2026-10-05 05:19 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

‘औद्योगिक विकासका लागि नीतिगत स्पष्टता र सुरक्षाको प्रत्याभूति आवश्यक’

काठमाडौँ | पूर्वअर्थमन्त्री तथा गभर्नर डा युवराज खतिवडाले औद्योगिक विकासलाई अघि बढाउन नीतिगत स्पष्टता, पूर्वाधार निर्माण र सुरक्षाको प्रत्याभूति आवश्यक रहेको बताउनुभएको छ ।

लेखनाथ उद्योग वाणिज्य सङ्घको २९औँ स्थापना दिवस तथा २८औँ वार्षिकोत्सव समारोहका अवसरमा आज आयोजित ‘राष्ट्रिय अर्थतन्त्र र साना तथा मझौला उद्योग व्यवसायीका चुनौती तथा समाधान’ कार्यक्रमको उद्घाटन गर्दै उहाँले वर्तमान परिस्थितिमा निराश हुनुपर्ने अवस्था नभएको स्पष्ट पार्नुभयो ।

सङ्घका अध्यक्ष विनोद श्रेष्ठले युवाशक्ति विदेशिने समस्याको समाधान रोजगार सृजना नै भएको बताउनुभयो । लेखनाथलाई प्रदेशस्तरीय औद्योगिक क्षेत्र तथा स्थायी सभाहलको आवश्यकता रहेको उल्लेख गर्दै उहाँले पर्यटनको प्रचुर सम्भावना बोकेको यस क्षेत्रमा सङ्घीय सरकारले प्राथमिकता दिनुपर्नेमा जोड दिनुभयो ।

गण्डकी विश्वविद्यालयका उपकुलपति प्रा डा इन्द्रप्रसाद तिवारीले व्यावसायिक दृष्टिकोण विकासमा नेतृत्व गरेका वर्गले साना व्यवसायीको हितमा काम गर्न सुझाव व्यक्त गर्नुभयो । धार्मिक, शैक्षिक तथा पर्यटकीय सम्भावना बोकेको लेखनाथ क्षेत्रको समुचित विकास आवश्यक रहेको उहाँको भनाइ छ ।

नेपाल उद्योग वाणिज्य महासङ्घ गण्डकी प्रदेशका अध्यक्ष अमृत भट्टचनले आर्थिक मन्दीका बाबजुद पनि सङ्घका सदस्यहरू उत्पादनमा लागिरहेकामा प्रशंसा व्यक्त गर्नुभयो । सङ्घका संस्थापक अध्यक्ष चन्द्रकृष्ण कर्माचार्यले संस्थाको भौतिक संरचना र सामाजिक रुपान्तरणमा सङ्घको भूमिका स्मरण गराउनुभयो ।

उहाँले २०७८ सालमा स्थापना गरिएको ‘चन्द्रकृष्ण ज्येष्ठ नागरिक सेवा पुरस्कार’ यस वर्ष पोखरेली नवरत्न मुकुन्द शरण उपाध्यायलाई प्रदान गरिने घोषणा गर्नुभयो । पुरस्कार राशि रु एक लाख एक हजार रहेको छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
यस्ता छन् मन्त्रिपरिषद् बैठकका निर्णय मन्त्रिपरिषद्को बैठक शुरू प्रधानमन्त्री बालेन्द्रको टिप्पणीप्रति विश्वप्रकाशको प्रतिक्रिया, भने– अभिव्यक्ति स्वतन्त्रताको सम्मान गर्छु शेयर बजार ओरालो, नेप्से २०.४८ अंकले घट्यो एक घण्टाको ब्रेकपछि कांग्रेस महाधिवेशनको बन्दसत्र पुनः सुरु वेत्रावतीमा बेलिब्रिज जडान सुरु, दसैँअघि सञ्चालनमा ल्याउने इरानी दुई कूटनीतिज्ञलाई अमेरिकाले गर्‍यो निष्कासित राष्ट्र बैंकले ल्याउँदै ३० करोड थान नयाँ २ रुपैयाँका सिक्का विपद् र पार्टीभित्र एकताको प्रयासले महाधिवेशन कार्यतालिका प्रभावित भयो : गगन थापा कांग्रेसको १५ औँ महाधिवेशनको बन्दसत्र सुरु विपद् व्यवस्थापनमा सरकार निरन्तर खटिरहेको छ : प्रधानमन्त्री शाह लगानीको वातावरण सुधार्न प्रक्रियागत झन्झट हटाउनुपर्छ : मन्त्री गौतम सभापति गगन थापाले केन्द्रीय समितिमा पेस गरे राजनीतिक प्रस्ताव अरिङ्गालको टोकाइबाट दुई बालकको मृत्यु, दुई गम्भीर घाइते मन्त्रिपरिषद बैठक बस्दै नेपाली बजारमा सुनको मूल्य घट्यो, चाँदीको बढ्यो दुर्गा प्रसाईंको बन्दीप्रत्यक्षीकरण रिटमा सुनुवाइका लागि पेसी तोकियो कांग्रेस महाधिवेशन: बन्दसत्रअघि केन्द्रीय समिति बैठक, मंगलबारदेखि उम्मेदवारी दर्ता त्रिविका सबै परीक्षा केन्द्रमा सीसी क्यामरा अनिवार्य बदलिएको परिस्थितिमा पुरानै शैलीले चुनौती सामना गर्न सकिँदैन : प्रचण्ड