2026-10-05 01:45 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

पूर्वराजाको सचिवालय फेरि विवादमा,ज्ञानेन्द्र शाहका संवाद सचिव प्रहरी नियन्त्रणमा

काठमाडौँ । जिल्ला प्रहरी परिसर काठमाडौंको टोलीले पूर्वराजा ज्ञानेन्द्र शाहका संवाद सचिव फणिराज पाठकलाई पाँच घण्टादेखि नियन्त्रणमा राखेर सोधपुछ गरिरहेको छ ।

बिहान करिब १० बजे नै उनलाई नियन्त्रणमा लिइएको थियो । परिसरका प्रमुख एसएसपी विश्वअधिकारीका अनुसार पूर्वराजाको सचिवालयबाट हुने विभिन्न विज्ञप्तिमा श्री ५ उल्लेख हुने गरेको आधारमा सोधपुछका लागि पाठकलाई ल्याइएको हो ।

प्रहरी अधिकारीका अनुसार पाठकलाई अहिले प्रहरीले उनका आफन्त र बाहिर कसैसँग पनि सम्पर्क गर्न दिइएको छैन । परिसरका एसपी अपिल बोहराका अनुसार विभिन्न विषयमा सोधपुछ आवश्यक देखिएपछि उनलाई १० बजेतिर नै बालुवाटारबाट ल्याइएको हो ।

बोहोराका अनुसार उनलाई नियन्त्रणमा लिइएको हो ।

सोधपुछमा संलग्न प्रहरी अधिकारीका अनुसार पूर्वराजा ज्ञानेन्द्र शाह राजा हुँदासमेत सचिवालयमै बसेर काम गरेका कारण कतिपय कुराहरु आफ्नो चाहनाले मात्रै पनि फेर्न नसकिएको जवाफ प्रहरीलाई दिएका छन् ।

उनलाई सकेसम्म साँझ छाड्ने तयारी प्रहरीको छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
कांग्रेसको १५ औँ महाधिवेशनको बन्दसत्र सुरु विपद् व्यवस्थापनमा सरकार निरन्तर खटिरहेको छ : प्रधानमन्त्री शाह लगानीको वातावरण सुधार्न प्रक्रियागत झन्झट हटाउनुपर्छ : मन्त्री गौतम सभापति गगन थापाले केन्द्रीय समितिमा पेस गरे राजनीतिक प्रस्ताव अरिङ्गालको टोकाइबाट दुई बालकको मृत्यु, दुई गम्भीर घाइते मन्त्रिपरिषद बैठक बस्दै नेपाली बजारमा सुनको मूल्य घट्यो, चाँदीको बढ्यो दुर्गा प्रसाईंको बन्दीप्रत्यक्षीकरण रिटमा सुनुवाइका लागि पेसी तोकियो कांग्रेस महाधिवेशन: बन्दसत्रअघि केन्द्रीय समिति बैठक, मंगलबारदेखि उम्मेदवारी दर्ता त्रिविका सबै परीक्षा केन्द्रमा सीसी क्यामरा अनिवार्य बदलिएको परिस्थितिमा पुरानै शैलीले चुनौती सामना गर्न सकिँदैन : प्रचण्ड हरेक नागरिकलाई आवासको सुनिश्चितता गरिनेछः प्रधानमन्त्री शाह रास्वपा केन्द्रीय समितिको बैठक सुरु विश्व बजारमा खाद्य वस्तुको मूल्य फेरि बढ्यो, चिनी र गहुँको भाउ उच्च दाउन्ने बस दुर्घटना: मृत्यु भएका ६ जनाकै सनाखत, १२ घाइते कैलालीमा प्रहरीमाथि कुटपिट, तीन जना पक्राउ कांग्रेस महामन्त्रीमा सुनिल शर्माको उम्मेदवारी घोषणा, ‘कांग्रेस फुटेको छैन’ काठमाडौँमा दुई दिन विद्युत् अवरुद्ध हुने, कुन-कुन क्षेत्रमा ? देउवा समूहबाट आरजु राणा क्षेत्रीय प्रतिनिधि चयन अमेरिकी भिसामा कडाइ, नेपालसहित ५० देशका नागरिकलाई २० हजार डलरसम्म बन्ड अनिवार्य