2026-10-05 07:01 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

शिक्षकहरू पुनः आन्दोलनमा फर्किने वातावरण नबनाइयोस् : माओवादी केन्द्र

काठमाडौँ | प्रमुख प्रतिपक्षी नेकपा माओवादी केन्द्रले विद्यालय शिक्षा विधेयक यथाशीघ्र पारित गरेर शिक्षकहरू पुनः आन्दोलनमा फर्किने वातावरण नबनाउन सरकारसँग आग्रह गरेको छ ।

माओवादी केन्द्रले पेरिसडाँडास्थित केन्द्रीय कार्यालयमा बुधबार पत्रकार सम्मेलन गरेर सरकारलाई नेपाल शिक्षक संघसँग भएको सहमति अनुसार विद्यालय शिक्षा विधेयक यथाशीघ्र पारित गर्न आग्रह गरेको हो । ‘नेपाल शिक्षक महासंघसँग भएको सहमति कार्यान्वयन गर्नुपर्नेमा सरकारका सरोकारवाला पक्षहरूहरू बीचको अन्तरविरोध बाहिर देखिनु सरकार सहमतिप्रति गम्भीर नभएको पुष्टि हुन्छ,’ प्रवक्ता अग्निप्रसाद सापकोटाले भने, ‘शिक्षा विधेयक यथाशीघ्र पारित गरी शिक्षकहरूलाई पुनः आन्दोलनमा फर्कने वातावरण नबनाउन आग्रह गर्दछौँ ।’

सरकारले नेपाल शिक्षक महासंघसँग असार १५ भित्र विद्यालय शिक्षा विधेयक पारित गर्ने सहमति गरेको थियो । सहमतिअनुसार विधेयक पारित नहुनुलाई प्रतिपक्षी माओवादी केन्द्रले दुःखद भनेको छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
कांग्रेसको केन्द्रीय समिति २९७ सदस्यीय बनाउने प्रस्ताव कांग्रेसले भोटेकोशी बाढीपीडितका लागि २ करोड ८१ लाखभन्दा बढी सहयोग जुटायो निजी क्षेत्रसँग सहकार्य गर्न सरकार तयार छ : उद्योगमन्त्री साह कांग्रेस महाधिवेशनको बन्दसत्रमा चार प्रतिवेदन पेस भुटानी शरणार्थीका सन्तानलाई विदेश जान रोक नलगाउन सर्वोच्चको आदेश यस्ता छन् मन्त्रिपरिषद् बैठकका निर्णय मन्त्रिपरिषद्को बैठक शुरू प्रधानमन्त्री बालेन्द्रको टिप्पणीप्रति विश्वप्रकाशको प्रतिक्रिया, भने– अभिव्यक्ति स्वतन्त्रताको सम्मान गर्छु शेयर बजार ओरालो, नेप्से २०.४८ अंकले घट्यो एक घण्टाको ब्रेकपछि कांग्रेस महाधिवेशनको बन्दसत्र पुनः सुरु वेत्रावतीमा बेलिब्रिज जडान सुरु, दसैँअघि सञ्चालनमा ल्याउने इरानी दुई कूटनीतिज्ञलाई अमेरिकाले गर्‍यो निष्कासित राष्ट्र बैंकले ल्याउँदै ३० करोड थान नयाँ २ रुपैयाँका सिक्का विपद् र पार्टीभित्र एकताको प्रयासले महाधिवेशन कार्यतालिका प्रभावित भयो : गगन थापा कांग्रेसको १५ औँ महाधिवेशनको बन्दसत्र सुरु विपद् व्यवस्थापनमा सरकार निरन्तर खटिरहेको छ : प्रधानमन्त्री शाह लगानीको वातावरण सुधार्न प्रक्रियागत झन्झट हटाउनुपर्छ : मन्त्री गौतम सभापति गगन थापाले केन्द्रीय समितिमा पेस गरे राजनीतिक प्रस्ताव अरिङ्गालको टोकाइबाट दुई बालकको मृत्यु, दुई गम्भीर घाइते मन्त्रिपरिषद बैठक बस्दै