Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More...
२०८३, १९ जेष्ठ मंगलवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

‘तेस्रो केन्द्रबिन्दु एजुकेसन एक्सिलेन्स अवार्ड २०८२’ सम्पन्न

२०८२, ३१ असार मंगलवार १७:०१

काठमाडौँ | केन्द्रबिन्दु अनलाइन मिडिया प्रालिले आयोजना गरेको तेस्रो संस्करणको ‘केन्द्रबिन्दु एजुकेसन एक्सिलेन्स अवार्ड २०८२’ सफलतापूर्वक सम्पन्न भएको छ । शिक्षा विज्ञान तथा प्रविधि मन्त्री रघुजी पन्तको प्रमुख आतिथ्यमा शुक्रवार ललितपुर स्थित ‘द प्लाजा’मा आयोजना भएको उक्त कार्यक्रम शैक्षिक क्षेत्रमा अब्बल साबित भएका संस्थागत र सामुदायिक शैक्षिक संस्था र व्यक्तित्वहरुलाई सम्मान गर्दै सम्पन्न भएको हो ।

कार्यक्रमको पहिलो चरणमा ‘के नेपाल शैक्षिक हब बन्न सक्छ ?’ भन्ने विषयमा प्यानल डिस्कसन भएको थियो । प्यानल डिस्कसनमा वक्ताको रुपमा पूर्वशिक्षामन्त्री विद्या भट्टराई, शिक्षा, प्रतिनिधिसभाको शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिका सभापति अम्मरबहादुर थापा, ग्लोबल एकेडेमी अफ टुरिजम एण्ड हस्पिटालिटी (गेट) कलेजका संस्थापक तथा प्रमुख कार्यकारी अधिकृत (सिईओ) खेमराज लकाई र नेपाल शैक्षिक परामर्श संघ (इक्यान)का अध्यक्ष शेषराज भट्टराई रहेका थिए । उनीहरुले ‘स्टडी इन नेपाल’ अवधारणालाई अगाडि बढाउन राज्यको नीतिगत कमजोरी मुख्य बाधक रहेको औंल्याउँदै यसलाई सकार्न सबैको हातेमालो हुन आवश्यक रहेको बताएका थिए । प्यानल डिस्कसनमा प्रकृति अधिकारीले मध्यस्थकर्ताकाे भूमिका निर्वाह गरेका थिए ।

 

कार्यक्रमका प्रमुख अतिथि शिक्षामन्त्री रघुजी पन्तले केन्द्रबिन्दु अनलाइन मिडिया प्रा.लि.ले आयोजना गर्ने अवार्ड समाराेहले शिक्षा क्षेत्रमा काम गर्नेहरूलाई थप उत्साह र ऊर्जा मिलेकाे बताए । कार्यक्रम उद्घाटन गर्दै मन्त्री पन्तले भने, “यस्ता कार्यक्रमहरूले शिक्षा क्षेत्रमा काम गर्नेहरूलाई थप उत्साह र ऊर्जा मिल्नेछ ।” भविष्यमा पनि यस्ता कार्यक्रमहरू आयोजना गर्ने अवसर मिलोस् भन्ने उनले शुभकामना पनि दिए ।

कार्यक्रममा ‘शिक्षा क्षेत्रका प्रोज्ज्वल नक्षत्र २०८२’ बाट लामो समयदेखि अनवरत रुपमा शैक्षिक क्षेत्रमा योगदान पु-याइरहेका उमेश श्रेष्ठ सम्मानित भएका छन् । भोजपुरबाट काठमाडौंसम्मको यात्रामा, आज देशका अग्रणी शिक्षण संस्थामध्येको एक लिटिल एन्जल्स एजुकेशन ग्रुपका संस्थापक अध्यक्ष रहेका श्रेष्ठले उच्च शिक्षालय तथा माध्यमिक विद्यालय संघ नेपाल (हिसान) तथा निजी तथा आवासीय विद्यालय अर्गनाइजेसन, नेपाल (प्याब्सन)को कमाण्ड सम्हालिसकेका छन् । साथै पूर्वराज्यमन्त्री एवं प्रतिनिधिसभा सदस्यको रूपमा शिक्षा तथा स्वास्थ्यसम्बन्धी विभिन्न नीति निर्माण प्रक्रियामा सहभागी भएर योगदान दिएका उनलाई सम्मान गरिएकाे हाे ।

कार्यक्रममा राष्ट्रिय परीक्षा बोर्डका अध्यक्ष महाश्रम शर्मा, चौधरी ग्रुपका प्रबन्ध निर्देशक अरुण चौधरी र नेपाल शैक्षिक परामर्श व्यवसायी महासंघका अध्यक्ष राजेन्द्र बराल ‘शिक्षा विशेष सम्मान’ बाट सम्मानित भएका थिए । त्यसैगरी ‘शिक्षा सम्मान’बाट शिक्षाविद् प्रा. डा. प्रकाशमान श्रेष्ठ, शिक्षाविद् प्रा. डा. गणेश बहादुर सिंह र ग्लोबल एकेडेमी अफ टुरिजम एण्ड हस्पिटालिटी (गेट) कलेजका संस्थापक तथा प्रमुख कार्यकारी अधिकृत (सिईओ) खेम आर लकाई सम्मानित भएका हुन् ।

यसैगरी शैक्षिक उत्कृष्टताप्रति आफ्नो अटल प्रतिबद्धताका कारण देशैभरका शिक्षण संस्थाहरूमा आफूलाई अब्बल शैक्षिक संस्थाको रुपमा स्थापित गराउन सफल शैक्षिक संस्थाहरुलाई पनि केन्द्रबिन्दु डटकमले सम्मान गरेको छ ।

शिक्षा क्षेत्रमा गरेको योगदान, शैक्षिक गुणस्तर, एनईबीबाट प्लस टुमा विद्यार्थीले ल्याएको नतिजा, पठनपाठन शैली, पूर्वाधार, र सामाजिक उत्तरदायित्वका आधारमा सामुदायिक शैक्षिक संस्थातर्फ बुटवलको कालिका मानवज्ञान माध्यमिक विद्यालय सर्वाेत्कृष्ट विद्यालयको रुपमा सम्मानित भएको छ भने संस्थागततर्फ ललितपुरको प्रसादी एकेडेमी, पकनाजोलमा अवस्थित नेशनल कलेज अफ कम्प्युटर स्टडिज (एनसीसीएस) र कालोपुलमा रहेकाे जेभियर इन्टरनेसनल कलेज सम्मानित भएका छन् ।

सम्मानित हुने संस्थागत शैक्षिक संस्थाहरू

१. काठमाडौं मोडल सेकेन्डरी स्कुल (बालकुमारी) – बेस्ट पर्फर्मेन्स एक्सिलेन्स अवार्ड
२. ट्रिनिटी इन्टरनेसनल एसएस एण्ड कलेज – बेस्ट एकेडेमिक इन्भाइरन्मेन्ट अवार्ड
३. पिनाकल एकेडेमी एसएस कलेज – कन्सिस्टेन्ट एकेडेमिक पर्फर्मेन्स अवार्ड
४. मुनलाइट सेकेन्डरी स्कुल – कमिटमेन्ट टु एक्सिलेन्स इन एजुकेसन अवार्ड
५. काठमाडौं बर्नहार्ट कलेज – बेस्ट हिस्टोरिकल अचिभमेन्ट्स अवार्ड
६. ओमेगा इन्टरनेसनल कलेज – आउटस्ट्यान्डिङ पर्फर्मेन्स अवार्ड
७. मनास्लु वर्ल्ड कलेज – प्रेस्टिजियस प्लस टु अवार्ड
८. टेक्सास इन्टरनेसनल कलेज – बेस्ट इनोभेटिभ टिचिङ्ग प्राक्टिस अवार्ड
९. समृद्धि स्कुल – बेस्ट लर्निङ्ग सेन्टर अवार्ड
१०. ब्रिजवाटर इन्टरनेसनल कलेज – डाइनामिक एजुकेसन लिडरसिप अवार्ड
११. अरनिको आवासीय सेकेन्डरी स्कुल – रिजनल प्रेस्टिज अवार्ड
१२. मदरल्याण्ड सेकेन्डरी स्कुल –रिजनल प्रेस्टिज अवार्ड
१३. मोर्गन इन्टरनेसनल कलेज – आउटस्ट्यान्डिङ एजुकेसनल प्राक्टिसेस अवार्ड

उत्कृष्ट प्लस टु अवार्ड प्राप्त गर्ने संस्थागत शैक्षिक संस्थाहरु

१. काठमाडौं मोडेल सेकेण्डरी स्कुल, बागबजार
२. युनाइटेड एकेडेमी, ललितपुर
३. रिलायन्स इन्टरनेसनल एकेडेमी, चाबहिल
४. जेभियर इन्टरनेसनल एकेडेमी, लाजिम्पाट
५. किस्ट कलेज एण्ड स्कुल, कमलपोखरी
६. लिभरपुल इन्टरनेसनल कलेज, नयाँ बानेश्वर
७. लिटल एन्जल्स स्कुल, ललितपुर
८. भीएस निकेतन कलेज, तीनकुने
९. ट्रिटन एसएस कलेज, बालकुमारी
१०. नेपाल मेगा कलेज, बबरमहल
११. नेपाल काष्ठमण्डप एसएस कलेज, कलंकी
१२. आइएसटी सेकेण्डरी स्कुल, ज्ञानेश्वर

प्रदेशअन्तर्गत सम्मानित हुने उत्कृष्ट सामुदायिक विद्यालयहरू

१. गोल्मादेवि माध्यमिक विद्यालय, ओखलढुंगा (कोशी प्रदेश)
२. विश्वेश्वरप्रसाद कोइराला आदर्श माध्यमिक विद्यालय, रौतहट (मधेश प्रदेश)
३. विश्व निकेतन माध्यमिक विद्यालय, काठमाडौं (बाग्मती प्रदेश)
४. अमरसिंह माध्यमिक विद्यालय, कास्की (गण्डकी प्रदेश)
५. श्री माध्यमिक विद्यालय, दाङ (लुम्बिनी प्रदेश)
६. सारदा जनकल्याण माध्यमिक विद्यालय, सल्यान (कर्णाली प्रदेश)
७. ज्ञानेश्वर माध्यमिक विद्यालय, बैतडी (सुदूरपश्चिम प्रदेश)

साथै विदेशमा उच्च शिक्षा अध्ययनका लागि जान चाहने नेपाली विद्यार्थीका लागि गुणस्तरीय परामर्श सेवा दिँदै सेतूको भूमिका निभाइरहेका र नेपालमा पनि विदेशी विद्यार्थी भित्र्याउन उत्तिकै महत्वपूर्ण योगदान गर्ने कन्सटल्टेन्सीहरुलाई पनि केन्द्रबिन्दु डटकमले सम्मान गरेको छ ।

१. अल्टिमेट कन्सल्टेन्सी र एड्भाइजरी नेटवर्क (युक्यान) –मोस्ट प्रिफर्ड कन्सल्टेन्सी युके
२. द नेक्स्ट –मोस्ट प्रिफर्ड कन्सल्टेन्सी अष्ट्रेलिया
३. एक्सेस एजुकेसन नेटवर्क –मोस्ट प्रिफर्ड कन्सल्टेन्सी न्यूजिल्याण्ड
४. अल्फा बिटा –मोस्ट प्रिफर्ड कन्सल्टेन्सी अमेरिका
५. म्यापल इन्टरनेसनल एजुकेसन –मोस्ट प्रिफर्ड कन्सल्टेन्सी क्यानडा
६. सक्सेस एब्रोड स्टडी –मोस्ट प्रिफर्ड कन्सल्टेन्सी जापान
७. हब इन्टरनेसनल एजुकेसन –मोस्ट प्रिफर्ड कन्सल्टेन्सी आयरल्याण्ड
८.ग्रेस इन्टरनेशनल एजुकेसन कन्सल्टेन्सी –ग्लोबल कनेक्टिभिटी अवार्ड
९.एक्सपर्ट एजुकेसन एण्ड भिसा सर्भिसेस् –ग्लोबल प्रिजेन्स अवार्ड
१०. एजुकेसन पार्क –इन्टरनेसनल रिकग्निसन अवार्ड
११. भिरा एजुकेसन कन्सल्टेन्सी –इमर्जिङ कन्सल्टेन्सी इन नेपाल
१२.वेद इन्टरनेसनल एजुकेसन कन्सल्टेन्सी –इमर्जिङ कन्सल्टेन्सी इन नेपाल
१३.अप्टिमस ग्लोबल एजुकेसन कन्सल्टेन्सी –इमर्जिङ कन्सल्टेन्सी इन नेपाल
१४. राइट पाथ करिअर काउन्सिलिङ –लिडिङ मल्टि–डेस्टिनेसन कन्सल्टेन्सी अवार्ड
१५. ओली एण्ड एसोसिएट्स –पायोनियर इन अष्ट्रेलियन एजुकेसन

केन्द्रबिन्दु प्लस टु एक्सिलेन्स एजुकेसन अवार्डले शिक्षा क्षेत्रमा योगदान गर्ने व्यक्ति तथा शैक्षिक संस्थाहरूलाई प्रोत्साहन गर्ने उद्देश्य राखेको छ । यस अवार्ड समारोहमा शिक्षा क्षेत्रका विभिन्न व्यक्तित्वहरू, नीति निर्माताहरू, देशभरका उत्कृष्ट संस्थागत तथा सामुदायिका विद्यालयका विद्यार्थी, शिक्षकहरु, र सञ्चारकर्मीहरूको बाक्लो उपस्थिति थियो।

केन्द्रबिन्दु डटकमले विगतका वर्षहरूमा पनि यस्ता सम्मानजनक कार्यक्रमहरू आयोजना गर्दै आएको छ, जसले शैक्षिक क्षेत्रमा सकारात्मक प्रभाव पार्दै आएको विश्वास राखेकाे छ । र आगामी दिनमा पनि यसलाई निरन्तरता दिने प्रतिबद्धता जाहेर गर्दछ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
आगामी जेठ २५ गते सम्मका लागि प्रतिनिधि सभाको बैठक स्थगित प्रधानमन्त्री कति दिन संसदमा आउनु भयो, कतिचोटी हाजिर गर्नु भयो ? संसदको अभिलेखमा देखाइयोस्: हर्क साम्पाङ प्रतिनिधि सभा बैठकमा विपक्षी दलहरूले अवरोध जारी निर्धारित समयको डेढ घण्टासम्म पनि शुरू भएन प्रतिनिधिसभा बैठक राष्ट्रियसभा बैठक स्थगित मन्त्रिपरिषद् बैठक बस्दै कांग्रेसले छायाँ सरकार गठन गरेको छैन: भीष्मराज आङ्देम्बे सुनचाँदीको मूल्य बढ्यो कृष्ण महरालाई एक लाख रुपैयाँ धरौटीमा रिहा गर्न आदेश प्रतिनिधि सभाको बैठकमा विपक्षी दलको अवरोध जारी प्रधानमन्त्रीको अभिव्यक्तिबारे ताली बजाउने सांसदलाई प्रश्न गरौं: गगन थापा सीमा विवादजस्तो विषयको सन्दर्भमा नेपालका केही स्थापित अडान र कथनहरू छन्, प्रमाणहरू छन्: गगन थापा प्रधानमन्त्रीको अभिव्यक्ति रेकर्डबाट हटाइयोस् : ज्ञानेन्द्र शाही नेकपा एमालेले माग्यो प्रधानमन्त्री शाहको राजीनामा प्रधानमन्त्रीको भनाइलाई लिएर राष्ट्रिय सभामा विरोध प्रतिनिधिसभाको बैठक सुरू सदनमा प्रधानमन्त्रीको अभिव्यक्ति राष्ट्रघाती: श्रम संस्कृति पार्टी रास्वपा सभापति लामिछाने भारत प्रस्थान प्रधानमन्त्रीज्यूले नेपालले भारतको भूमि कहाँ–कहाँ अतिक्रमण गरेको छ त्यसको तथ्य सार्वजनिक गरिदिनुहुन हार्दिक अपिल गर्दछु: आशिका तामाङ सिंहदरबारमा प्रतिपक्षी दलको बैठक बस्दै