2026-10-05 05:19 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

‘विद्यार्थीका सृजनाले उनीहरूलाई उत्प्रेरित गरेको छ’

काठमाडौँ | काठमाडौँ महानगरपालिकाका उपप्रमुख सुनिता डङ्गोलले काठमाडौँ महानगरको शिक्षा विभाग र नेपाल ललितकला प्रज्ञा–प्रतिष्ठानद्वारा आयोजित प्रदर्शनीले विद्यार्थीलाई कला सृजना गर्न उत्प्रेरित गरेको बताउनुभएको छ ।

यही असार १३ गतेदेखि सुरु भएको प्रदर्शनीको अवलोकनका क्रममा उहाँले यस्ता प्रदर्शनीले विद्यार्थीका कला प्रस्तुत गर्नुका साथै उनीहरूलाई भविष्यमा नयाँनयाँ कला सृजना गर्न प्रोत्साहित गर्ने धारणा राख्नुभयो ।

उहाँले महानगरभित्रका ४६ विद्यालयका एक हजार ३०० भन्दा बढी विद्यार्थीका कला प्रदर्शनीमा राखिएका जनाउँदै सृजना आकर्षक, संस्कृति तथा सम्पदाको संरक्षणमा केन्द्रित रहेका प्रतिक्रिया दिनुभयो ।

शिक्षामा सीप कार्यक्रमअन्तर्गत ‘स्केचिङ एण्ड स्कप्चर’ ढाँचाको तालिम कार्यक्रमपछि विद्यार्थीहरूबाट सिर्जित कलाकृतिको यहाँ प्रदर्शन गरिएको हो । सो क्रममा उपप्रमुख डङ्गोलले भन्नुभयो, “पेन्टिङ, स्केच, स्कल्पचर, क्राफ्टका ट्रेनिङहरू भइरहेका सन्दर्भमा तपाईँहरूले त्यो राम्ररी सिक्नुभएको छ भन्ने लागेको छ । अघिल्लो वर्षभन्दा यस वर्ष धेरै प्रगति भएको मैले पाएँ । सिक्नेक्रम तीव्र रूपमा अघि बढिरहोस्, यसले विद्यार्थीलाई प्रेरित गरेको महसुस गरेँ ।”

यसैबीच उहाँले उक्त प्रदर्शनीको आजै समापनसमेत गर्नुभयो । समापन समारोहमा प्रतिष्ठानका कुलपति नारदमणि हार्तम्छालीले शिक्षालाई सीपसँग जोड्दा सृजनात्मक अभिव्यक्तशील कलाको तहगत अनुभूति गराउन सहयोग पुगेको विश्वास व्यक्त गर्नुभयो ।

प्रतिष्ठानका सदस्यसचिव देवेन्द्रकुमार काफ्ले ‘थुम्केली’ले शिक्षामा सीप कार्यक्रमअन्तर्गतको ‘स्केचिङ एण्ड स्कप्चर’ तालिमले देशको आगामी कला संस्कृतिको जग निर्माण गर्न महत्त्वपूर्ण भूमिका खेल्ने बताउनुभयो । उहाँले सृजनशील व्यक्तित्व निर्माण गर्न कलाको महत्त्वपूर्ण योगदान रहने उल्लेख गर्नुभयो ।

कार्यक्रम संयोजक तथा प्रतिष्ठानका बहुआयामिक तथा अन्य सृजनात्मक कला विभाग प्रमुख सौरगङ्गा दर्शनधारीले कार्यक्रममा महानगरका ४६ विद्यालयका एक हजार ३०० भन्दा बढी विद्यार्थी सहभागी प्रदर्शनी उत्साहजनक रहेको धारणा राख्नुभयो । उहाँले कला समाजको प्रतिविम्ब भएको र यसले सिकाइका क्रममा थेरापीको पनि काम गर्ने बताउनुभयो ।

समारोहमा प्रशिक्षक तथा सहायक प्रशिक्षक, प्रत्येक विद्यालयका उत्कृष्ट विद्यार्थीलगायतलाई सम्मान पनि गरिएको थियो । यससँगै प्रदर्शनीको सन्दर्भ पारेर प्रतिष्ठानले आयोजना गरेको विद्यालयमा प्रशिक्षक तथा सहायक प्रशिक्षक रहेका कलाकारहरूले सृजना गरेका कलाकृति समावेश गरिएको ‘एकता’ प्रदर्शनी पनि आजै सम्पन्न भएको छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
यस्ता छन् मन्त्रिपरिषद् बैठकका निर्णय मन्त्रिपरिषद्को बैठक शुरू प्रधानमन्त्री बालेन्द्रको टिप्पणीप्रति विश्वप्रकाशको प्रतिक्रिया, भने– अभिव्यक्ति स्वतन्त्रताको सम्मान गर्छु शेयर बजार ओरालो, नेप्से २०.४८ अंकले घट्यो एक घण्टाको ब्रेकपछि कांग्रेस महाधिवेशनको बन्दसत्र पुनः सुरु वेत्रावतीमा बेलिब्रिज जडान सुरु, दसैँअघि सञ्चालनमा ल्याउने इरानी दुई कूटनीतिज्ञलाई अमेरिकाले गर्‍यो निष्कासित राष्ट्र बैंकले ल्याउँदै ३० करोड थान नयाँ २ रुपैयाँका सिक्का विपद् र पार्टीभित्र एकताको प्रयासले महाधिवेशन कार्यतालिका प्रभावित भयो : गगन थापा कांग्रेसको १५ औँ महाधिवेशनको बन्दसत्र सुरु विपद् व्यवस्थापनमा सरकार निरन्तर खटिरहेको छ : प्रधानमन्त्री शाह लगानीको वातावरण सुधार्न प्रक्रियागत झन्झट हटाउनुपर्छ : मन्त्री गौतम सभापति गगन थापाले केन्द्रीय समितिमा पेस गरे राजनीतिक प्रस्ताव अरिङ्गालको टोकाइबाट दुई बालकको मृत्यु, दुई गम्भीर घाइते मन्त्रिपरिषद बैठक बस्दै नेपाली बजारमा सुनको मूल्य घट्यो, चाँदीको बढ्यो दुर्गा प्रसाईंको बन्दीप्रत्यक्षीकरण रिटमा सुनुवाइका लागि पेसी तोकियो कांग्रेस महाधिवेशन: बन्दसत्रअघि केन्द्रीय समिति बैठक, मंगलबारदेखि उम्मेदवारी दर्ता त्रिविका सबै परीक्षा केन्द्रमा सीसी क्यामरा अनिवार्य बदलिएको परिस्थितिमा पुरानै शैलीले चुनौती सामना गर्न सकिँदैन : प्रचण्ड