2026-10-05 08:44 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

अर्को सरकार बन्ने विकल्प नरहेको : कृष्णप्रसाद सिटौला

काठमाडौँ | नेपाली कांग्रेसका नेता एवं राष्ट्रियसभा सदस्य कृष्णप्रसाद सिटौलाले अर्को सरकार बन्ने विकल्प नरहेको बताएका छन् । आइतबार काठमाडौँमा सञ्चारकर्मीसँग उनले यस्तो बताएका हुन् ।

हाल कुनै एक दलको बहुमत नरहेको र अर्को सरकार बन्ने परिस्थिति पनि नभएको उनले उल्लेख गरे । उनले वर्तमान सरकार एउटा जटिल परिस्थितिमा निर्माण भएको र कांग्रेस र नेकपा (एमाले)बीचको सम्झौताअनुसार नै पूरा कार्यकाल चल्ने बताए । “कसैको बहुमत छैन । प्रचण्डजीले नछोडेको भए त्यही सरकार चलिरहन्थ्यो होला,” उनले भने, “एउटा परिस्थितिमा निर्माण भएको सरकार हो ।”

सरकारले एक वर्षमा अपेक्षाअनुसार भने काम गर्न नसकेको उनले टिप्पणी गरे । “वर्ष दिनको समीक्षा गर्दा राजनीतिक दलहरूले अपेक्षा गरेअनुसार काम हुन सकेको छैन । तर, यो सरकार कन्टिन्यु जान्छ,” उनले भने, “किनभने, यसको विकल्प अर्को सरकार बन्ने स्थिति देखिँदैन ।”नेता सिटौलाले संविधान कार्यान्वयनको समीक्षा गरिने र संशोधनका विषयमा सरकारले कार्यदल बनाएर अघि बढ्ने पनि बताए ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
त्रिविका सबै परीक्षा केन्द्रमा सीसी क्यामरा अनिवार्य बदलिएको परिस्थितिमा पुरानै शैलीले चुनौती सामना गर्न सकिँदैन : प्रचण्ड हरेक नागरिकलाई आवासको सुनिश्चितता गरिनेछः प्रधानमन्त्री शाह रास्वपा केन्द्रीय समितिको बैठक सुरु विश्व बजारमा खाद्य वस्तुको मूल्य फेरि बढ्यो, चिनी र गहुँको भाउ उच्च दाउन्ने बस दुर्घटना: मृत्यु भएका ६ जनाकै सनाखत, १२ घाइते कैलालीमा प्रहरीमाथि कुटपिट, तीन जना पक्राउ कांग्रेस महामन्त्रीमा सुनिल शर्माको उम्मेदवारी घोषणा, ‘कांग्रेस फुटेको छैन’ काठमाडौँमा दुई दिन विद्युत् अवरुद्ध हुने, कुन-कुन क्षेत्रमा ? देउवा समूहबाट आरजु राणा क्षेत्रीय प्रतिनिधि चयन अमेरिकी भिसामा कडाइ, नेपालसहित ५० देशका नागरिकलाई २० हजार डलरसम्म बन्ड अनिवार्य काँग्रेस महाधिवेशन: बासको व्यवस्था प्रतिनिधि आफैले गर्नुपर्ने, पार्टीले खाजा र खाना खुवाउने रौतहटमा १ लाख ८ हजार भारतीय रुपैयाँसहित दुई जना पक्राउ नवलपरासी बस दुर्घटना अपडेट: ६ जनाको मृत्यु, १२ घाइते; ५ मृतकको पहिचान खुल्यो रास्वपाको केन्द्रीय समिति बैठक बस्दै कांग्रेसको १५औँ महाधिवेशनमा करिब ७ हजार ५ सय प्रतिनिधि सहभागी हुने प्रतिनिधिसभाले प्रतिरक्षा विश्वविद्यालयसहित ७ विधेयक छलफलका लागि संसदीय समितिमा पठायो जस्तो ऐन बनायो, परिणाम पनि त्यस्तै आउँछ : पूर्वाधारमन्त्री लम्साल पार्टीलाई बलियो बनाए अहिलेको अवस्थाभन्दा अझ अघि बढ्न सक्छौँ : ओली असोज १–१५ को करदाता उपहार घोषणा, लालबाबु साहलाई १० लाखको बम्पर