2026-10-03 03:55 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

तिहार एवं देउसी-भैलो संस्कृतिको शास्त्रीय तथा सांस्कृतिक पक्षबारे अन्तरक्रिया

काठमाडौँ | नेपालको मौलिक संस्कार, धर्म र सांस्कृतिक सम्पदाको संरक्षण तथा प्रवर्द्धनमा योगदान पुर्‍याउने उद्देश्यले धार्मिक सांस्कृतिक पत्रकार समाज, नेपालले आज यहाँ अन्तरक्रिया कार्यक्रमको आयोजना गरेको छ ।

‘तिहार एवं देउसी भैलो संस्कृतिको शास्त्रीय तथा सांस्कृतिक पक्ष’ विषयक अन्तरक्रियामा विविध क्षेत्रका विज्ञ, संस्कृतिविद्, अध्येता, जनप्रतिनिधि, धर्मगुरु तथा समाजसेवीहरूले यसबारे आफ्नो आधार राख्नुभयो ।

पत्रकार समाजका अध्यक्ष पूर्णप्रसाद मिश्रको सभापतित्वमा भएको कार्यक्रममा तिहार पर्वसँग सम्बन्धित देउसी र भैलो संस्कृतिको ऐतिहासिकता, शास्त्रीय मूल आधार, सामाजिक सन्देश तथा आधुनिक परिवेशमा यसको संरक्षण र सन्दर्भमा छलफल तथा अन्तरक्रिया गरिएको थियो ।

कार्यक्रमका प्रमुख वक्ता प्रा भवानीप्रसाद खतिवडाले देउसी र भैलोको उत्पत्ति, भाषिक व्युत्पत्ति, धार्मिक सन्दर्भ र जनश्रुतिमा आधारित कथाहरूको विश्लेषण गर्नुभयो । उहाँले ‘देउसी’ शब्द ‘देउशिरी’ बाट उत्पत्ति भएको उल्लेख गर्दै प्राचीन समयमा राजा बलिको कथासँग यसको गहिरो सम्बन्ध रहेको सुनाउनुभयो । तिहार पर्व प्रकृति, जीवजन्तु र मानव जीवनबीचको संवादको प्रतीकसमेत रहेको रहेको खतिवडाको भनाइ थियो ।

‘भैलो’ भन्ने शब्द ‘भवानी’ नामसँग सम्बन्धित भएको र विशेषगरी लक्ष्मी पूजापछिको साँझ गाउने परम्परा रहेको व्याख्या गरिएको थियो ।

कार्यक्रममा राष्ट्रियसभा सदस्य विष्णुदेवी पुडासैनी, पशुपति क्षेत्र विकास कोषका निमित्त सदस्यसचिव शुभास जोशी, संस्कृतिविद् डा बिनुबाबा अर्याललगायतले तिहार पर्वले नेपाली समाजमा सहिष्णुता, आपसी सद्भाव र सामूहिकताको भावना अभिवृद्धि गर्ने धारणा राख्नुभयो । उहाँहरूले यस पर्वलाई शुद्ध, सात्विक र समावेशी ढङ्गले मनाउने परम्परालाई बचाइराख्नुपर्नेमा जोड दिनुभयो ।

कार्यक्रमका अधिकांश वक्ताले देउसी–भैलोको परम्परागत स्वरूपमा आएको विकृति र त्यसको समाधानतर्फ ध्यान दिनुपर्ने धारणा राख्नुभएको थियो ।

कार्यक्रममा बागमती सफाइ अभियन्ता गोविन्दप्रसाद काफ्ले, प्राडा ध्रुव भट्टराई, बौद्ध धर्मगुरुहरू, विभिन्न क्षेत्रका सांस्कृतिक अभियन्ता, पत्रकार तथा धार्मिक समुदायका प्रतिनिधिहरूको उल्लेख्य सहभागिता रहेको थियो ।

समाजका अध्यक्ष मिश्रले यस्ता अन्तक्रिया कार्यक्रमले नेपाली मौलिक संस्कृतिको पुनरावलोकन र संरक्षणमा सशक्त भूमिका खेल्ने विश्वास व्यक्त गर्नुभयो ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
कैलालीमा प्रहरीमाथि कुटपिट, तीन जना पक्राउ कांग्रेस महामन्त्रीमा सुनिल शर्माको उम्मेदवारी घोषणा, ‘कांग्रेस फुटेको छैन’ काठमाडौँमा दुई दिन विद्युत् अवरुद्ध हुने, कुन-कुन क्षेत्रमा ? देउवा समूहबाट आरजु राणा क्षेत्रीय प्रतिनिधि चयन अमेरिकी भिसामा कडाइ, नेपालसहित ५० देशका नागरिकलाई २० हजार डलरसम्म बन्ड अनिवार्य काँग्रेस महाधिवेशन: बासको व्यवस्था प्रतिनिधि आफैले गर्नुपर्ने, पार्टीले खाजा र खाना खुवाउने रौतहटमा १ लाख ८ हजार भारतीय रुपैयाँसहित दुई जना पक्राउ नवलपरासी बस दुर्घटना अपडेट: ६ जनाको मृत्यु, १२ घाइते; ५ मृतकको पहिचान खुल्यो रास्वपाको केन्द्रीय समिति बैठक बस्दै कांग्रेसको १५औँ महाधिवेशनमा करिब ७ हजार ५ सय प्रतिनिधि सहभागी हुने प्रतिनिधिसभाले प्रतिरक्षा विश्वविद्यालयसहित ७ विधेयक छलफलका लागि संसदीय समितिमा पठायो जस्तो ऐन बनायो, परिणाम पनि त्यस्तै आउँछ : पूर्वाधारमन्त्री लम्साल पार्टीलाई बलियो बनाए अहिलेको अवस्थाभन्दा अझ अघि बढ्न सक्छौँ : ओली असोज १–१५ को करदाता उपहार घोषणा, लालबाबु साहलाई १० लाखको बम्पर साताको अन्तिम कारोबार दिन नेप्से ओरालो, ११ उपसमूहमा गिरावट ग्यास अभाव हुन नदिन सुरक्षा निकायलाई एलपीजी बिक्रीको अनुमति दिने तयारी राष्ट्रिय सभामा विभिन्न मन्त्रालयका प्रश्नको जवाफ, तीन निकायका वार्षिक प्रतिवेदन पेस आर्थिक सुधारका लागि चालु वर्ष २७ नयाँ कानुन ल्याउँछौँ : अर्थमन्त्री वाग्ले महाकाली तटीय क्षेत्रमा सतर्कता अपनाउन आग्रह झापामा हात्ती आतंक र सुकुम्वासी समस्याबारे इन्दिरा राना मगरको सरकारको ध्यानाकर्षण