2026-10-05 12:48 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

यातायात र सडक विभाग भवनको आगो निभाइँदै

काठमाडौँ | भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयअन्तर्गतका सडक विभाग र यातायात विभागको भवनमा लागेको आगो दमकलको सहयोगमा निभाउन थालिएको छ । ‘जेनजी पुस्ता’को प्रदर्शनका क्रममा मङ्गलबार यी दुई विभागका भवनमा पनि आगजनी गरिएको थियो ।

मन्त्रालयका प्रवक्ता भिमार्जुन अधिकारीले मन्त्रालयको भवनमा खासै क्षति नभए पनि मन्त्रालयअन्तर्गतका सडक विभाग र यातायात विभाग भने जलेर सखाप भएको जानकारी दिनुभयो । “अहिले पनि यी भवनभित्र आगो बलिरहेको छ । ललितपुर महानगरपालिकाको दमकल ल्याएर आगो निभाउने प्रयास भइरहेको छ,” उहाँले भन्नुभयो, “भवन मात्रै होइन गाडीहरू पनि जलेका छन् । कति गाडी जले र भवनको क्षति कति भयो भन्ने विवरण आइसकेको छैन ।”

प्रवक्ता अधिकारीका अनुसार क्षतिको विवरण छिट्टै सङ्कलन हुनेछ । सिंहदरबारका कलात्मक प्राशासनिक भवनहरू आगलागीका कारण खरानीमा परिणत भएका छन् । प्रदर्शनकारीले सिंहदरबार, सर्वोच्च अदालत, काठमाडौँ जिल्ला अदालत, विशेष अदालत, शीतल निवासलगायतका विभिन्न मुख्य सरकारी संरचनामा आगजनी गरेका थिए ।

सिंहदरबार पुगेका कर्मचारीले जलेका भवनको सरसफाइ गर्न थालेका छन् । मुख्य सचिव एकनारायण अर्यालले आजै जलेका भवनको स्थलगत अवलोकन गर्नुभएको थियो । प्रदर्शनकारीले सरकारी भवन र कार्यालयलाई निसाना बनाउँदा अपूरणीय भौतिक क्षति भएको अनुमान गरिए पनि क्षतिको यकिन विवरण भने आउन बाँकी छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
त्रिविका सबै परीक्षा केन्द्रमा सीसी क्यामरा अनिवार्य बदलिएको परिस्थितिमा पुरानै शैलीले चुनौती सामना गर्न सकिँदैन : प्रचण्ड हरेक नागरिकलाई आवासको सुनिश्चितता गरिनेछः प्रधानमन्त्री शाह रास्वपा केन्द्रीय समितिको बैठक सुरु विश्व बजारमा खाद्य वस्तुको मूल्य फेरि बढ्यो, चिनी र गहुँको भाउ उच्च दाउन्ने बस दुर्घटना: मृत्यु भएका ६ जनाकै सनाखत, १२ घाइते कैलालीमा प्रहरीमाथि कुटपिट, तीन जना पक्राउ कांग्रेस महामन्त्रीमा सुनिल शर्माको उम्मेदवारी घोषणा, ‘कांग्रेस फुटेको छैन’ काठमाडौँमा दुई दिन विद्युत् अवरुद्ध हुने, कुन-कुन क्षेत्रमा ? देउवा समूहबाट आरजु राणा क्षेत्रीय प्रतिनिधि चयन अमेरिकी भिसामा कडाइ, नेपालसहित ५० देशका नागरिकलाई २० हजार डलरसम्म बन्ड अनिवार्य काँग्रेस महाधिवेशन: बासको व्यवस्था प्रतिनिधि आफैले गर्नुपर्ने, पार्टीले खाजा र खाना खुवाउने रौतहटमा १ लाख ८ हजार भारतीय रुपैयाँसहित दुई जना पक्राउ नवलपरासी बस दुर्घटना अपडेट: ६ जनाको मृत्यु, १२ घाइते; ५ मृतकको पहिचान खुल्यो रास्वपाको केन्द्रीय समिति बैठक बस्दै कांग्रेसको १५औँ महाधिवेशनमा करिब ७ हजार ५ सय प्रतिनिधि सहभागी हुने प्रतिनिधिसभाले प्रतिरक्षा विश्वविद्यालयसहित ७ विधेयक छलफलका लागि संसदीय समितिमा पठायो जस्तो ऐन बनायो, परिणाम पनि त्यस्तै आउँछ : पूर्वाधारमन्त्री लम्साल पार्टीलाई बलियो बनाए अहिलेको अवस्थाभन्दा अझ अघि बढ्न सक्छौँ : ओली असोज १–१५ को करदाता उपहार घोषणा, लालबाबु साहलाई १० लाखको बम्पर