Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More...
२०८३, १९ जेष्ठ मंगलवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

कार्यक्रम ‘ऐना’को दोस्रो संस्करण आजदेखि प्रसारण हुने

२०८२, २० असार शुक्रबार १७:११
काठमाडौँ । होराइजन मिडियाद्वारा निर्मित कार्यक्रम ‘ऐना’को दोस्रो संस्करण यही असार २० गते शुक्रबार अर्थात् आजदेखि प्रसारण हुने भएको छ । ऐनाको पहिलो संस्करणमा सामाजिक विसङ्गतिविरुद्धका विषयमा समावेश गरिएकामा दोस्रो संस्करणमा नेपालमा भएका पूर्वाधार विकासका मुद्दामा कार्यक्रम केन्द्रित हुने जनाइएको छ ।
“पहिलो संस्करण बालश्रम, जातीय विभेद, घरेलुु हिंसा, एसिड आक्रमणलगायतका विसङ्गतिबाट नेपाली समाजले भोगिरहेको पीडालाई बहसमा ल्याउँदै, निराकरणका लागि जनचेतना जगाउने र सम्बन्धित सबैलाई घच्घच्याउनेमा केन्द्रित थियो”, आयोजकले भनेको छ, “दोस्रो संस्करण विकास निर्माणको मुद्दामा केन्द्रित रहनेछ ।” दोस्रो संकरण समुन्नतिको यात्रामा नेपाल पुगेको छ ? कहाँ छुटेको छ ? के कस्ता प्रगति भएका छन् ? भन्ने विषयमा केन्द्रित हुने जनाइएको छ ।
कार्यक्रमको प्रस्तुति पहिलो संस्करणमा जस्तै नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले गर्नुहुनेछ । साहित्य तथा गीतसङ्गीतमा रुचि राख्ने शर्माले पछिल्लो समय हिमाल आरोहीका रुपमा पनि आफ्नो परिचय बनाउनुभएको छ । छापा माध्यममा सम्पादक रहनुभएका शर्मासँग रेडियो र टेलिभिजनमा काम गरेको अनुभव पनि छ ।
कार्यक्रम कान्तिपुर टेलिभिजनमा शुक्रबार राति ९ बजे प्रसारण हुने छभने कार्यक्रम सकिएपछि ओएरआर रियालिटी युट्युबमा उपलब्ध हुनेछ ।
–––

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
आगामी जेठ २५ गते सम्मका लागि प्रतिनिधि सभाको बैठक स्थगित प्रधानमन्त्री कति दिन संसदमा आउनु भयो, कतिचोटी हाजिर गर्नु भयो ? संसदको अभिलेखमा देखाइयोस्: हर्क साम्पाङ प्रतिनिधि सभा बैठकमा विपक्षी दलहरूले अवरोध जारी निर्धारित समयको डेढ घण्टासम्म पनि शुरू भएन प्रतिनिधिसभा बैठक राष्ट्रियसभा बैठक स्थगित मन्त्रिपरिषद् बैठक बस्दै कांग्रेसले छायाँ सरकार गठन गरेको छैन: भीष्मराज आङ्देम्बे सुनचाँदीको मूल्य बढ्यो कृष्ण महरालाई एक लाख रुपैयाँ धरौटीमा रिहा गर्न आदेश प्रतिनिधि सभाको बैठकमा विपक्षी दलको अवरोध जारी प्रधानमन्त्रीको अभिव्यक्तिबारे ताली बजाउने सांसदलाई प्रश्न गरौं: गगन थापा सीमा विवादजस्तो विषयको सन्दर्भमा नेपालका केही स्थापित अडान र कथनहरू छन्, प्रमाणहरू छन्: गगन थापा प्रधानमन्त्रीको अभिव्यक्ति रेकर्डबाट हटाइयोस् : ज्ञानेन्द्र शाही नेकपा एमालेले माग्यो प्रधानमन्त्री शाहको राजीनामा प्रधानमन्त्रीको भनाइलाई लिएर राष्ट्रिय सभामा विरोध प्रतिनिधिसभाको बैठक सुरू सदनमा प्रधानमन्त्रीको अभिव्यक्ति राष्ट्रघाती: श्रम संस्कृति पार्टी रास्वपा सभापति लामिछाने भारत प्रस्थान प्रधानमन्त्रीज्यूले नेपालले भारतको भूमि कहाँ–कहाँ अतिक्रमण गरेको छ त्यसको तथ्य सार्वजनिक गरिदिनुहुन हार्दिक अपिल गर्दछु: आशिका तामाङ सिंहदरबारमा प्रतिपक्षी दलको बैठक बस्दै