2026-09-13 03:11 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

श्रीमान-श्रीमती सवार कार दुर्घटनाग्रस्त,दुर्घटनापछि श्रीमतीलाइ छोडेर श्रीमान फरार,२ जना घाइते

काठमाडौँ | काठमाडौंको जोरपाटीमा दुर्घटना भएको कारले दुई जना पैदलयात्रीलाई ठक्कर दिएको खुलेको छ।

गोकर्णेश्वर नगरपालिका-६ स्थित गोकर्णेश्वरबाट छहारी क्लब जाँदै गरेको बा १९ च ७७२४ नम्बरको कारले बिहान ६:५५ बजे सडकपेटीमा हिँडिरहेका दुई जनालाई ठक्कर दिएको घटनास्थलमा खटिएका प्रहरीले जनाएका छन्।

आफै अनियन्त्रित भएको कारले काभ्रे घर भइ हाल गोकर्णेश्वर बस्ने ६२ वर्षीय परशुराम पराजुली र ३४ वर्षीया सरिता केसीलाई ठक्कर दिएको थियो। परशुराम धान बोकेर मिलतर्फ जाँदै गरेको अवस्थामा कारले ठक्कर दिएको थियो। उनी गभ्मीर घाइते छन्। उनलाई उपचारका लागि बाँसबारीस्थित न्युरो अस्पताल लगिएको घटनास्थलमा खटिएको प्रहरीले जनाएको छ।

सरिता सामान्य घाइते भएकी छन्। उनको उपचार अत्तरखेलस्थित नेपाल मेडिकल कलेजमा उपचार भइरहेको छ। कार गोकर्णेश्वर नगरपालिकास्थित माकलबारी बस्ने ५१ वर्षीय कृष्णप्रसाद पाण्डेले चलाएका थिए। अनियन्त्रित भएर पैदलयात्रीलाई ठक्कर दिएपछि उक्त कार बिजुलीको दुइटा पोलको बीचमा छिरेर अड्किएको थियो।

दुर्घटनापछि चालक पाण्डे सम्पर्कविहीन रहेको काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयका एसपी दीपक गिरीले जानकारी दिए। घटनास्थलमा खटिएका प्रहरीका अनुसार कारमा श्रीमान-श्रीमती सवार थिए।

दुर्घटनापछि श्रीमान फरार रहेको र श्रीमती प्रहरीको सम्पर्कमा आएर उपचारमा संलग्न छिन्। दुर्घटनाग्रस्त कार घटनास्थलमै छ।

यसबारे थप अनुसन्धान भइरहेको एसपी गिरीले जानकारी दिए।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
मलेसियाको FWCMS भित्र छिरेका २५० म्यानपावरको पूर्वस्वीकृति रोक्का, छानबिन सुरु ब्रिक्स समूह कसैको विरुद्धमा छैन : मोदी विपद्को पूर्वतयारी र प्रभावकारी व्यवस्थापन नहुँदा ठूलो मानवीय क्षति भयो : कुलमान घिसिङ महाधिवेशनको तयारीका लागि देउवा समूहले खटायो ७७ जिल्लामा प्रतिनिधि संविधान रक्षाका लागि सबै परिवर्तनकारी शक्ति एक हुनैपर्छ: माधव नेपाल भोटेकोशी बाढीले बगाएको गरगहनासहित एक जना पक्राउ नेपाली कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठक आइतबार बस्दै यूएईलाई हराउँदै नेपाल एसिया कपमा कम्युनिस्ट पार्टीहरू एकीकरण र सुदृढीकरण गर्दै नयाँ कार्यदिशामा अघि बढ्नुपर्छ : झलनाथ खनाल भोटेकोशी बाढीले १२ बैंकका १७ शाखामा क्षति भोटेकोशी बाढीमा मृतकको संख्या १ हजार ३८४ पुग्यो, ४ हजार ८९ अझै बेपत्ता युएईमा अलपत्र नेपालीको उद्धार गर्न मन्त्री महावीर पुनको आग्रह तीन दिनभित्र कृष्णभीर सडक खण्डमा यातायात सञ्चालन गर्ने तयारी धादिङको परेवाटार–मास्टार सडकमा एकतर्फी यातायात सञ्चालन प्रधानमन्त्री राहत कोषमा जम्मा भयो १३ अर्ब २३ करोड रुपैयाँ विज्ञ र विदेशी प्राविधिक समयमै परिचालन गरेको भए अझ धेरैको ज्यान बच्थ्यो : प्रचण्ड प्रधानमन्त्री शाहले राष्ट्रसङ्घीय महासभालाई असोज ८ गते सम्बोधन गर्ने अब विदेश भ्रमणको विवरण नागरिक एपबाटै प्राप्त गर्न सकिने चिलिमे टनेलमा उद्धार टोली प्रवेशको तयारी अर्थसचिवले राष्ट्र बैंकमा अनावश्यक हस्तक्षेप गर्ने भन्ने हुँदैन : अर्थमन्त्री वाग्ले