2026-11-04 06:17 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

नेपालमा भेटिए छेपारोका दुई नयाँ प्रजाति

काठमाडौँ | नेपालमा छेपारोका दुई नयाँ प्रजाति फेला परेका छन् । संक्षणकर्मीको एक टोलीले मकवानपुर र सिन्धुलीमा छेपारोका नयाँ प्रजाति फेला पारेका हुन् ।

वेन्ट–टोड गेक्को अर्थात माउसुली परिवारमा पर्ने यी छेपारा मकवानपुरको मकवानपुरगढी र सिन्धुलीको हरिहरपुर क्षेत्रमा फेला पारी पहिचान तथा नामकरण गरिएको जनाइएको छ ।

उक्त प्रजाति विश्वकै लागि नयाँ प्रमाणित भएको र दुई दिनअघि मात्रै अन्तरराष्ट्रिय जर्नल ‘जुकिज’मा प्रकाशितसमेत भइसकेको संरक्षणकर्मी सन्तोष भट्टराईले जानकारी दिनुभयो । भट्टराई फेडेरेसन युनिभर्सिटी अष्ट्रेलियामा छेपारोकै विषय विद्यावारिधि गरिरहनुभएको छ ।

उहाँका अनुसार ती दुई प्रजाति चुरे (सिवालिक) पर्वतश्रृंखलाबाट भेटिएका हुन् । चुरे (सिवालिक) क्षेत्र जैविक विविधतामा समृद्ध भए पनि कम अध्ययन गरिएको क्षेत्रमा पर्छ । भट्टराईको टोलीले गत जुन÷जुलाई २०२४ मा उक्त प्रजाति फेला पारेको र नयाँ प्रजाति यकिन गरेपछि हालै जर्नलमा प्रकाशित गरिएको हो ।

मकवानपुरगढीमा भेटिएको छेपारोको नाम ‘मकवानपुरगढी वेन्ट–टोड गेक्को’ र सिन्धुलीको हरिहरपुरको चुरे पर्वतश्रृंखलामा भेटिएको छेपारोको नाम ‘चुरे वेन्ट–टोड गेक्को’ राखिएको छ ।

मुख्य शोधकर्ता सन्तोष भट्टराईको टोलीले विद्यावारिधि अध्ययनका क्रममा सन् २०२४ को जुन–जुलाई महिनामा नयाँ प्रजाति फेला पारेका थिए । उक्त टोलीले गत वर्ष पनि वेन्ट–टोड गेक्को प्रजातिअन्तर्गत नेपालबाट तीन वटा प्रजाति फेला पारी नामकरण गरेका थिए ।

गेक्कोनिडे परिवारअन्तर्गत पर्ने यी छेपारा संसारभरी ३८० भन्दा बढी प्रजातिका पाइन्छन् भने नेपालमा अहिले फेला परेका दुई सहित जम्मा सात प्रजाति फेला परेको छ । जसमध्ये पाँच वटा प्रजाति भट्टराईकै नेतृत्वको समूहले फेला पारी नामकरण गरेका हुन् ।

सरकार तथा जैविक विविधता संरक्षण गर्ने नेपालका संस्था ठूला स्तनधारी वन्यजन्तुमा मात्र केन्द्रित रहेकाले नेपालमा अझै थुप्रै प्रजातिहरुको रेकर्ड हुन बाँकी नै रहेको जनाइएको छ । सरीसृपलगायत अन्य अध्ययन कम भएका प्रजातिको खोज तथा अनुसन्धानका लागि सबै सरोकारवालाले यस्ता प्रजातिको अध्ययन अनुसन्धान तथा संरक्षणमा प्रथामिकीकरण गर्नुपर्ने देखिएको संरक्षणकर्मीहरुले बताएका छन् ।

अध्ययनका लागि नेपालका संरक्षणकर्मी सन्तोष भट्टराई, विवेक गौतम, विशाल न्यौपाने, भारतका अक्षय खान्देकर, तेजस ठाकरे, इशान अगर्वाल, अष्ट्रेलियाका आश ओल्सन, फिओना होगन र वेएन्डी राइट सहभागी हुनुहुन्थ्यो ।

वरिष्ठ संरक्षणकर्मी करण शाहले भन्नुभयो, “उक्त टोलीले हालै फेला पारेको यो माउसुली परिवारको किरा फट्याङ्ग्रे खाने छेपारो हो । बालीनाली नोक्सान, लुगाफाटो नोक्सान गर्ने चिजलाई खाएर यसले जोगाउने काम गर्छ र यो छेपारो धेरै जीवनजन्तुको आहारा पनि हो । त्यसैले यसले समग्र प्रणालीलाई सन्तुलनमा महत्वपूर्ण भूमिका खेल्छ र यसको प्रयोग औषधिका रुपमा पनि गरिन्छ ।”

गएको वर्ष फेला पारिएको तीन प्रजातिमध्ये एउटाको नाम वरिष्ठ वन्यजन्तु विज्ञ प्रोफेसर करणबहादुर शाहले नेपालको वन्यजन्तु (खासगरी उभयचर–सरीसृप) संरक्षणमा गरेको योगदानस्वरूप उहाँकै नाममा ‘करण वेन्ट–टोड गेक्को’ राखिएको थियो ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
पोखराले गुमायो छैठौँ विकेट एमालेसहित सबै कम्युनिस्ट शक्तिहरू एकजुट हुनुपर्छ : प्रचण्डको आह्वान मन्त्रिपरिषद् बैठकका निर्णयहरू सार्वजनिक युक्रेनमा रुसी आक्रमण : मृत्यु हुनेको सङ्ख्या २९ पुग्यो, ४८ जना बेपत्ता एनपीएल : टस जितेर लुम्बिनीले रोज्यो बलिङ, पोखरा पहिले ब्याटिङ गर्दै छिटो र सहज न्यायका लागि मेलमिलापसम्बन्धी विधेयक ल्याइएको हो : कानूनमन्त्री गौतम एनपीएल : विराटनगरसँग जनकपुर २ रनले पराजित डोल्पा कारागारबाट सुरुङ खनेर भागेका ८ कैदीमध्ये दुई जना पक्राउ कांग्रेसको आन्तरिक विषयमा हस्तक्षेप नगर्नू : देवराज चालिसे एनपीएल : विराटनगरद्वारा जनकपुरलाई १७५ रनको लक्ष्य सरकारको कार्यशैलीमाथि कांग्रेसको प्रश्न, संसद्‌मै छलफल गर्न माग एनपीएल : जनकपुरविरुद्ध इमरान शेखको अर्धशतक रुपन्देहीमा महिला हत्या प्रकरण : चार जना पक्राउ मन्त्रिपरिषद् बैठक बस्दै एनपीएल : टस जितेर जनकपुरले रोज्यो बलिङ, विराटनगर पहिले ब्याटिङ गर्दै ट्रम्पको लोकप्रियताको परीक्षा : अमेरिकामा आज मध्यावधि निर्वाचन जुनसुकै कम्पनीको ग्यास सिलिन्डर साट्न पाउनुपर्ने माग गर्दै सर्वोच्चमा रिट नेपाली बजारमा सुनको मूल्यमा वृद्धि, चाँदी सस्तियो सरकारलाई असहयोग गर्दैनौँ, गलत काम गरे प्रश्न उठाउँछौँ : प्रदीप पौडेल मध्यपूर्वका नेपाली श्रमिकका मुद्दा राष्ट्रिय नीतिमा स्थापित हुँदै, ९औँ एनआरएनए क्षेत्रीय सम्मेलन कतारमा हुँदै