२०८२, १६ चैत्र सोमबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

संवैधानिक परिषद्मा बहुमत असम्भव भएपछि सत्ता गठबन्धनको निगाह इन्दिरा रानामाथि

२०८२, ३ भाद्र मंगलवार १४:२७

उपसभामुख इन्दिरा रानाविरुद्ध पदअनुकूल आचरण नगरेको आरोपमा प्रस्ताव दर्ता गर्न सत्ता गठबन्धनका प्रमुख दुई दल नेपाली कांग्रेस र नेकपा एमाले गृहकार्यमा जुटेका छन्।
दुवै दलले सांसदहरूका हस्ताक्षर संकलन गरिरहेका छन्। संवैधानिक परिषद्मा प्रधानमन्त्रीलाई बहुमत पुर्‍याउन कठिन भएपछि सत्ता गठबन्धनले यो कदम चालेको देखिन्छ।

 

संवैधानिक परिषद्मा अहिले प्रधानमन्त्री केपी शर्मा ओलीका लागि सभामुख देवराज घिमिरे मात्र अनुकूल देखिएका छन्। उपसभामुख इन्दिरा घिमिरे राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) पृष्ठभूमिकी, राष्ट्रिय सभा अध्यक्ष नारायण दाहाल माओवादी पृष्ठभूमिका र विपक्षी दलका नेता पुष्पकमल दाहाल प्रचण्ड स्वयं माओवादी अध्यक्ष भएकाले ओलीका लागि अनुकूल परिस्थिति छैन।

प्रधानन्यायाधीश प्रकाशमान सिंह राउतलाई तटस्थ मान्ने हो भने ओलीको विपक्षमा बहुमत पुग्ने जोखिम छ। प्रमुख निर्वाचन आयुक्तसहित केही संवैधानिक पदहरू रिक्त छन्।संसदका दुवै सदनबाट पारित भएको संवैधानिक परिषद्सम्बन्धी विधेयक राष्ट्रपतिले संसदमै फर्काइदिएका छन्। संवैधानिक परिषद् चार वर्षदेखि कानुनी शून्यतामा छ।

यसबीचमा केही प्रधानन्यायाधीश र संवैधानिक आयोगका पदाधिकारीको नियुक्ति सर्वसम्मतिले गरिएको छ। राष्ट्रपतिले फर्काएको विधेयकमा बहुमतका आधारमा निर्णय गर्न सकिने व्यवस्था छ।

सदनबाट विधेयक पुनः शीतलनिवास पठाए पनि प्रधानमन्त्रीलाई निर्णय गर्न अफ्ठ्यारो हुने भएपछि उपसभामुख हटाउने निष्कर्षमा सत्ता गठबन्धन पुगेको नेपाली कांग्रेसका एक पदाधिकारीले बताए।

‘संवैधानिक परिषद्बाट निर्णय गर्नै नसकिने भयो,’ ती पदाधिकारीले भने, ‘लामो समय रिक्तता र अनिर्णयमा राखिरहनु उचित हुँदैन। राज्य कहिल्यै पनि विकल्पविहीन बस्नुहुँदैन। त्यसैले अनुकूल परिस्थिति निर्माण गर्न कुनै कदम चाल्नैपर्ने भयो।’

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
आवेदन दिएको दिनमै श्रम स्वीकृति ओली र लेखकलाई ५ दिन हिरासतमा राखेर अनुसन्धान गर्न अनुमति ओली पक्राउको विरोधमा आज पनि काठमाडौँमा एमालेको प्रदर्शन नेप्से परिसूचकमा ठूलो गिरावट नेकपा संसदीय दलको नेतामा प्रचण्ड कारबाही उत्तेजना र आवेगमा आएर होइन, कानूनी प्रक्रिया बमोजिम हुनुपर्छ: कांग्रेस वीरगञ्ज नाका हुँदै २ हजारभन्दा बढी एलपी ग्यासका बुलेट भित्रिए पूर्वप्रधानमन्त्री ओली र पूर्वगृहमन्त्री लेखकको पक्राउ अपरिपक्व निर्णय हो : पूर्वराष्ट्रपति भण्डारी प्रदर्शनमा उत्रिएका एमाले कार्यकर्ता र प्रहरीबीच झडप केपी ओली र रमेश लेखक पक्राउ पर्नु ठूलो कुरा होइन, देश रहन्छ कि रहँदैन भन्ने कुरा चाहिँ ठूलो हो: दुर्गा प्रसाईं काठमाडौँमा वर्षा ओली पक्राउको विरोधमा प्रदर्शन ओली पक्राउको विरोधमा उत्रिए एमालेका कार्यकर्ताहरु पूर्वगृहमन्त्री लेखक २ नं गण महाराजगञ्जमा नवनिर्वाचित सांसदहरुलाई कांग्रेसको अभिमुखिकरण शुरु कानुन कार्यान्वयनमा दह्रोसँग उभिन गृहमन्त्रीको निर्देशन ओलीलाई गरिएको गिरफ्तारी गैरकानुनी र राजनीतिक प्रतिशोधपूर्ण कदम हो: रामकुमारी झाँक्री चार प्रमुख निर्णय गर्दै एमाले सचिवालय बैठक सम्पन्न काठमाडौँबाट रोल्पातर्फ जाँदै गरेको बस दुर्घटना ओली चिकित्सकको निगरानीमा, त्रिवि शिक्षण अस्पताल भर्ना