2026-09-14 02:54 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

‘खेलकुद क्षेत्रको विकासलाई सरकारले प्राथमिकतामा राखेको छ’:मन्त्री चौधरी

2025-07-02
काठमाडौं ।  राष्ट्रियसभाको आजको बैठकमा युवा तथा खेलकुदमन्त्री तेजुलाल चौधरीले खेलकुद क्षेत्रको अधिकतम विकासका लागि सरकारले प्राथमिकतामा राखी बजेट विनियोजन गरेको बताउनुभएको छ ।
‘विनियोजन विधेयक, २०८२’ का सम्बन्धमा राष्ट्रियसभा सदस्यले उठाउनुभएको जिज्ञासाको जवाफमा मन्त्री चौधरीले स्रोतको अधिकतम उपयोग गरी खेलकद क्षेत्र र खेलाडीको क्षमता वृद्धिका लागि काम गरिने बताउनुभयो । आफ्नो मन्त्रालयलाई प्राप्त भएको बजेट सिलिङअनुसार समावेशी तवरले विनियोजन गरिएको भन्दै उहाँले उक्त रकम युवा तथा खेलकुद क्षेत्रको उन्नयनका लागि परिचालन गरिने उहाँले विश्वास दिलाउनुभयो ।
राष्ट्रिय गौरवका रूपमा अगाडि सारिएका क्रिकेट रङ्गशाला निर्मााणलाई विशेष प्राथमिकतामा राखिएको जानकारी दिँदै उहाँले कीर्तिपुरस्थित क्रिकेट रङ्गशालाको काम उल्लेखनीय रूपमा अगाडि बढेको बताउनुभयो । उहाँले मूलपानी क्रिकेट रङ्गशाला, गिरिजाप्रसाद कोइराला क्रिकेट रङ्गशालालगायत १२ वटा रङ्गशाला बनाउन लागिएको उल्लेख गर्नुभयो ।
फुटबल क्षेत्रका लागि कम्तीमा ५० वटा रङ्गशाला निर्माणको योजनासहित आवश्यक बजेट विनियोजन गरिएको मन्त्री चौधरीले जानकारी दिनुभयो । उहाँले खेल विधामा गाउँदेखि प्रतिभावान् खेलाडी पहिचान गर्नेगरी आवश्यक तयारी गरिएको बताउनुभयो ।
भौतिक पूर्वाधारको विकास भइनसकेकाले १०औँ राष्ट्रिय खेलकुद तोकिएको समयमा सञ्चालन हुन नसकेको जनाउँदै शीघ्र सम्पन्न हुने विश्वास व्यक्त गर्नुभयो । उहाँले सो प्रतियोगिताका लागि भौतिक पूर्वाधार निर्माणलाई तीव्रता दिइएकाले आगामी आवमा ऐतिहासिक रूपमा सम्पन्न हुने बताउनुभयो । मन्त्री चौधरीले ७५३ स्थानीय तहमा स्काउटको समिति बनाउन लागिपरेको समेत जानकारी दिनुभयो ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
मलेसियाको FWCMS भित्र छिरेका २५० म्यानपावरको पूर्वस्वीकृति रोक्का, छानबिन सुरु ब्रिक्स समूह कसैको विरुद्धमा छैन : मोदी विपद्को पूर्वतयारी र प्रभावकारी व्यवस्थापन नहुँदा ठूलो मानवीय क्षति भयो : कुलमान घिसिङ महाधिवेशनको तयारीका लागि देउवा समूहले खटायो ७७ जिल्लामा प्रतिनिधि संविधान रक्षाका लागि सबै परिवर्तनकारी शक्ति एक हुनैपर्छ: माधव नेपाल भोटेकोशी बाढीले बगाएको गरगहनासहित एक जना पक्राउ नेपाली कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठक आइतबार बस्दै यूएईलाई हराउँदै नेपाल एसिया कपमा कम्युनिस्ट पार्टीहरू एकीकरण र सुदृढीकरण गर्दै नयाँ कार्यदिशामा अघि बढ्नुपर्छ : झलनाथ खनाल भोटेकोशी बाढीले १२ बैंकका १७ शाखामा क्षति भोटेकोशी बाढीमा मृतकको संख्या १ हजार ३८४ पुग्यो, ४ हजार ८९ अझै बेपत्ता युएईमा अलपत्र नेपालीको उद्धार गर्न मन्त्री महावीर पुनको आग्रह तीन दिनभित्र कृष्णभीर सडक खण्डमा यातायात सञ्चालन गर्ने तयारी धादिङको परेवाटार–मास्टार सडकमा एकतर्फी यातायात सञ्चालन प्रधानमन्त्री राहत कोषमा जम्मा भयो १३ अर्ब २३ करोड रुपैयाँ विज्ञ र विदेशी प्राविधिक समयमै परिचालन गरेको भए अझ धेरैको ज्यान बच्थ्यो : प्रचण्ड प्रधानमन्त्री शाहले राष्ट्रसङ्घीय महासभालाई असोज ८ गते सम्बोधन गर्ने अब विदेश भ्रमणको विवरण नागरिक एपबाटै प्राप्त गर्न सकिने चिलिमे टनेलमा उद्धार टोली प्रवेशको तयारी अर्थसचिवले राष्ट्र बैंकमा अनावश्यक हस्तक्षेप गर्ने भन्ने हुँदैन : अर्थमन्त्री वाग्ले