२७ पुष २०८२, आईतवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

‘खेलकुद क्षेत्रको विकासलाई सरकारले प्राथमिकतामा राखेको छ’:मन्त्री चौधरी

१८ असार २०८२, बुधबार १६:२७
काठमाडौं ।  राष्ट्रियसभाको आजको बैठकमा युवा तथा खेलकुदमन्त्री तेजुलाल चौधरीले खेलकुद क्षेत्रको अधिकतम विकासका लागि सरकारले प्राथमिकतामा राखी बजेट विनियोजन गरेको बताउनुभएको छ ।
‘विनियोजन विधेयक, २०८२’ का सम्बन्धमा राष्ट्रियसभा सदस्यले उठाउनुभएको जिज्ञासाको जवाफमा मन्त्री चौधरीले स्रोतको अधिकतम उपयोग गरी खेलकद क्षेत्र र खेलाडीको क्षमता वृद्धिका लागि काम गरिने बताउनुभयो । आफ्नो मन्त्रालयलाई प्राप्त भएको बजेट सिलिङअनुसार समावेशी तवरले विनियोजन गरिएको भन्दै उहाँले उक्त रकम युवा तथा खेलकुद क्षेत्रको उन्नयनका लागि परिचालन गरिने उहाँले विश्वास दिलाउनुभयो ।
राष्ट्रिय गौरवका रूपमा अगाडि सारिएका क्रिकेट रङ्गशाला निर्मााणलाई विशेष प्राथमिकतामा राखिएको जानकारी दिँदै उहाँले कीर्तिपुरस्थित क्रिकेट रङ्गशालाको काम उल्लेखनीय रूपमा अगाडि बढेको बताउनुभयो । उहाँले मूलपानी क्रिकेट रङ्गशाला, गिरिजाप्रसाद कोइराला क्रिकेट रङ्गशालालगायत १२ वटा रङ्गशाला बनाउन लागिएको उल्लेख गर्नुभयो ।
फुटबल क्षेत्रका लागि कम्तीमा ५० वटा रङ्गशाला निर्माणको योजनासहित आवश्यक बजेट विनियोजन गरिएको मन्त्री चौधरीले जानकारी दिनुभयो । उहाँले खेल विधामा गाउँदेखि प्रतिभावान् खेलाडी पहिचान गर्नेगरी आवश्यक तयारी गरिएको बताउनुभयो ।
भौतिक पूर्वाधारको विकास भइनसकेकाले १०औँ राष्ट्रिय खेलकुद तोकिएको समयमा सञ्चालन हुन नसकेको जनाउँदै शीघ्र सम्पन्न हुने विश्वास व्यक्त गर्नुभयो । उहाँले सो प्रतियोगिताका लागि भौतिक पूर्वाधार निर्माणलाई तीव्रता दिइएकाले आगामी आवमा ऐतिहासिक रूपमा सम्पन्न हुने बताउनुभयो । मन्त्री चौधरीले ७५३ स्थानीय तहमा स्काउटको समिति बनाउन लागिपरेको समेत जानकारी दिनुभयो ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
निर्वाचनका लागि कर्णालीमा नौ हजार सात सयभन्दा बढी ‘म्यादी’ प्रहरीको माग आयल निगम प्रतिस्पर्धी बन्नुपर्नेमा मन्त्री सिन्हाको जोड निर्वाचनमैत्री वातावरण बनाउनमा अध्यक्ष ओलीको जोड ‘बालेन-रवि सहयात्राले निर्वाचन सुनिश्चित भएको छ’ ग्रिनल्याण्डसँग अमेरिकाले ‘सजिलो’ वा ‘कडा’ तरिका प्रयोग गर्नेछ : राष्ट्रपति ट्रम्प कठिन परिस्थितिमा पनि प्रहरी सुरक्षामा प्रतिबद्ध छः प्रहरी महानिरीक्षक कार्की चार खानी मजदुरको निस्सासिएर मृत्यु एमालेको दोस्रो केन्द्रीय कमिटी बैठक सुरु निर्वाचन सुरक्षामा कुनै ‘कम्प्रोमाइज’ हुँदैन, ढुक्क भएर निर्वाचनमा भाग लिनुहोस्ः सशस्त्र प्रहरी प्रवक्ता थापा इयू र भारत व्यापार सम्झौताको नजिक विशेष महाधिवेशन पक्षधरको आजको कार्यक्रम स्थगन नेपाल पत्रकार महासङ्घका पूर्वसभापति दाहालको निधन कम्पनीको कागजात दुरूपयोग गर्ने उप्रेती पक्राउ यस्तो छ आजका लागि तय भएको विदेशी मुद्राको विनिमयदर निर्वाचनमा सामाजिक सञ्जालबाट प्रवाह हुनसक्ने नकारात्मक सन्देशलाई रोकिने बारुदी सुरुङ तथा विस्फोटक पदार्थका विषयमा सरोकारवालासँग छलफल प्रधानमन्त्रीसँग निर्वाचन आयुक्तहरूको भेट : निर्वाचन आचारसंहिता माघ ३ गतेदेखि लागू हुने भेनेजुएलाका विपक्षी नेता मचाडोसँग आगामी हप्ता भेट्ने ट्रम्पको घोषणा कांग्रेसका झण्डाले सिँगारिए उपत्यकाका सडक दुबई उडेका युवक चार महिनापछि दिल्लीमा फेला