निर्णय गरेको सहरी विकास मन्त्रालयले जनाएको छ ।

भारी वर्षा भएको समय र सो क्षेत्र वरपर सुरक्षित रहन स्थानीयवासीलाई एसएमएस पठाउने, स्थानीय एफएम र सामाजिक सञ्जालमार्फत मौसम बुलेटिन तथा सूचना प्रशारण गर्ने, मोबाइलमा ‘अर्ली वार्निङ रिङ’ बजाएर जोखिम क्षेत्रमा समयमै सचेत गराउने विषयमा कार्यवाहक प्रधानमन्त्री सिंह र सञ्चारमन्त्री गुरुङबीच छलफल भएको हो । सो क्रममा सञ्चारमन्त्री गुरुङले सरोकारवाला निकायहरूसँग छलफल गरेर आवश्यक समन्वय गर्ने बताउनुभयो ।

कार्यवाहक प्रधानमन्त्री सिंहले विपद्को समयमा मौसमपूर्वानुमानअनुसार पूर्वसूचनालाई प्रभावकारी बनाउन सके सम्भावित जोखिम कम गर्न र क्षति हुन नदिन महत्त्वपूर्ण भूमिका रहने भन्दै सूचना प्रवाह प्रभावकारी बनाउन आवश्यक रहेकोमा जोड दिनुभएको थियो ।
—

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
कांग्रेसको आन्तरिक विषयमा हस्तक्षेप नगर्नू : देवराज चालिसे एनपीएल : विराटनगरद्वारा जनकपुरलाई १७५ रनको लक्ष्य सरकारको कार्यशैलीमाथि कांग्रेसको प्रश्न, संसद्‌मै छलफल गर्न माग एनपीएल : जनकपुरविरुद्ध इमरान शेखको अर्धशतक रुपन्देहीमा महिला हत्या प्रकरण : चार जना पक्राउ मन्त्रिपरिषद् बैठक बस्दै एनपीएल : टस जितेर जनकपुरले रोज्यो बलिङ, विराटनगर पहिले ब्याटिङ गर्दै ट्रम्पको लोकप्रियताको परीक्षा : अमेरिकामा आज मध्यावधि निर्वाचन जुनसुकै कम्पनीको ग्यास सिलिन्डर साट्न पाउनुपर्ने माग गर्दै सर्वोच्चमा रिट नेपाली बजारमा सुनको मूल्यमा वृद्धि, चाँदी सस्तियो सरकारलाई असहयोग गर्दैनौँ, गलत काम गरे प्रश्न उठाउँछौँ : प्रदीप पौडेल मध्यपूर्वका नेपाली श्रमिकका मुद्दा राष्ट्रिय नीतिमा स्थापित हुँदै, ९औँ एनआरएनए क्षेत्रीय सम्मेलन कतारमा हुँदै निर्वाचन आयोगमा गगन थापा नेतृत्वको कांग्रेस कार्यसमिति अद्यावधिक एनपीएल : सुदूरपश्चिमले टस जितेर बलिङ रोज्यो, चितवन ब्याटिङमा कर्णालीलाई ४ विकेटले हराउँदै काठमाडौँ गोर्खाजको पहिलो जित साताको पहिलो दिनमै दोहोरो अङ्कले घट्यो नेप्से संसद् बैठक आह्वान गर्न प्रतिपक्षी दलहरूको माग एलपी ग्यास उद्योगलाई गाभ्ने प्रक्रिया अघि बढाउँदै आयल निगम कर्णालीले काठमाडौँलाई दियो १८१ रनको लक्ष्य सर्वोच्च अदालतको ५ बुँदे निर्णय सार्वजनिक, निष्पक्ष छानबिन गर्न आग्रह