2026-10-05 09:27 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

विद्युत् विधेयकबाट सरकारले विदेशी सेना नेपाल आउने बाटो खोल्यो- पूर्वउपप्रधानमन्त्री डा. रावल

काठमाडौँ | पूर्वउपप्रधानमन्त्री डा. भीम रावलले सरकारले विदेशी सेना नेपाल आउने बाटो खोलिरहेको आरोप लगाएका छन् । शनिबार (साउन १७) काठमाडौंमा आयोजित एक कार्यक्रममा उनले यस्तो आरोप लगाएका हुन् ।

नेपाली नदीनालाबाट विद्युत् उत्पादन गर्न विदेशीलाई दिने कानुन बनाइएको उनले उल्लेख गरे । सरकारले त्यसको ‘सुरक्षा आफैँ गर्नू’ भनेको भन्दै उनले त्यसले विदेशी सेनालाई नेपाल भित्रने बाटो खुलाएको टिप्पणी गरे ।

विदेशी सेना आएपछि नेपालीलाई अब राम्रोसँग खान र बस्न नदिने उनले बताए । उनले अब नागरिकता लिन बाबुको नाम र ठेगाना नचाहिने व्यवस्था गरिएको भन्दै आपत्ति जनाए । पिताको नाम र ठेगाना नै नचाहिने भएपछि कसरी वंशजको नागरिकता भयो ? भन्दै उनले प्रश्न गरे ।

कार्यक्रममा भीम रावलको भनाइ पढ्नोस् :

एउटा कानुन आएको सुनेँ । अहिले विदेशीहरूले नेपाली नदीनालाबाट विद्युत् जुन बनाउने भनेको छ नि, त्यसको सुरक्षा जसले बनाउने हो उसैले गर भनिदियो । अब हेर त, विदेशी सेना आउने भयो कि नाइ ? अब विदेशी सेना आएपछि हामीलाई खीर खान दिन्छ ? संसद्बाट एउटा कानुन पारित भयो । बनायो कानुन त्यहाँ बसेकाहरूले । अबदेखि नागरिकता लिने मान्छेले मेरो बाबुको नाम पनि भन्दिनँ, मेरो बाबु कहाँबाट जन्मेको त्यो पनि खाली राख्ने रे ! यो देशलाई कहाँ लैजान लाग्या हो ? दिने बेला वंशजको नागरिकता भन्ने, बाबुको नाम र ठेगाना मेटिदिएपछि वंशज रह्यो त ? यस्तो राजनीति गरेपछि खीर खाने दिन धेरै रहँदैन ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
त्रिविका सबै परीक्षा केन्द्रमा सीसी क्यामरा अनिवार्य बदलिएको परिस्थितिमा पुरानै शैलीले चुनौती सामना गर्न सकिँदैन : प्रचण्ड हरेक नागरिकलाई आवासको सुनिश्चितता गरिनेछः प्रधानमन्त्री शाह रास्वपा केन्द्रीय समितिको बैठक सुरु विश्व बजारमा खाद्य वस्तुको मूल्य फेरि बढ्यो, चिनी र गहुँको भाउ उच्च दाउन्ने बस दुर्घटना: मृत्यु भएका ६ जनाकै सनाखत, १२ घाइते कैलालीमा प्रहरीमाथि कुटपिट, तीन जना पक्राउ कांग्रेस महामन्त्रीमा सुनिल शर्माको उम्मेदवारी घोषणा, ‘कांग्रेस फुटेको छैन’ काठमाडौँमा दुई दिन विद्युत् अवरुद्ध हुने, कुन-कुन क्षेत्रमा ? देउवा समूहबाट आरजु राणा क्षेत्रीय प्रतिनिधि चयन अमेरिकी भिसामा कडाइ, नेपालसहित ५० देशका नागरिकलाई २० हजार डलरसम्म बन्ड अनिवार्य काँग्रेस महाधिवेशन: बासको व्यवस्था प्रतिनिधि आफैले गर्नुपर्ने, पार्टीले खाजा र खाना खुवाउने रौतहटमा १ लाख ८ हजार भारतीय रुपैयाँसहित दुई जना पक्राउ नवलपरासी बस दुर्घटना अपडेट: ६ जनाको मृत्यु, १२ घाइते; ५ मृतकको पहिचान खुल्यो रास्वपाको केन्द्रीय समिति बैठक बस्दै कांग्रेसको १५औँ महाधिवेशनमा करिब ७ हजार ५ सय प्रतिनिधि सहभागी हुने प्रतिनिधिसभाले प्रतिरक्षा विश्वविद्यालयसहित ७ विधेयक छलफलका लागि संसदीय समितिमा पठायो जस्तो ऐन बनायो, परिणाम पनि त्यस्तै आउँछ : पूर्वाधारमन्त्री लम्साल पार्टीलाई बलियो बनाए अहिलेको अवस्थाभन्दा अझ अघि बढ्न सक्छौँ : ओली असोज १–१५ को करदाता उपहार घोषणा, लालबाबु साहलाई १० लाखको बम्पर