2026-08-23 12:21 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

त्रिभुवन विश्वविद्यालय किन बन्द भइरहन्छ?: सांसद डा.चन्द्र भण्डारी

काठमाडौँ | नेपाली कांग्रेसका सांसद डा.चन्द्र भण्डारीले त्रिभुवन विश्वविद्यालय पटकपटक बन्द हुनुमा सरकारको उदासीनता र अकर्मण्यता जिम्मेवार रहेको आरोप लगाएका छन्।

प्रतिनिधिसभाको बिहीबारको बैठकमा बोल्दै उनले विश्वविद्यालयको व्यवस्थापन र शैक्षिक सुधारमा सरकार पूर्ण रूपमा असफल भएको बताएका हुन्।

पछिल्लो समय तीव्र रूपमा विकसित भइरहेको आर्टिफिसियल इन्टेलिजेन्स (एआई) जस्ता प्रविधिमा आधारित पाठ्यक्रम निर्माणमा समेत सरकारले ढिलाइ गरेको भन्दै उनले आपत्ति जनाए।

भण्डारीले प्रश्न गरे, ‘सरकार छ, मन्त्रालयहरू छन्, विज्ञहरू छन् तर त्रिभुवन विश्वविद्यालय किन बन्द भइरहन्छ? सरकारले समस्या किन समाधान गर्न सक्दैन? विश्वविद्यालयले नयाँ कार्यक्रमहरू किन ल्याउन सक्दैन?’

विश्वबजारमा प्रतिस्पर्धा गर्नसक्ने दक्ष जनशक्ति उत्पादनका लागि विश्वविद्यालय सुधार आवश्यक रहेको भन्दै उनले जिम्मेवारविहीन सरकारका कारण शिक्षा क्षेत्र नै ध्वस्त हुँदै गएको टिप्पणी गरे।

फार्मेसी, इन्जिनियरिङ, पारामेडिकल जस्ता विषयहरूमा अध्ययन गर्न चाहने विद्यार्थीहरूको माग बढ्दो छ तर त्यस्ता कार्यक्रमहरू सञ्चालनमा सरकारले चासो नदिएको उनले बताए।

युवा विदेश पलायन भइरहेका छन् तर सरकार र दलालहरूको मिलेमतोमा त्यसलाई रोक्ने कुनै गम्भीर प्रयास नभएको भण्डारीको आरोप थियो। उनले सबै पेसामुखी शिक्षा सार्वजनिक विश्वविद्यालयहरूबाटै उपलब्ध गराई आर्थिक कारणले पढ्न नपाउने अवस्थाको अन्त्य गर्नुपर्नेमा जोड दिए।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
विभिन्न देश पठाइदिन्छु भन्दै रकम ठगी गरेको आरोपमा २ जना पक्राउ रास्वपाको नीति–कार्यक्रम माथिल्लो वर्गको हितमा मात्रै छ : झलनाथ खनाल विश्वप्रकाश शर्माको अपिल: अदालत होइन, पार्टी कार्यालयमै बसेर कांग्रेसको विवाद समाधान गरौँ सामाजिक सञ्जालमा अनेकौँ पेज सञ्चालन गर्दैमा पार्टी बलियो बन्दैन : दीपक खड्का म्याग्दीबाट मुस्ताङतर्फ अघि बढे प्रधानमन्त्री बालेन गरिमा चौधरीलाई न्याय माग्दै काठमाडौँमा प्रदर्शन यो सरकार पाँच वर्ष कुनै हालतमा जाँदैन : केपी ओली पहिरो खसेपछि पासाङल्हामु सडक पूर्ण रूपमा अवरुद्ध अनुदानको मल कालोबजारी गरेको आरोपमा तीन जना पक्राउ गरिमाको हत्यामा गृहमन्त्रीको स्पष्ट सन्देश: ‘दोषी उम्कनु हुँदैन, निर्दोष फस्नु हुँदैन’ मतदाता नामावली अद्यावधिक गर्न निर्वाचन आयोगको अनुरोध राष्ट्रियसभाबाट ‘नेपाल विशेष सेवा ऐनसम्बन्धी विधेयक’सर्वसम्मतिले स्वीकृत रास्वपामा तीन पदाधिकारीसहित ४२ केन्द्रीय सदस्य अर्को बैठकबाट मनोनीत हुने साताको अन्तिम दिन घट्यो नेप्से शंखमुलको होस्टलमा कुटपिटपछि २२ वर्षीय युवकको मृत्यु गरिमालाई न्याय माग्दै काठमाडौँमा प्रदर्शन प्रधानमन्त्री शाह काठमाडौँबाट पोखरातर्फ प्रस्थान राजनीतिक मुद्दाको समाधान केवल राजनीतिक संवादबाट मात्र सम्भव छ: प्रदीप पौडेल जाजरकोटमा जीप दुर्घटना हुँदा एकजनाको मृत्यु भएको छ भने ६ जना घाइते सुनको मूल्य एकैदिन तोलामा ३ हजार ३०० रुपैयाँले बढ्यो