2026-10-05 07:56 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

युवाहरुका विचारलाई हौसला र व्यावहारिक रुपान्तरण दिनु आजको आवश्यकता: उपराष्ट्रपति यादव

2025-06-30
काठमाडौँ । उपराष्ट्रपति रामसहायप्रसाद यावदले युवाहरुका विचारलाई हौसला दिनु र व्यावहारिक रुपान्तरण दिनु आजको आवश्यकता भएको बताउनुभएको छ ।
आज राष्ट्रिय युवा परिषद्ले यहाँ आयोजना गरेको ‘युवा उद्यमशीलता प्रवर्द्धन सम्मेलन’ लाई सम्बोधन गर्नुहुँदै उपराष्ट्रपतिले युवाहरुको सशक्त आवाजलाई नीति निर्माणको मूलधारमा समावेश गर्न सक्नुपर्नेमा जोड दिनुभयो ।
उहाँले भन्नुभयो, “युवाहरुको सोच, दृष्टिकोण र नविन विचारहरूलाई आत्मसात् नगरी हामी समृद्ध नेपालको कल्पना गर्न सक्दैनौँ । उनीहरू परिवर्तनका संवाहक हुन् ।”
उपराष्ट्रपति यादवले हालको परिस्थितिमा युवाहरुको ऊर्जा, जोश र नवप्रवर्तनशील क्षमतालाई सहि दिशा दिनु सबै तह र तप्काका नेतृत्वकर्ताहरूको दायित्व भएको उल्लेख गर्नुभयो । उहाँले भन्नुभयो, “युवाहरु उज्यालो भविष्यका सुनिश्चितता हुन् । उनीहरुका क्षमता र नवप्रवर्तनशीलतालाई सही दिशा दिनु सबै तहका नेतृत्वकर्ताको दायित्व हो । हाम्रो जस्तो मुलुकमा युवाहरुको ऊर्जा र नविन धारणा निकै महत्वपूर्ण छन् ।”
समृद्ध राष्ट्र निर्माणमा युवाको खाँचो रहेकाले युवाहरुको ऊर्जा, जोश र नवप्रवर्तनशील क्षमतामा सबैको सकारात्मक सोच र आवश्यकता अपरिहार्य रहेको उहाँले बताउनुभयो । उहाँले भन्नुभयो, “युवाहरुका आवाजलाई नीति निर्माणमा समावेश गर्न सबैको  ध्यानाकर्षण हुन जरुरी छ । समृद्ध राष्ट निर्माणमा युवाहरुको खाँचो रहेको छ ।” यसैगरी खेलकुद मन्त्री तेजुलाल चौधरीले नेपालका युवा उद्यमी बन्न चाहने युवाहरुलाई मन्त्रालयले ऋण सहयोगदेखि अन्य आवश्यक पर्ने चिजहरुमा पूर्ण सहयोग गर्ने प्रतिबद्धता जनाउनुभयो ।
त्य अवसरमा उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दामोदर भण्डारीले देशको विकास र समृद्धिको यात्रा युवा शक्तिको सक्रिय सहभागिता बिना सम्भव नरहेको बताउनुभयो ।
मन्त्री भण्डारीले देशको विकास र समृद्धिको यात्रा युवा शक्तिको सक्रिय सहभागिता बिना सम्भव नरहेकाले दक्ष जनशक्ति अभाव अन्त्यका लागि समन्वय गरेर अगाडि बढ्नुपर्ने बताउनुभयो । उहाँले भन्नुभयो, “नेपालको कूल जनसङ्ख्याको करिब ४२ दशमलव ५६ प्रतिशत हिस्सा युवाहरूले ओगटेको अवस्थामा, देशको विकास र समृद्धिको यात्रा युवाशक्तिको सक्रिय सहभागिताविना सम्भव छैन ।”
मन्त्री भण्डारीले युवाहरुको सहभागिता र सक्रियतामै मुलुकको विकास र समृद्धि निर्भर रहने तथ्यलाई हृृदयङ्गम गरी युवाको सर्वाङ्गिण विकास, सशक्तीकरण, उद्यमशिलता प्रवर्द्धन, सीप विकास र रोजगारीमा जोड दिँदै युवा उद्यमशीलतालाई पहिचान गर्ने, क्षमता अभिवृद्धि गर्ने र देशको अर्थतन्त्रलाई स्वाधिन, सबल र प्रतिस्पर्धी बनाउँदै युवाहरूलाई रोजगारदाता बनाउने दिशामा सशक्त योगदान पु¥याउने विश्वास व्यक्त गर्नुभयो ।
प्रविधियुक्त आधुनिक नेपाल निर्माणमा युवाहरूको भूमिका अझ बढी सशक्त एवं नेतृत्वदायी रहनुपर्ने मन्त्री भण्डारीले उहाँले जोड दिनुभयो । उहाँले दक्ष जनशक्ति अभाव अन्त्यका लागि उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालय र श्रम तथा रोजगार मन्त्रालयबीच समन्वय गरेर अगाडि बढ्नुपर्ने बताउनुभयो ।
उहाँले भन्नुभयो, “सङ्घीय, प्रदेश र स्थानीय तहका सरकारहरूसँग सहकार्य गर्दै नवप्रवर्तन, नवप्रवर्तन प्रवर्द्धन तथा दीगो उद्यम विकासका लागि हाम्रो मन्त्रालयले नीतिगत सुधारदेखि वित्तीय पहुँच, बजार अभिमुखीकरण र सीप विकासमा जोड दिँदै आइरहेको छ ।” उद्यम सुरु गर्न सजिलो नभएको र पुँजीको अभाव, नीतिगत अवरोध, सीप र मार्गदर्शनको अभाव जस्ता चुनौतीहरू प्रशस्त भएकाले उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालय ती सबै चुनौतीहरू समाधान गर्न प्रतिबद्ध रहेको उहाँले प्रष्ट पार्नुभयो ।
युवा तथा खेलकुद मन्त्री तेजुलाल चौधरीले नेपालका युवा उद्यमी बन्न चाहने युवाहरुलाई मन्त्रालयले ऋण सहयोगदेखि अन्य आवश्यक पर्ने चिजहरुमा पूर्ण सहयोग गर्ने प्रतिबद्धता जनाउनुभयो । उहाँले भन्नुभयो, “युवाहरुलाई सहुलियत पूर्ण कर्जा प्रदान गर्न र उनीहरुलाई उद्यमी बनाउनका लागि म पूर्णरुपमा लागि परेको छु । युवाहरुलाई मेरो पूर्ण साथ र सहयोग रहने छ ।”
—

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
कांग्रेसको केन्द्रीय समिति २९७ सदस्यीय बनाउने प्रस्ताव कांग्रेसले भोटेकोशी बाढीपीडितका लागि २ करोड ८१ लाखभन्दा बढी सहयोग जुटायो निजी क्षेत्रसँग सहकार्य गर्न सरकार तयार छ : उद्योगमन्त्री साह कांग्रेस महाधिवेशनको बन्दसत्रमा चार प्रतिवेदन पेस भुटानी शरणार्थीका सन्तानलाई विदेश जान रोक नलगाउन सर्वोच्चको आदेश यस्ता छन् मन्त्रिपरिषद् बैठकका निर्णय मन्त्रिपरिषद्को बैठक शुरू प्रधानमन्त्री बालेन्द्रको टिप्पणीप्रति विश्वप्रकाशको प्रतिक्रिया, भने– अभिव्यक्ति स्वतन्त्रताको सम्मान गर्छु शेयर बजार ओरालो, नेप्से २०.४८ अंकले घट्यो एक घण्टाको ब्रेकपछि कांग्रेस महाधिवेशनको बन्दसत्र पुनः सुरु वेत्रावतीमा बेलिब्रिज जडान सुरु, दसैँअघि सञ्चालनमा ल्याउने इरानी दुई कूटनीतिज्ञलाई अमेरिकाले गर्‍यो निष्कासित राष्ट्र बैंकले ल्याउँदै ३० करोड थान नयाँ २ रुपैयाँका सिक्का विपद् र पार्टीभित्र एकताको प्रयासले महाधिवेशन कार्यतालिका प्रभावित भयो : गगन थापा कांग्रेसको १५ औँ महाधिवेशनको बन्दसत्र सुरु विपद् व्यवस्थापनमा सरकार निरन्तर खटिरहेको छ : प्रधानमन्त्री शाह लगानीको वातावरण सुधार्न प्रक्रियागत झन्झट हटाउनुपर्छ : मन्त्री गौतम सभापति गगन थापाले केन्द्रीय समितिमा पेस गरे राजनीतिक प्रस्ताव अरिङ्गालको टोकाइबाट दुई बालकको मृत्यु, दुई गम्भीर घाइते मन्त्रिपरिषद बैठक बस्दै