2026-10-05 02:45 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

हुण्डी तथा अभौतिक मुद्राको कारोबारमा संलग्न रहेको अभियोगमा २ जना भारतीय नागरिक पक्राउ

काठमाडौँ | हुण्डी तथा अभौतिक मुद्राको कारोबारमा संलग्न रहेको अभियोगमा २ जना भारतीय नागरिकहरूलाई प्रहरीले पक्राउ गरेको छ। पक्राउ पर्नेहरूमा ललितपुर महानगरपालिका–२ सानेपा बस्ने भारत बिहार मोतिहारी घर भएका ४३ वर्षीय रूपेशकुमार गुप्ता र भारत बिहार पूर्वी चम्पारण बिजबानी घर भएका २२ वर्षीय बिपिनकुमार रहेका छन् ।

ललितपुर महानगरपालिका९२ सानेपा कालोपुलमा हुण्डी तथा अभौतिक मुद्राको कारोबार गरिरहेको भन्ने सूचनाको आधारमा केन्द्रीय अनुसन्धान ब्यूरोबाट खटिएको प्रहरीले सोही ठाउँस्थित राजतीर्थ ट्रेडर्स नाम गरेको किराना पसलको आवरणमा हुण्डी तथा अभौतिक मुद्राको कारोबार गरिरहेको अवस्थामा फेला पारी उनीहरूलाई पक्राउ गरेको हो ।

साथै, प्रहरीले उनीहरूको साथबाट ७४ ग्राम तौलको संरक्षित बन्यजन्तु कस्तुरीको विना (अखेटोपहार) जस्तो देखिने वस्तु १ थान, नगद ८ लाख २० हजार नेपाली रूपैयाँ, १० हजार भारतीय रूपैयाँ र मोबाइल ५ थान समेत बरामद गरेको छ । उनीहरू उपर अभौतिक मुद्राको प्रयोग गर्न नहुने, हुण्डी सम्बन्धी कारोबार गर्न नहुने कसूर र बन्यजन्तु सम्बन्धी कसूरमा प्रहरीबाट आवश्यक अनुसन्धान भइरहेको छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
राष्ट्र बैंकले ल्याउँदै ३० करोड थान नयाँ २ रुपैयाँका सिक्का विपद् र पार्टीभित्र एकताको प्रयासले महाधिवेशन कार्यतालिका प्रभावित भयो : गगन थापा कांग्रेसको १५ औँ महाधिवेशनको बन्दसत्र सुरु विपद् व्यवस्थापनमा सरकार निरन्तर खटिरहेको छ : प्रधानमन्त्री शाह लगानीको वातावरण सुधार्न प्रक्रियागत झन्झट हटाउनुपर्छ : मन्त्री गौतम सभापति गगन थापाले केन्द्रीय समितिमा पेस गरे राजनीतिक प्रस्ताव अरिङ्गालको टोकाइबाट दुई बालकको मृत्यु, दुई गम्भीर घाइते मन्त्रिपरिषद बैठक बस्दै नेपाली बजारमा सुनको मूल्य घट्यो, चाँदीको बढ्यो दुर्गा प्रसाईंको बन्दीप्रत्यक्षीकरण रिटमा सुनुवाइका लागि पेसी तोकियो कांग्रेस महाधिवेशन: बन्दसत्रअघि केन्द्रीय समिति बैठक, मंगलबारदेखि उम्मेदवारी दर्ता त्रिविका सबै परीक्षा केन्द्रमा सीसी क्यामरा अनिवार्य बदलिएको परिस्थितिमा पुरानै शैलीले चुनौती सामना गर्न सकिँदैन : प्रचण्ड हरेक नागरिकलाई आवासको सुनिश्चितता गरिनेछः प्रधानमन्त्री शाह रास्वपा केन्द्रीय समितिको बैठक सुरु विश्व बजारमा खाद्य वस्तुको मूल्य फेरि बढ्यो, चिनी र गहुँको भाउ उच्च दाउन्ने बस दुर्घटना: मृत्यु भएका ६ जनाकै सनाखत, १२ घाइते कैलालीमा प्रहरीमाथि कुटपिट, तीन जना पक्राउ कांग्रेस महामन्त्रीमा सुनिल शर्माको उम्मेदवारी घोषणा, ‘कांग्रेस फुटेको छैन’ काठमाडौँमा दुई दिन विद्युत् अवरुद्ध हुने, कुन-कुन क्षेत्रमा ?