2026-10-05 11:51 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

प्रकाशमान सिंहको संकेत: “अबको सभापति म नै होस् भन्ने कार्यकर्ताको चाहना छ”

2025-07-19

काठमाडौँ । उपप्रधान एवं शहरी विकास मन्त्री प्रकाशमान सिंहले पार्टीका नेता कार्यकर्ताहरूले आफूलाई अबको पार्टी सभापतिका रुपमा हेर्न चाहेको बताएका छन् ।

शनिबार राष्ट्रिय समाचार समिति (रासस) सँगको संवादका क्रममा सिंहले आफू सभापति र प्रधानमन्त्रीबाहेक सबै पदमा रहिसकेको दृष्टान्त सुनाउँदै सभापतिको स्वभाविक दाबेदार रहने बताएका हुन् ।

आफू सामान्य कार्यकर्ता हुँदै काम गर्दै आएको, सभापतिमा पनि एक पटक प्रतिस्पर्धा गरिसकेको, प्रधानमन्त्री र सभापति बाहेक सबै पदमा काम गरिसकेको, नेता कार्यकर्ताले पनि सभापति नै बन्न भनिरहेको लगायतका विषय अन्तर्वार्ताका क्रममा उनले उजागर गरेका छन् ।

‘नेपाली कांग्रेस पार्टीमा सामान्य कार्यकर्ता हुँदै तलैदेखि काम गरेर आएको हुँ । काठमाडौं जिल्ला सभापति, केन्द्रीय सदस्य, निर्वाचित महामन्त्री भएँ । उपसभापति भएँ । सभापतिमा पनि प्रतिस्पर्धा गरिसकेँ,’ सिंहले भनेका छन्, ‘पार्टीमा सभापति र सरकारमा प्रधानमन्त्री बाहेक अरु जिम्मेवारीमा रहेर काम गरिसकेको छु । अब मेरो दाबेदारी पार्टीभित्र कुन पदमा रहला ? तपाईं आफैं अनुमान गर्न सक्नुहुन्छ ।’

सिंहले भनेका छन्, ‘जिल्ला जाँदा र पार्टीका साथीहरू भेट्दा तपाईंलाई सभापतिका रूपमा हेर्न चाहेका छौँ भनिरहनुभएको छ ।’
उनले आफू अहिले यो विषयमा पार्टीका साथीहरूसँग छलफलमा रहेको पनि बताएका छन् । साथै, पाएको जिम्मेवारी इमानदार भएर पूरा गर्ने संकल्प उनले व्यक्त गरेका छन् ।

‘अहिले पार्टीका साथीहरूसँग छलफलमा छु । प्राप्त जिम्मेवारीलाई सधैँ इमानदारीपूर्वक निर्वाह गरेको छु,’ सिंहले भनेका छन्, ‘जिल्ला जाँदा र पार्टीका साथीहरू भेट्दा तपाईंलाई सभापतिका रूपमा हेर्न चाहेका छौँ भनिरहनुभएको छ ।’

अन्तर्वार्ताकै क्रममा सिंहले आफू राजनीतिमा लाग्दा कुनै दिन सांसद मन्त्री नै भइन्छ भनेर नलागेको जिकिर गरेका छन् ।

जनतालाई अधिकारसम्पन्न बनाउन र देशमा तानाशाही व्यवस्था अन्त्य गर्न राजनीतिमा आएको उनले बताएका छन् ।

‘हामीले राजनीतिमा लाग्दा कुनै दिन सांसद, मन्त्री हौँला भनेर लागेका होइनौँ । दु:खकष्ट भोग्न मात्र होइन, ज्यानैसमेत पनि जान सक्छ भन्ने बुझेर अप्ठ्यारो अवस्थामा राजनीतिमा लागेका हौं,’ सिंहले भनेका छन्, ‘जनतालाई अधिकारसम्पन्न बनाउन र देशमा तानाशाही व्यवस्था अन्त्य गर्न राजनीतिमा आएका हौँ ।’

आफूहरूले राजनीतिमा सक्रिय हुँदा अवस्था असहज रहेको, धरपकड र गिरफ्तारी हुने गरेको उनले सुनाए ।

‘ती दिनहरू सजिला थिएनन् । राजाले सत्ता लिएपछि त अवस्था असहज बन्यो । जब जब प्रजातन्त्रमाथि प्रहार भएको छ जनताका अधिकार खोसिएका छन् त्यतिबेला सधैँ चुनौतीपूर्ण मोड आए पनि हामीले त्यसलाई पार गर्न सफल भएका छौँ । राजनीतिमा चुनौती हरक्षण आइरहन्छन्,’ सिंहले भनेका छन् ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
मन्त्रिपरिषद बैठक बस्दै नेपाली बजारमा सुनको मूल्य घट्यो, चाँदीको बढ्यो दुर्गा प्रसाईंको बन्दीप्रत्यक्षीकरण रिटमा सुनुवाइका लागि पेसी तोकियो कांग्रेस महाधिवेशन: बन्दसत्रअघि केन्द्रीय समिति बैठक, मंगलबारदेखि उम्मेदवारी दर्ता त्रिविका सबै परीक्षा केन्द्रमा सीसी क्यामरा अनिवार्य बदलिएको परिस्थितिमा पुरानै शैलीले चुनौती सामना गर्न सकिँदैन : प्रचण्ड हरेक नागरिकलाई आवासको सुनिश्चितता गरिनेछः प्रधानमन्त्री शाह रास्वपा केन्द्रीय समितिको बैठक सुरु विश्व बजारमा खाद्य वस्तुको मूल्य फेरि बढ्यो, चिनी र गहुँको भाउ उच्च दाउन्ने बस दुर्घटना: मृत्यु भएका ६ जनाकै सनाखत, १२ घाइते कैलालीमा प्रहरीमाथि कुटपिट, तीन जना पक्राउ कांग्रेस महामन्त्रीमा सुनिल शर्माको उम्मेदवारी घोषणा, ‘कांग्रेस फुटेको छैन’ काठमाडौँमा दुई दिन विद्युत् अवरुद्ध हुने, कुन-कुन क्षेत्रमा ? देउवा समूहबाट आरजु राणा क्षेत्रीय प्रतिनिधि चयन अमेरिकी भिसामा कडाइ, नेपालसहित ५० देशका नागरिकलाई २० हजार डलरसम्म बन्ड अनिवार्य काँग्रेस महाधिवेशन: बासको व्यवस्था प्रतिनिधि आफैले गर्नुपर्ने, पार्टीले खाजा र खाना खुवाउने रौतहटमा १ लाख ८ हजार भारतीय रुपैयाँसहित दुई जना पक्राउ नवलपरासी बस दुर्घटना अपडेट: ६ जनाको मृत्यु, १२ घाइते; ५ मृतकको पहिचान खुल्यो रास्वपाको केन्द्रीय समिति बैठक बस्दै कांग्रेसको १५औँ महाधिवेशनमा करिब ७ हजार ५ सय प्रतिनिधि सहभागी हुने