2026-10-05 03:40 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

निश्चित मापदण्डका आधारमा खेलाडी र प्रशिक्षक छनोट गरिने: खेलकूदमन्त्री तेजुलाल चौधरी

2025-07-08
काठमाडौँ । युवा तथा खेलकूदमन्त्री तेजुलाल चौधरीले खेलाडी, प्रशिक्षक र कर्मचारी छनोट निश्चित मापदण्डका आधारमा गरिने भएकाले आशङ्का नगर्न आग्रह गर्नुभएको छ ।
प्रतिनिधिसभाको आजको बैठकमा सांसद प्रेम सुवालले राख्नुभएको जिज्ञासाको जवाफमा मन्त्री चौधरीले निश्चित मापदण्डका आधारमा सक्षम र योग्य व्यक्तिलाई खेलाडी प्रशिक्षकमा नियुक्त गरिने गरिएको बताउनुभयो ।
कर्णाली प्रदेशमा पूर्वाधार निर्माण सम्पन्न नभएकाले १०औँ राष्ट्रिय खेलकुद प्रतियोगिता तोकिएको समयमा सम्पन्न गर्न नसकिएको दोहो¥याउनुभयो । भौतिक पूर्वाधार निर्माणलाई गति दिएर आगामी आर्थिक वर्षमा सो प्रतियोगिता सम्पन्न गरिने र त्यसका लागि आवश्यक बजेटको प्रबन्ध गरिएको उल्लेख गर्नुभयो । सरकारले ‘स्वास्थ्यका लागि खेलकूद, राष्ट्रका लागि खेलकुद’ नाराका साथ खेलकुद गतिविधि अगाडि बढाइरहेको उहाँको कथन छ ।
राष्ट्रिय खेलकुद परिषद्का अनुसार हाल ६६० जना विभिन्न खेलका प्रशिक्षकको दरबन्दी भए पनि ५० प्रतिशत मात्रै कार्यरत रहेको उहाँले बताउनुभयो । विद्यालयमा उपयुक्त खेलमैदान स्थापना गरेर खेलजन्य गतिविधि अगाडि बढाउन सरकारले आवश्यक काम गरिरहेको मन्त्री चौधरीको भनाइ छ ।
—

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
वेत्रावतीमा बेलिब्रिज जडान सुरु, दसैँअघि सञ्चालनमा ल्याउने इरानी दुई कूटनीतिज्ञलाई अमेरिकाले गर्‍यो निष्कासित राष्ट्र बैंकले ल्याउँदै ३० करोड थान नयाँ २ रुपैयाँका सिक्का विपद् र पार्टीभित्र एकताको प्रयासले महाधिवेशन कार्यतालिका प्रभावित भयो : गगन थापा कांग्रेसको १५ औँ महाधिवेशनको बन्दसत्र सुरु विपद् व्यवस्थापनमा सरकार निरन्तर खटिरहेको छ : प्रधानमन्त्री शाह लगानीको वातावरण सुधार्न प्रक्रियागत झन्झट हटाउनुपर्छ : मन्त्री गौतम सभापति गगन थापाले केन्द्रीय समितिमा पेस गरे राजनीतिक प्रस्ताव अरिङ्गालको टोकाइबाट दुई बालकको मृत्यु, दुई गम्भीर घाइते मन्त्रिपरिषद बैठक बस्दै नेपाली बजारमा सुनको मूल्य घट्यो, चाँदीको बढ्यो दुर्गा प्रसाईंको बन्दीप्रत्यक्षीकरण रिटमा सुनुवाइका लागि पेसी तोकियो कांग्रेस महाधिवेशन: बन्दसत्रअघि केन्द्रीय समिति बैठक, मंगलबारदेखि उम्मेदवारी दर्ता त्रिविका सबै परीक्षा केन्द्रमा सीसी क्यामरा अनिवार्य बदलिएको परिस्थितिमा पुरानै शैलीले चुनौती सामना गर्न सकिँदैन : प्रचण्ड हरेक नागरिकलाई आवासको सुनिश्चितता गरिनेछः प्रधानमन्त्री शाह रास्वपा केन्द्रीय समितिको बैठक सुरु विश्व बजारमा खाद्य वस्तुको मूल्य फेरि बढ्यो, चिनी र गहुँको भाउ उच्च दाउन्ने बस दुर्घटना: मृत्यु भएका ६ जनाकै सनाखत, १२ घाइते कैलालीमा प्रहरीमाथि कुटपिट, तीन जना पक्राउ