2026-07-27 06:49 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

बहिर्गमन हुने समयमा मनसुन पुनःसक्रिय

काठमाडाैँ | औसत रूपमा अबको १५ दिनमा मनसुन बहिर्गमन हुनुपर्ने समय भए पनि अहिले सक्रिय बन्न थालेको छ । जल तथा मौसम विज्ञान विभागअन्तर्गत मौसम पूर्वानुमान महाशाखाले हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थान आसपास अवस्थित रहनुका साथै अरब सागर तथा बङ्गालको खाडीबाट जलवाष्पयुक्त हावाको समेत प्रभाव रहेकाले मनसुन सक्रिय भएको जनाएको छ ।

महाशाखाका मौसमविद् रोजन लामिछानेले प्रायः बहिर्गमन हुने समयमा मनसुन सक्रिय हुने बताउनुभयो । “सामान्यतया अक्टोबर २ मा मनसुन बाहिरिने गर्छ । मनसुन बहिर्गमन हुन १५ दिन मात्रै बाँकी छ, कहिलेकाहीँ मनसुन लम्बिन पनि सक्छ । यो वर्ष सरदर मितिमै मनसुन बहिगर्मन हुन्छ वा हुँदैन अहिल्यै भन्न सकिँदैन”, उहाँले भन्नुभयो ।

लामिछानेका अनुसार आज पनि देशभर साधारणतया मौसम बदली रहनेछ । बागमती र लुम्बिनी प्रदेशसहित देशका पहाडी भूभागका केही स्थानमा तथा बाँकी भूभागका थोरै स्थानमा मध्यम वर्षाको सम्भावना रहेको उहाँले बताउनुभयो ।

कोशी, बागमती र कर्णाली प्रदेशका पहाडी भूभाग तथा लुम्बिनी प्रदेशका तराई भूभागका एक–दुई स्थानमा भारी वर्षाको सम्भावना रहेको लामिछानेले जानकारी दिनुभयो ।

योसँगै आज देशका केही नदीहरूमा पानीको बहाव पनि बढ्न सक्ने सम्भावना रहेको विभागले जनाएको छ । विभागका बाढीविद् विनोद पराजुलीले दोलखा, सिन्धुपाल्चोक, पाल्पा, रुपन्देही, नवलपरासी पूर्व, नवलपरासी पश्चिम, डोटी, कैलाली र आसपासका जिल्ला हुँदै बहने स–साना नदीहरूको बहाव उल्लेख्य बढ्ने तथा आकस्मिक बाढीको मध्यम जोखिमको उच्च सम्भावना रहेकाले समवधानी अपनाउन उहाँले सबैलाई अनुरोध गर्नुभयो ।

“इलाम, झापा, मोरङ, काठमाडौँ, ललितपुर, भक्तपुर, बारा, पर्सा, चितवन, कास्की, तनहुँ, स्याङ्जा, म्याग्दी, बाग्लुङ, पर्वत, गुल्मी, अर्घाखाँची, बाँके, बर्दिया, दाङ, सुर्खेत, दैलेख, कञ्चनपुर, डडेलधुरा, बैतडी, दार्चुला र आसपासका जिल्ला हुँदै बहने केही स–साना नदीहरूमा बहाव उल्लेख्य बढ्ने र आकस्मिक बाढीको मध्यम जोखिमको मध्यम सम्भावना छ”, उहाँले भन्नुभयो, “उक्त नदी तटीय क्षेत्रहरूमा सतर्कता अपनाउन आवश्यक छ ।”

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
मोबाइल नदिएको निहुमा आफ्नै साथीको हातबाट १७ वर्षीय किशोरको मृत्यु गोविन्द केसीको मागबारे छलफल गर्न धनगढीमा वार्ता सुरु एमबीएको प्रश्नपत्र लिक प्रकरणमा स्ववियुले माग्यो छानबिन र डीनको राजीनामा डा. केसीसँग वार्ता गर्न शिक्षा सचिव धनगढीमा बालेन सरकार लोकप्रियताको जगमा बनेको हो, यो लामो समयको चुनौती हो भन्ने ठान्दिनँ: शंकर पोखरेल आज हामीले धक्का त खाएका छौँ, तर यही अवस्थाबाट फेरि उठ्नुपर्छ: माधवकुमार नेपाल बेपत्ता भएकी चार वर्षीया बालिकाको शव फेला अरिङ्गालको टोकाइबाट गम्भीर घाइते भएका एक युवकको उपचारका क्रममा मृत्यु सीमा नाकामा गृहमन्त्री जाँदा धेरै घेर्नुहुँदो रहेछ, अब स्पेशल टास्क फोर्सले काम गर्छ : गृहमन्त्री गुरुङ आवश्यकताअनुसार उच्चस्तरीय भ्रमणलाई सरकारले निरन्तरता दिन्छ : परराष्ट्र मन्त्रालय दुई दिन बिदा कायम हुन्छ: शिक्षामन्त्री पोखरेल सांसदलाई स्वकीय सचिव राख्ने सरकारी निर्णयविरुद्ध सर्वोच्चमा रिट विमानस्थलबाट साढे ६ लाख नगदसहित उपसचिव पक्राउ खैरो हेरोइनसहित चार जना पक्राउ इरानमाथि लगातार १३औँ रात पनि हमला करेन्ट लागेर सशस्त्र प्रहरी जवानको मृत्यु सुनचाँदीको मूल्य घट्यो शिक्षामन्त्री पोखरेललाई नेपो बेबीको आरोप लगाउनेहरू पक्राउ अर्ग्यानिक कृषि उत्पादनको प्रमाणीकरण गर्ने व्यवस्था देशभित्रै मिलाउन प्रधानमन्त्री शाहको निर्देशन तीन पार्टीले मिलेर खाए होइन, बलिदान दिए : केपी ओली