2026-10-05 11:50 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

अदालतको आदेशविपरीत कार्य गरेको भन्दै बालेन शाहलाई कारबाही गर्न माग

काठमाडौँ | प्रतिनिधिसभा सदस्य रेखा यादवले अदालतको आदेशविपरीत कार्य गरेको भन्दै काठमाडौँ महानगरका प्रमुख (मेयर) बालेन शाहलाई कारबाही गर्न माग गरेकी छन् ।

मंगलबार प्रतिनिधिसभा बैठकमा उनले काठमाडौँ महानगरपालिकाले अदालतको आदेशविपरीत कवाड व्यवसायमाथि धरपकड गरेको भन्दै संलग्नमाथि कारबाही गर्न माग गरेकी हुन् । जनता समाजवादी पार्टी, नेपालकी सांसद यादवले अदालतको आदेशविपरीत कवाडी व्यवसायीहरूमाथि बालेन शाहबाट कायरतापूर्ण हमला भएको आरोप लगाइन् ।

रौतहटका राजाराम शाहले काठमाडौं महानगरपालिका–४ मा सञ्चालन गरेको कवाडी पसलमा महानगरले डोजर लगाएर तोडफोड गरेको भन्दै उनले अदालतको आदेशविपरीत कवाड व्यवसायीमाथि गरिएको कारबाहीमा संलग्न दोषीमाथि कारबाही गर्न माग गरेकी हुन् ।‘काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहको कायरतापूर्ण व्यवहारको हाम्रो पार्टी घोर भत्सर्ना गर्दछ,’ उनले भनिन् ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
मन्त्रिपरिषद बैठक बस्दै नेपाली बजारमा सुनको मूल्य घट्यो, चाँदीको बढ्यो दुर्गा प्रसाईंको बन्दीप्रत्यक्षीकरण रिटमा सुनुवाइका लागि पेसी तोकियो कांग्रेस महाधिवेशन: बन्दसत्रअघि केन्द्रीय समिति बैठक, मंगलबारदेखि उम्मेदवारी दर्ता त्रिविका सबै परीक्षा केन्द्रमा सीसी क्यामरा अनिवार्य बदलिएको परिस्थितिमा पुरानै शैलीले चुनौती सामना गर्न सकिँदैन : प्रचण्ड हरेक नागरिकलाई आवासको सुनिश्चितता गरिनेछः प्रधानमन्त्री शाह रास्वपा केन्द्रीय समितिको बैठक सुरु विश्व बजारमा खाद्य वस्तुको मूल्य फेरि बढ्यो, चिनी र गहुँको भाउ उच्च दाउन्ने बस दुर्घटना: मृत्यु भएका ६ जनाकै सनाखत, १२ घाइते कैलालीमा प्रहरीमाथि कुटपिट, तीन जना पक्राउ कांग्रेस महामन्त्रीमा सुनिल शर्माको उम्मेदवारी घोषणा, ‘कांग्रेस फुटेको छैन’ काठमाडौँमा दुई दिन विद्युत् अवरुद्ध हुने, कुन-कुन क्षेत्रमा ? देउवा समूहबाट आरजु राणा क्षेत्रीय प्रतिनिधि चयन अमेरिकी भिसामा कडाइ, नेपालसहित ५० देशका नागरिकलाई २० हजार डलरसम्म बन्ड अनिवार्य काँग्रेस महाधिवेशन: बासको व्यवस्था प्रतिनिधि आफैले गर्नुपर्ने, पार्टीले खाजा र खाना खुवाउने रौतहटमा १ लाख ८ हजार भारतीय रुपैयाँसहित दुई जना पक्राउ नवलपरासी बस दुर्घटना अपडेट: ६ जनाको मृत्यु, १२ घाइते; ५ मृतकको पहिचान खुल्यो रास्वपाको केन्द्रीय समिति बैठक बस्दै कांग्रेसको १५औँ महाधिवेशनमा करिब ७ हजार ५ सय प्रतिनिधि सहभागी हुने