Skip to content
Thursday, July 16, 2026 Nepali Online Media

काठमाडौँबाट जुवातास खेलिरहेको अवस्थामा ९ जना पक्राउ

By साझासवाल 1 मिनेट पढाइ

पढ्न करिब 1 मिनेट लाग्छ
प्रकाशित:

काठमाडौँ | काठमाडौँबाट जुवातास खेलिरहेको अवस्थामा ९ जना पक्राउ परेका छन्। काठमाडौँ महानगरपालिका-३१ मिलनचोक बस्ने काभ्रे चौरीदेउराली गाउँपालिका-२ घर भएका ६३ वर्षीय अचुत न्यौपानेको कोठामा जुवातास खेलिरहेका ९ जनालाई बिहीबार साँझ प्रहरीले पक्राउ गरेको छ ।

प्रहरी वृत्त नयाँ बानेश्वरबाट खटिएको प्रहरीले उनीहरूलाई नगद ७६ हजार ४ सय ३० रूपैयाँ र ६ बुक तास सहित पक्राउ गरेको हो । प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको जनाएको छ ।