2026-09-13 08:34 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

काठमाडौंका मेयर बालेनको नेतृत्वप्रति आक्रोश – ‘तपाईं पनि बोलेर मात्रै बस्ने कि काम पनि गर्ने?’

काठमाडौं | काठमाडौं महानगरपालिकाको १७औँ नगरसभामा नगरसभा सदस्य सन्तोष ढुंगेलले मेयर बालेन्द्र साहको नेतृत्वप्रति आक्रोश व्यक्त गरेका छन्। उनले शालिक निर्माणदेखि शिक्षा नीति र गरिब नगरवासीको आवास अधिकारसम्मका विषयमा गम्भीर प्रश्न उठाउँदै महानगरको कार्यशैलीलाई कटाक्ष गरे।

ढुंगेलले १६औँ नगरसभामा मेयर साहले काठमाडौंका प्रथम मेयर पीएल सिंहको शालिक राष्ट्रियसभा गृहमा बनाउने घोषणा गरे पनि अझै कार्यान्वयनमा नआएकोमा प्रश्न उठाए ।

‘तपाईं पनि बोलेर मात्रै बस्ने कि काम पनि गर्ने?’, उनले प्रश्न गर्दै भने, ‘काठमाडौंका प्रथम मेयरको शालिक बनाउँछु भनेको कुरा अझै पूरा भएन। तपाईं पनि बोल्ने मात्रै हो भने बोलिरहनु, तर काम गर्ने भए गर्नु पर्‍यो।’

ढुंगामाटोको घरमा प्रतिबन्धको विरोध

नगरका गरिब बासिन्दाले ढुंगा माटोले घर बनाउन नपाउने नीतिप्रति पनि उनले आपत्ति जनाएका छन् ।

‘महानगरको मैत्री भवन ढुंगामाटोले बन्न सक्छ, यहाँका सयौँ सम्पदा पनि ढुंगा माटोले बनेका छन्’, उनले भने, ‘तर निजी घरलाई किन बन्देज? महानगरले यसरी दोहोरो मापदण्ड अपनाउनु भएन ।’

उनले जग्गा भएका नगरबासी गरिबहरूलाई ढुंगा माटोको घर बनाउन दिनुपर्ने बताए । ‘यो महानगरको नीति हुनु पर्ने हो, निषेध होइन’, उनले भने ।

शिक्षा नीतिमा ‘माटोको सुगन्ध’

महानगरको शिक्षा नीतिप्रति बोल्दै ढुंगेलले नेपालका सम्पदाहरूलाई बेवास्ता गरिएकोमा असन्तुष्टि जनाए।

‘हामी अमेरिका, बेलायत र आइफेल टावर पढाउँछौँ, तर असार २९ गते भानुभक्तलाई सम्झिँदैनौँ,’ उनले भने, ‘हामीले विद्यार्थीलाई स्थानीय इतिहास र सम्पदाको अध्ययन गराउनुपर्छ ।’

उनले बुक फ्री फ्राइडे कार्यक्रमको समेत आलोचना गरे । ‘हामीकहाँ बुक फ्री फ्राइडे कार्यक्रममा पनि ५५ झ्याले दरबारबारे पढाइ हुँदैन’, उनले भने, ‘हाम्रा सम्पदाबारे विद्यार्थीलाई बुझाइँदैन। अमूर्त सम्पदाहरूलाई पाठ्यक्रममा समावेश गर्न शिक्षा नीति परिमार्जन आवश्यक छ।’

विद्यालयका सटरबारे प्रश्न

महानगरले विद्यालयहरूमा बनाइएका सटरहरू भत्काएपछि नि:शुल्क शिक्षा सेवा प्रभावित भएको भन्दै ढुंगेलले चिन्ता व्यक्त गरे।‘स्कुलका सटर भत्काएपछि महानगरले पैसा नपठाइदिँदा स्कुलको स्रोत सुकेको छ,’ उनले भने, ‘यदि सटर बन्द गरिदिएको पैसा नदिने हो भने स्कुललाई नै ती सटर चलाउन दिने व्यवस्था गरिनुपर्छ ।’

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
मलेसियाको FWCMS भित्र छिरेका २५० म्यानपावरको पूर्वस्वीकृति रोक्का, छानबिन सुरु ब्रिक्स समूह कसैको विरुद्धमा छैन : मोदी विपद्को पूर्वतयारी र प्रभावकारी व्यवस्थापन नहुँदा ठूलो मानवीय क्षति भयो : कुलमान घिसिङ महाधिवेशनको तयारीका लागि देउवा समूहले खटायो ७७ जिल्लामा प्रतिनिधि संविधान रक्षाका लागि सबै परिवर्तनकारी शक्ति एक हुनैपर्छ: माधव नेपाल भोटेकोशी बाढीले बगाएको गरगहनासहित एक जना पक्राउ नेपाली कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठक आइतबार बस्दै यूएईलाई हराउँदै नेपाल एसिया कपमा कम्युनिस्ट पार्टीहरू एकीकरण र सुदृढीकरण गर्दै नयाँ कार्यदिशामा अघि बढ्नुपर्छ : झलनाथ खनाल भोटेकोशी बाढीले १२ बैंकका १७ शाखामा क्षति भोटेकोशी बाढीमा मृतकको संख्या १ हजार ३८४ पुग्यो, ४ हजार ८९ अझै बेपत्ता युएईमा अलपत्र नेपालीको उद्धार गर्न मन्त्री महावीर पुनको आग्रह तीन दिनभित्र कृष्णभीर सडक खण्डमा यातायात सञ्चालन गर्ने तयारी धादिङको परेवाटार–मास्टार सडकमा एकतर्फी यातायात सञ्चालन प्रधानमन्त्री राहत कोषमा जम्मा भयो १३ अर्ब २३ करोड रुपैयाँ विज्ञ र विदेशी प्राविधिक समयमै परिचालन गरेको भए अझ धेरैको ज्यान बच्थ्यो : प्रचण्ड प्रधानमन्त्री शाहले राष्ट्रसङ्घीय महासभालाई असोज ८ गते सम्बोधन गर्ने अब विदेश भ्रमणको विवरण नागरिक एपबाटै प्राप्त गर्न सकिने चिलिमे टनेलमा उद्धार टोली प्रवेशको तयारी अर्थसचिवले राष्ट्र बैंकमा अनावश्यक हस्तक्षेप गर्ने भन्ने हुँदैन : अर्थमन्त्री वाग्ले