
काठमाडौँ | देशका केही स्थानमा यति बेला पानी परिरहेको छ । चार प्रदेशका थोरै स्थानमा वर्षा भइरहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।
“हाल कोसी, वाग्मती, गण्डकी र लुम्बिनी प्रदेशको थोरै स्थानहरूमा मेघगर्जन/चट्याङ र हावाहुरीसहित मध्यमसम्मको वर्षा भइरहेको छ,” महाशाखाले भनेको छ । काठमाडौँमा पनि कतैकतै पानी पर्दै छ ।
हाल देशमा पश्चिमी न्यूनचापीय प्रणाली र स्थानीय वायुको प्रभाव रहेको महाशाखाले जनाएको छ ।