2026-10-05 08:08 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

बालेनले भने– हनुमानढोकाको प्रहरी भवन भत्काउँछौँ

काठमाडौँ | काठमाडौँ महानगरपालिकाका प्रमुख बालेन्द्र शाह (बालेन)ले हनुमानढोकास्थित प्रहरीको भवन भत्काउनुपर्ने भन्दै सहयोग गर्न प्रहरीलाई आग्रह गरेका छन् । बालेनले मंगलबार आफ्नै कार्यकक्षमा नेपाल प्रहरीका महानिरीक्षक (आईजीपी) दीपक थापा र उपत्यका ट्राफिक प्रहरी कार्यालयका प्रमुख नलराज अधिकारीसँग छलफल गरेर भवन भत्काउने कार्यमा महानगरलाई सहयोग गर्न आग्रह गरेका हुन् ।

छलफलमा बालेनले प्रहरीको भवन भत्काएर पोखरी निर्माण गर्ने बताएका थिए । जवाफमा थापाले यसको सट्टामा उपत्यका ट्राफिक प्रहरी कार्यालयसँगैको ७ रोपनी जग्गा दिनुपर्ने सर्त अघि सारेका छन् । यो बैठकमा नेपाल प्रहरीका वरिष्ठ प्रहरी उपरीक्षक (इन्जिनियर) रामकुमार चौधरी र नगर प्रहरी प्रमुख राजुनाथ पाण्डे लगायतको पनि उपस्थिति रहेको थियो ।

सो क्रममा बालेनले हनुमान ढोकाको प्रहरी भवन २०७२ को भूकम्पले क्षतिग्रस्त भएको र सांस्कृतिक सम्पदाको संरक्षणका लागि पोखरी पुनर्निर्माणलाई प्राथमिकता दिनुपर्ने बताएका थिए । ‘हनुमानढोका क्षेत्रको सांस्कृतिक महत्वलाई जोगाउन र मच्छिन्द्रनाथको रथ राख्ने परम्परालाई कायम गर्न यो पोखरी निर्माण आवश्यक छ,’ उनले भनेका थिए ।

यो योजनालाई तत्काल अगाडि बढाउन प्रहरीका महानिरीक्षक थापा तयार भएपनि ट्राफिक कार्यालयसँगैको ७ रोपनी जग्गा दिइनुपर्ने सर्त राखेका हुन् । महानगरले हनुमानढोका क्षेत्रमा २ रोपनी क्षेत्रफलमा रहेको नेपाल प्रहरीको पुरानो भवन भत्काएर मच्छिन्द्रनाथको रथ राख्ने परम्परागत पोखरी पुनर्निर्माण गर्न खोजेको छ ।

त्यसको बदलामा तत्कालीन नगर पञ्चायतको नाममा रहेको उक्त ७ रोपनी जग्गा लिएर प्रहरीले ट्राफिक टावर र आवश्यक भवन निर्माण गर्न चाहेको छ । प्रहरीको चाहनाअनुसार यसका लागि आवश्यक लेआउट तयार गर्न नेपाल प्रहरीका इन्जिनियर रामकुमार चौधरी र महानगरका इन्जिनियर सन्तोष पाण्डेलाई जिम्मेवारी दिइएको बताइएको छ । त्यसपछि थप सहमति गरेर अघि बढिने बताइएको छ ।

यस्तै मानव बेचबिखन अनुसन्धान ब्युरोको भवन निर्माणका लागि उपयुक्त जग्गा खोज्ने र भवन बनाउनका लागि सहकार्य गर्ने विषयमा पनि छलफल भएको थियो । प्रहरी महानिरीक्षक दीपक थापाले सुरक्षा र सेवा प्रवाहका लागि बलियो पूर्वाधार आवश्यक रहेको बताउँदै महानगरसँगको सहकार्यले प्रहरीका योजनाहरूलाई प्रभावकारी बनाउन सकिने बताए ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
त्रिविका सबै परीक्षा केन्द्रमा सीसी क्यामरा अनिवार्य बदलिएको परिस्थितिमा पुरानै शैलीले चुनौती सामना गर्न सकिँदैन : प्रचण्ड हरेक नागरिकलाई आवासको सुनिश्चितता गरिनेछः प्रधानमन्त्री शाह रास्वपा केन्द्रीय समितिको बैठक सुरु विश्व बजारमा खाद्य वस्तुको मूल्य फेरि बढ्यो, चिनी र गहुँको भाउ उच्च दाउन्ने बस दुर्घटना: मृत्यु भएका ६ जनाकै सनाखत, १२ घाइते कैलालीमा प्रहरीमाथि कुटपिट, तीन जना पक्राउ कांग्रेस महामन्त्रीमा सुनिल शर्माको उम्मेदवारी घोषणा, ‘कांग्रेस फुटेको छैन’ काठमाडौँमा दुई दिन विद्युत् अवरुद्ध हुने, कुन-कुन क्षेत्रमा ? देउवा समूहबाट आरजु राणा क्षेत्रीय प्रतिनिधि चयन अमेरिकी भिसामा कडाइ, नेपालसहित ५० देशका नागरिकलाई २० हजार डलरसम्म बन्ड अनिवार्य काँग्रेस महाधिवेशन: बासको व्यवस्था प्रतिनिधि आफैले गर्नुपर्ने, पार्टीले खाजा र खाना खुवाउने रौतहटमा १ लाख ८ हजार भारतीय रुपैयाँसहित दुई जना पक्राउ नवलपरासी बस दुर्घटना अपडेट: ६ जनाको मृत्यु, १२ घाइते; ५ मृतकको पहिचान खुल्यो रास्वपाको केन्द्रीय समिति बैठक बस्दै कांग्रेसको १५औँ महाधिवेशनमा करिब ७ हजार ५ सय प्रतिनिधि सहभागी हुने प्रतिनिधिसभाले प्रतिरक्षा विश्वविद्यालयसहित ७ विधेयक छलफलका लागि संसदीय समितिमा पठायो जस्तो ऐन बनायो, परिणाम पनि त्यस्तै आउँछ : पूर्वाधारमन्त्री लम्साल पार्टीलाई बलियो बनाए अहिलेको अवस्थाभन्दा अझ अघि बढ्न सक्छौँ : ओली असोज १–१५ को करदाता उपहार घोषणा, लालबाबु साहलाई १० लाखको बम्पर