2026-10-05 03:40 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

असारे विकासको प्रवृत्ति अन्त्य गर्न सांसदको जोड

2025-07-08
काठमाडौँ । सांसद विष्णुदेवी पुडासैनीले असारे विकासको प्रवृत्ति अन्त्य गर्नुपर्नेमा जोड दिनुभयोे । आज राष्ट्रियससभाको बैठकमा उहाँले असारको समयमा पूर्वाधार निर्माण हतार गर्दा गुणस्तर नहुने भएकाले मनसुन लागेपछि गरिने विकास रोक्नुपर्ने बताउनुभयो ।
“वर्षाको समयमा सडक निर्माण गर्दा दुर्घटना बढ्ने र गुणस्तरहीन पूर्वाधार निर्माण हुने भएकाले मनसुन सुरु भएपछि हतार हुने निर्माण कार्य रोकिनुपर्छ,” सांसद पुडासैनीले भन्नुभयो । उहाँले रसुवामा आज बिहान ३ बजे आएको बाढीबाट घाइतेहरूको तत्काल उद्धार र राहत उपलब्ध गराउन सरकारलाई आग्रह गर्नुभयो ।
मुलुकमा आत्मनिर्भरता बढाउनुपर्ने, रोजगारी सिर्जना गरी युवा पलायन रोक्नुपर्ने उहाँको भनाइ छ ।
सांसद गङ्गाकुमारी बेल्बासेले पनि रसुवामा आएको बाढीले घाइते भएकाको तत्काल उद्धार र राहत व्यवस्थापनका लागि पहल गर्न सरकारलाई आग्रह गर्नुभयो ।  उहाँले प्रदेश सरकारले आर्थिक रूपमा सबल हुन ठोस कदम चाल्नुपर्नेमा जोड दिनुभयो ।
सांसद तुलसाकुमारी दाहालले संविधानमा उल्लेख गरिएका मौलिक हक कार्यान्वयनका लागि बनेका ऐनहरूको नियमावली नबन्दा कार्यान्वयनमा कठिनाइ आएकाले यस विषयमा तत्काल छलफल आवश्यक रहेको बताउनुभयो । “आवासको हक कार्यान्वयनका लागि विधेयकको मस्यौदा तयार भएको छ । अब समयमा नै स्वीकृत गरेर कार्यान्वयनमा जानुपर्छ,” दाहालले भन्नुभयो, “जनस्वास्थ्यसँग सम्बन्धित ऐनहरूलाई संविधान अनुकूल बनाउने प्रक्रिया अघि बढाउन आवश्यक छ ।”
सांसद दाहालले मुलुकमा काठजन्य वस्तुको आयात भइरहेकाले अब काठमा आत्मनिर्भरता हासिल गर्नुपर्नेमा जोड दिनुभयो । उहाँले विश्वविद्यालयहरूको सञ्चालनमा एकरूपता ल्याई गुणस्तरीय शिक्षा प्रदान गर्नुपर्नेमा सरकारको ध्यानाकर्षण गराउनुभयो । सांसदहरूले मनसुनजन्य विपद् व्यवस्थापन, पूर्वाधारको दीर्घकालीन योजना, शिक्षा तथा रोजगारीमा ध्यान दिनु मुलुकको दीर्घकालीन हितमा हुने धारणा राख्नुभयो ।
—

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
वेत्रावतीमा बेलिब्रिज जडान सुरु, दसैँअघि सञ्चालनमा ल्याउने इरानी दुई कूटनीतिज्ञलाई अमेरिकाले गर्‍यो निष्कासित राष्ट्र बैंकले ल्याउँदै ३० करोड थान नयाँ २ रुपैयाँका सिक्का विपद् र पार्टीभित्र एकताको प्रयासले महाधिवेशन कार्यतालिका प्रभावित भयो : गगन थापा कांग्रेसको १५ औँ महाधिवेशनको बन्दसत्र सुरु विपद् व्यवस्थापनमा सरकार निरन्तर खटिरहेको छ : प्रधानमन्त्री शाह लगानीको वातावरण सुधार्न प्रक्रियागत झन्झट हटाउनुपर्छ : मन्त्री गौतम सभापति गगन थापाले केन्द्रीय समितिमा पेस गरे राजनीतिक प्रस्ताव अरिङ्गालको टोकाइबाट दुई बालकको मृत्यु, दुई गम्भीर घाइते मन्त्रिपरिषद बैठक बस्दै नेपाली बजारमा सुनको मूल्य घट्यो, चाँदीको बढ्यो दुर्गा प्रसाईंको बन्दीप्रत्यक्षीकरण रिटमा सुनुवाइका लागि पेसी तोकियो कांग्रेस महाधिवेशन: बन्दसत्रअघि केन्द्रीय समिति बैठक, मंगलबारदेखि उम्मेदवारी दर्ता त्रिविका सबै परीक्षा केन्द्रमा सीसी क्यामरा अनिवार्य बदलिएको परिस्थितिमा पुरानै शैलीले चुनौती सामना गर्न सकिँदैन : प्रचण्ड हरेक नागरिकलाई आवासको सुनिश्चितता गरिनेछः प्रधानमन्त्री शाह रास्वपा केन्द्रीय समितिको बैठक सुरु विश्व बजारमा खाद्य वस्तुको मूल्य फेरि बढ्यो, चिनी र गहुँको भाउ उच्च दाउन्ने बस दुर्घटना: मृत्यु भएका ६ जनाकै सनाखत, १२ घाइते कैलालीमा प्रहरीमाथि कुटपिट, तीन जना पक्राउ