2026-10-05 03:40 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

राष्ट्रपति र उपराष्ट्रपति भइसकेको व्यक्ति पुनः राजनीतिमा आउन नपाउने व्यवस्था गर्न माग : गंगाकुमारी बेलवासे

काठमाडौँ | राष्ट्रिय सभामा नेकपा माओवादी केन्द्रकी सांसद गंगाकुमारी बेलवासेले राष्ट्रपति र उपराष्ट्रपति भइसकेको व्यक्ति पुनः राजनीतिमा आउन नपाउने व्यवस्था गर्न माग गरेकी छन् ।

मंगलबार राष्ट्रिय सभाको बैठकमा बोल्दै उनले सम्मानित पदमा अभिभावकीय रूपमा रहिसकेपछि पार्टीमा फर्किएर काम गर्ने कुराले त्यति राम्रो नगर्ने तर्क गरिन् । उनले ठोस व्यवस्था गरेर सम्मानित पदबाट फेरि राजनीतिमा नफर्किने व्यवस्था गर्न आग्रह गरिन् ।‘गणतन्त्रको प्रतिकको रूपमा राष्ट्रपति, उपराष्ट्रपतिलाई पायौं । हामीले मधेश, महिला, जनजातिबाट राष्ट्रपति र उपराष्ट्रपति पायौं । जनताका छोराछोरीहरू राष्ट्रपति बन्ने व्यवस्था ल्यायौँ,’ उनले भनिन्, ‘उहाँहरू राजनीतिक पार्टीमा फर्किएर राजनीति गर्ने विषयले समाज तरंगित भएको छ ।’

उनले थपिन्, ‘जनसमुदायहरूले विभिन्न तर्क, वितर्कहरू गरिरहेका छन् । कतिपय समस्याहरू छन् । एउटा सम्मानित पदमा अभिभावकीय रूपमा रहिसकेपछि पार्टीमा फर्किएर काम गर्ने कुराले त्यति राम्रो गरेको छैन ।’सांसद बेलवासेले आइन्दा त्यो सम्मानित पदबाट फेरि राजनीतिमा नफर्किने व्यवस्था गर्न माग गरिन् ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
वेत्रावतीमा बेलिब्रिज जडान सुरु, दसैँअघि सञ्चालनमा ल्याउने इरानी दुई कूटनीतिज्ञलाई अमेरिकाले गर्‍यो निष्कासित राष्ट्र बैंकले ल्याउँदै ३० करोड थान नयाँ २ रुपैयाँका सिक्का विपद् र पार्टीभित्र एकताको प्रयासले महाधिवेशन कार्यतालिका प्रभावित भयो : गगन थापा कांग्रेसको १५ औँ महाधिवेशनको बन्दसत्र सुरु विपद् व्यवस्थापनमा सरकार निरन्तर खटिरहेको छ : प्रधानमन्त्री शाह लगानीको वातावरण सुधार्न प्रक्रियागत झन्झट हटाउनुपर्छ : मन्त्री गौतम सभापति गगन थापाले केन्द्रीय समितिमा पेस गरे राजनीतिक प्रस्ताव अरिङ्गालको टोकाइबाट दुई बालकको मृत्यु, दुई गम्भीर घाइते मन्त्रिपरिषद बैठक बस्दै नेपाली बजारमा सुनको मूल्य घट्यो, चाँदीको बढ्यो दुर्गा प्रसाईंको बन्दीप्रत्यक्षीकरण रिटमा सुनुवाइका लागि पेसी तोकियो कांग्रेस महाधिवेशन: बन्दसत्रअघि केन्द्रीय समिति बैठक, मंगलबारदेखि उम्मेदवारी दर्ता त्रिविका सबै परीक्षा केन्द्रमा सीसी क्यामरा अनिवार्य बदलिएको परिस्थितिमा पुरानै शैलीले चुनौती सामना गर्न सकिँदैन : प्रचण्ड हरेक नागरिकलाई आवासको सुनिश्चितता गरिनेछः प्रधानमन्त्री शाह रास्वपा केन्द्रीय समितिको बैठक सुरु विश्व बजारमा खाद्य वस्तुको मूल्य फेरि बढ्यो, चिनी र गहुँको भाउ उच्च दाउन्ने बस दुर्घटना: मृत्यु भएका ६ जनाकै सनाखत, १२ घाइते कैलालीमा प्रहरीमाथि कुटपिट, तीन जना पक्राउ