2026-10-05 12:44 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

चलचित्र पर्यटनको गन्तव्य विकास गर्नेतर्फ ध्यान केन्द्रित गरौँ : राष्ट्रपति पौडेल

काठमाडौँ | राष्ट्रपति रामचन्द्र पौडेलले नेपाललाई चलचित्र पर्यटनको आकर्षक गन्तव्यका रुपमा विकास गर्नेतर्फ ध्यान केन्द्रित गर्नुपर्ने बताउनुभएको छ ।

राष्ट्रिय एवं विशेष चलचित्र पुरस्कार तथा सम्मान समारोहलाई आज सम्बोधन गर्दै उहाँले हिमाल, पहाड र तराईको अनुपम भौगोलिक अवस्थितिले नेपाल आफैँमा एउटा प्राकृतिक चलचित्र स्टुडियोका रुपमा रहेकाले यसबाट चलचित्र सँगसँगै रोजगारी, पर्यटन र राष्ट्रिय अर्थतन्त्रको विकासमा समेत सकारात्मक योगदान पुग्ने विश्वास व्यक्त गर्नुभयो ।

राष्ट्रपति पौडेलले चलचित्रका माध्यमबाट राष्ट्रिय लोककला, कथा, गीत, सङ्गीत, भाषा, साहित्य, संस्कृति, सांस्कृतिक पहिचान, राष्ट्रियता, मौलिकता, विविध जातजाति, भाषाभाषीका पहिचानजस्ता विषयलाई सशक्त रुपमा अभिव्यक्त गरिने बताउनुभयो । उहाँले भन्नुभयो, “पछिल्लो समयमा आदिवासी जनजातिलगायतका कला, भाषा, वेशभूषा, संस्कार र संस्कृतिका कथाले पाएको प्राथमिकताले चलचित्र उद्योगमा समावेशिता, पहिचान र विविधताको पक्षलाई सबल बनाउँदै लगेको छ ।”

राष्ट्रपति पौडेलले कलात्मक, सन्देशमूलक र समयसापेक्ष नेपाली मौलिकताको विशेषतासहितको चलचित्र बनाएर विश्वव्यापीकरण र सूचना प्रविधिको युगमा विश्वका दर्शकसामु पु¥याउने प्रयास गर्नुपर्नेमा जोड दिनुभयो ।

उहाँले गुणस्तरीय पक्षलाई जोड दिएर बजारीकरणका लागि नेपाली चलचित्रको अन्तरराष्ट्रियकरणमा पनि ध्यान जान जरुरी रहेको बताउनुभयो । उहाँले भन्नुभयो, “नेपाली चलचिलत्रको विकास, विस्तार र समृद्धिको यात्रामा सरकार, नीति निर्माता, चलचित्रकर्मी र सरोकारवाला सबै हातेमालो गरेर अघि बढ्नु हाम्रो साझा दायित्व हो ।”

मानव समुदायलाई प्रभावित र प्रेरित गर्ने चलचित्रको महत्व आधुनिक युगमा पनि उत्तिकै रहेको बताउँदै उहाँले भन्नुभयो, “कलात्मकरुपमा मानवीय जीवन र जगत्का विविध पक्षलाई अभिव्यक्त गर्ने शैली र माध्यमका रुपमा यसको महत्व र विशिष्टता सदैव रहँदै आएको छ ।”

राष्ट्रपति पौडेलले मौलिकता, सिर्जनात्मकता र स्वस्थ मनोरञ्जनसहित सूचना, शिक्षा र प्रेरणा प्रदान गर्नमा चलचित्रको महत्व रहने उल्लेख गदैए सङ्ख्यात्मकसँगै आधुनिक प्रविधिको प्रयोग गरी गुणात्मक, स्तरीय र प्रतिस्पर्धी चलचित्र निर्माणमा ध्यान दिनुपर्ने आवश्यकता औँल्याउनुभयो । उहाँले सीमित बजारबाट हुर्केको चलचित्रको बजार आजको अवस्थामा सम्म आउनुलाई खुशीको विषय भएको स्पष्ट पार्नुभयो ।

सो अवसरमा राष्ट्रपति पौडेलले दीर्घसाधना सम्मानबाट लेखक तथा निर्देशक लक्ष्मीनाथ शर्मालाई सम्मान गर्नुभएको थियो भने विभिन्न ११ जनालाई विशेष योगदान सम्मान र ११ जनालाई राष्ट्रिय चलचित्र पुरस्कारबाट सम्मान गरिएको थियो ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
सभापति गगन थापाले केन्द्रीय समितिमा पेस गरे राजनीतिक प्रस्ताव अरिङ्गालको टोकाइबाट दुई बालकको मृत्यु, दुई गम्भीर घाइते मन्त्रिपरिषद बैठक बस्दै नेपाली बजारमा सुनको मूल्य घट्यो, चाँदीको बढ्यो दुर्गा प्रसाईंको बन्दीप्रत्यक्षीकरण रिटमा सुनुवाइका लागि पेसी तोकियो कांग्रेस महाधिवेशन: बन्दसत्रअघि केन्द्रीय समिति बैठक, मंगलबारदेखि उम्मेदवारी दर्ता त्रिविका सबै परीक्षा केन्द्रमा सीसी क्यामरा अनिवार्य बदलिएको परिस्थितिमा पुरानै शैलीले चुनौती सामना गर्न सकिँदैन : प्रचण्ड हरेक नागरिकलाई आवासको सुनिश्चितता गरिनेछः प्रधानमन्त्री शाह रास्वपा केन्द्रीय समितिको बैठक सुरु विश्व बजारमा खाद्य वस्तुको मूल्य फेरि बढ्यो, चिनी र गहुँको भाउ उच्च दाउन्ने बस दुर्घटना: मृत्यु भएका ६ जनाकै सनाखत, १२ घाइते कैलालीमा प्रहरीमाथि कुटपिट, तीन जना पक्राउ कांग्रेस महामन्त्रीमा सुनिल शर्माको उम्मेदवारी घोषणा, ‘कांग्रेस फुटेको छैन’ काठमाडौँमा दुई दिन विद्युत् अवरुद्ध हुने, कुन-कुन क्षेत्रमा ? देउवा समूहबाट आरजु राणा क्षेत्रीय प्रतिनिधि चयन अमेरिकी भिसामा कडाइ, नेपालसहित ५० देशका नागरिकलाई २० हजार डलरसम्म बन्ड अनिवार्य काँग्रेस महाधिवेशन: बासको व्यवस्था प्रतिनिधि आफैले गर्नुपर्ने, पार्टीले खाजा र खाना खुवाउने रौतहटमा १ लाख ८ हजार भारतीय रुपैयाँसहित दुई जना पक्राउ नवलपरासी बस दुर्घटना अपडेट: ६ जनाको मृत्यु, १२ घाइते; ५ मृतकको पहिचान खुल्यो