2026-10-05 05:19 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

गिरिजाप्रसाद कोइराला क्रान्ति र शान्तिको नेता : राष्ट्रपति पौडेल

काठमाडौँ | राष्ट्रपति रामचन्द्र पौडेलले पूर्वप्रधानमन्त्री गिरिजाप्रसाद कोइराला क्रान्ति र शान्तिको नेता भएको बताउनुभएको छ ।

पूर्वप्रधानमन्त्री गिरिजाप्रसाद कोइरालाको १०२औँ जन्मजयन्तीका अवसरमा शुक्रबार आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै राष्ट्रपति पौडेलले भन्नुभयो, “मैले गिरिजाप्रसाद कोइरालाका बारेमा एकै शब्दमा भन्नुपर्दा उहाँ क्रान्तिको पनि नेता हो, शान्तिको पनि नेता हो ।”

राष्ट्रपति पौडेलले राजनीतिको दिशा बदल्ने सामथ्र्य राखेर गिरिजाप्रसादले लोकतान्त्रिक आन्दोलनको नेतृत्व गर्ने, शान्ति प्रक्रियालाई अगाडि बढाउने र गणतन्त्र स्थापन गर्ने पछिल्लो कालखण्डको महत्त्वपूर्ण तीन राजनीतिक परिघटनालाई नेतृत्व लिएको स्पष्ट पार्नुभयो । जीवनको उत्तरार्द्धमा गिरिजाप्रसाद कोइराला नेताबाट राजनेताको स्थान प्राप्त गर्न सफल हुनुभयोे जो, हामी सबैका लागि सधैँ प्रेरणाको स्रोत रहिरहनुभएको राष्ट्रपति पौडेलले भनाइ थियो ।

उहाँले आफ्नो निर्णयमा जस्तोसुकै जोखिम मोल्ने आँट राख्ने कोइरालामा आत्मविश्वास अजेय भएको बताउँदै भन्नुभयो, “त्यसैले उहाँ निरन्तर लोकतन्त्रको लडाइँमा लागिरहनुुभयो । काममा नथाक्ने र साथीहरूलाई अगाडि बढ्न प्रेरित गर्ने उहाँको बानी थियो । अप्ठ्यारोमा पनि उहाँभित्रको लोकतन्त्रको दियो कहिल्यै निभेन ।”

राष्ट्रपति पौडेलले शान्ति, स्थायित्व, मेलमिलाप, सहकार्य, सुशासन र जनतामा सेवा प्रवाहको चुस्ततासहित हाम्रा स्रोत, साधनहरूको समुचित उपयोगबाट मात्र हामीले राखेको मुलुकको समृद्धिको लक्ष्य पूरा हुने बताउनुभयो । उहाँले भन्नुभयो, “जनता आफैँले बनाएको संविधान हामीले पाएका छौँ । जनताको जीवनस्तरमा सुधार र मुलुकको समृद्धि नै हाम्रो संविधान र सङ्घीय लोकतान्त्रिक गणतन्त्रले राखेको अभिष्ट हो । शान्ति, स्थायित्व, मेलमिलाप, सहकार्य, सुशासन र जनतामा सेवा प्रवाहको चुस्ततासहित हाम्रा स्रोत, साधनहरूको समुचित उपयोगबाट मात्र यो लक्ष्य पूरा हुन्छ ।”

उहाँले आर्थिक विकासको मोडेलमा दार्शनिक मतभिन्नता रहँदारहँदै पनि पुँजीवादी र कम्युनिष्ट चिन्तनबीच मध्यमार्गी धार समाएर गिरिजाप्रसदको कार्यकालमा आर्थिक विकासको मोडेलले संसारभर विभिन्न नकारात्मक आर्थिक झड्का आउँदा पनि नेपालको अर्थतन्त्र केही हदसम्म जोगिएको बताउनुभयो ।

कार्यक्रममा नेपाली कांग्रेसका सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले सरकार र राजनीतिक दलहरूले जनताको सेवाका लागि विश्वास र भरोसा बढाउन केन्द्रित हुनुपर्ने बताउनुभयो । साथै उहाँले अहिले प्रतिस्पर्धा र सहकार्य सँगसँगै गर्नुपर्ने आवश्यकता रहेको औँल्याउँदै सबैको अपनत्व बढाएर जनताको अधिकार सुनिश्चित गर्नुपर्नेमा जोड दिनुभयो ।

नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले स्व गिरिजाप्रसाद कोइराला सबैले मानेका अविभावक भएकामा सबैको सहमति रहेको उल्लेख गर्नुभयो । उहाँले शान्ति प्रक्रियापछिका घटनाले स्व कोइराला परिपक्वता बढाएर देश र जनताको सेवामा नेतृत्व गर्ने सामथ्र्य बढाएको नेता हुनुभएको बताउनुभयो ।

नेपाल कम्युनिष्ट पार्टी (एमाले)का वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले स्व कोइराला दृढ इच्छाशक्ति, क्रियाशीलता र सक्रियता भएका नेता रहनुभएको बताउँदै उहाँका योगदानको चर्चा गर्नुभयो । त्यस्तै जनता समाजवादी पार्टी नेपालका अध्यक्ष उपेन्द्र यादवले समानता र समावेशितासहितको लोकतन्त्रलाई अघि बढाउन स्व कोइरालाको योगदान रहेको भन्दै प्रसंशा गर्नुभयो ।

कार्यक्रममा नेपाली कांग्रेसका नेताहरू महेश आचार्य र सुजाता कोइरालाले स्व गिरिजाप्रसाद कोइरालाले नेपालको लोकतान्त्रिक आन्दोलनमा गर्नुभएको अतुलनीय योगदान चर्चा गर्नुभयो ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
यस्ता छन् मन्त्रिपरिषद् बैठकका निर्णय मन्त्रिपरिषद्को बैठक शुरू प्रधानमन्त्री बालेन्द्रको टिप्पणीप्रति विश्वप्रकाशको प्रतिक्रिया, भने– अभिव्यक्ति स्वतन्त्रताको सम्मान गर्छु शेयर बजार ओरालो, नेप्से २०.४८ अंकले घट्यो एक घण्टाको ब्रेकपछि कांग्रेस महाधिवेशनको बन्दसत्र पुनः सुरु वेत्रावतीमा बेलिब्रिज जडान सुरु, दसैँअघि सञ्चालनमा ल्याउने इरानी दुई कूटनीतिज्ञलाई अमेरिकाले गर्‍यो निष्कासित राष्ट्र बैंकले ल्याउँदै ३० करोड थान नयाँ २ रुपैयाँका सिक्का विपद् र पार्टीभित्र एकताको प्रयासले महाधिवेशन कार्यतालिका प्रभावित भयो : गगन थापा कांग्रेसको १५ औँ महाधिवेशनको बन्दसत्र सुरु विपद् व्यवस्थापनमा सरकार निरन्तर खटिरहेको छ : प्रधानमन्त्री शाह लगानीको वातावरण सुधार्न प्रक्रियागत झन्झट हटाउनुपर्छ : मन्त्री गौतम सभापति गगन थापाले केन्द्रीय समितिमा पेस गरे राजनीतिक प्रस्ताव अरिङ्गालको टोकाइबाट दुई बालकको मृत्यु, दुई गम्भीर घाइते मन्त्रिपरिषद बैठक बस्दै नेपाली बजारमा सुनको मूल्य घट्यो, चाँदीको बढ्यो दुर्गा प्रसाईंको बन्दीप्रत्यक्षीकरण रिटमा सुनुवाइका लागि पेसी तोकियो कांग्रेस महाधिवेशन: बन्दसत्रअघि केन्द्रीय समिति बैठक, मंगलबारदेखि उम्मेदवारी दर्ता त्रिविका सबै परीक्षा केन्द्रमा सीसी क्यामरा अनिवार्य बदलिएको परिस्थितिमा पुरानै शैलीले चुनौती सामना गर्न सकिँदैन : प्रचण्ड