2026-10-17 10:39 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

जानकी मन्दिरलाई संरक्षित स्मारक क्षेत्र घोषणा भएकोमा सांसद झाको स्वागत

2026-09-23

काठमाडौँ | सत्तारुढ दल राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद मनिष झाले जानकी मन्दिर क्षेत्रलाई संरक्षित स्मारक क्षेत्रका रूपमा घोषणा गर्ने मन्त्रिपरिषद्को निर्णयको स्वागत गरेका छन्। प्रतिनिधि सभाको बुधबारको बैठकमा बोल्दै उनले चुनावी प्रतिबद्धताअनुसार मन्दिरलाई विश्व सम्पदा सूचीमा सूचीकृत गराउने प्रक्रिया अघि बढेकोमा सरकारप्रति आभार व्यक्त गरेका हुन् ।

सांसद झाले गत वर्ष चुनावी अभियानका क्रममा जानकी मन्दिरलाई विश्व सम्पदा सूचीमा राख्न गरिएको प्रतिबद्धता स्मरण गराए। मन्त्रिपरिषद्ले मन्दिर क्षेत्रलाई संरक्षित स्मारक क्षेत्र घोषणा गरेसँगै उक्त योजना कार्यान्वयनको दिशामा अघि बढेको उनले बताए। साथै, उनले पछिल्लो समय सरकारी काममा देखिएको तदारुकताको प्रशंसा गरे। विशेषगरी कृष्णभीरको सडक १२ दिनभित्रै सुचारु गर्न भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले देखाएको सक्रियता सराहनीय रहेको उल्लेख गर्दै उनले कार्यसम्पादनमा सरकारले देखाएको यस्तै गति अन्य आयोजनाहरूमा पनि आवश्यक रहेको बताए।

सांसद झाले भने, ‘गत वर्ष चुनावी अभियानको सुरुवात गर्दा जानकी मन्दिरलाई विश्व सम्पदा सूचीमा सूचीकृत गराउने प्रतिबद्धता हामीले व्यक्त गरेका थियौँ। सोही प्रतिबद्धताअनुरूप मन्दिर क्षेत्रलाई संरक्षित क्षेत्रका रूपमा घोषणा गर्ने निर्णय भएकामा आभार व्यक्त गर्दछु।’ कृष्णभीरको सडक १२ दिनमै सुचारु गर्न देखाएको पहलप्रति उनले मन्त्रीलाई धन्यवाद दिए। सांसद झाले मुलुकका विभिन्न भागमा रहेका बाढीपीडित शिविरहरूको अवस्थाबारे समेत चिन्ता व्यक्त गरे। बाढीपीडितहरू बसोवास गरिरहेका अस्थायी शिविरहरूमा महिला र बालबालिकाको सुरक्षा संवेदनशीलता बढेको भन्दै उनले सरकारको ध्यानाकर्षण गराए। असुरक्षित वातावरणका कारण पीडितहरू थप समस्यामा परेको उल्लेख गर्दै उनले तत्काल सुरक्षा र व्यवस्थापनका लागि प्रभावकारी कदम चाल्न सरकारसँग माग गरे।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
कांग्रेसका ३५ वर्ष मुनिका ७ युवा केन्द्रीय सदस्यमा निर्वाचित मलेसिया जाने श्रमिकसँग अतिरिक्त शुल्क असुलेको आरोपमा चार जना पक्राउ बाढीले बगाएको आरुघाट पुलको मर्मत सुरु, दसैँअघि सञ्चालन गर्ने लक्ष्य कर्णालीमा नुहाउने क्रममा १२ वर्षीया बालिका बेपत्ता रोजगारीको मूल्य काम गरेको समयले होइन, आम्दानीले निर्धारण गर्छ : ओली खगेन्द्र सुनारको अडिओ प्रकरणमा रास्वपाले गठन गर्‍यो छानबिन समिति संसद् आरोप–प्रत्यारोपमा केन्द्रित हुँदा जनसरोकारका मुद्दा कमजोर बने : खुश्बु ओली भदौमा मात्रै भित्रियो २ खर्ब २१ अर्ब रुपैयाँ रेमिट्यान्स पोखरामा मोटरसाइकलको ठक्करबाट पैदलयात्रीसहित दुई जनाको मृत्यु देउवा पक्षको महाधिवेशनमा केन्द्रीय नेतादेखि सांसदसम्म स्वतः प्रतिनिधि हुने व्यवस्था काठमाडौँको रानीपोखरीमा पुरुषको शव फेला पढाउने भन्दै भारत लैजाँदै गरिएका २५ बालबालिका सीमाबाटै फर्काइए दसैँ मनाउन काठमाडौँ छाड्नेको संख्या साढे २ लाख नाघ्यो विरोध प्रदर्शनमा सहभागी भएपछि इमरान खानलाई भारत छोड्न आदेश कांग्रेस महाधिवेशन : केन्द्रीय कार्यसमितिको सम्पूर्ण नतिजा आज रातिसम्म आउने नवरात्रको पाँचौँ दिन आज स्कन्दमाताको पूजा आराधना गरिँदै दुई तिहाइ बहुमत हुँदैमा सरकारका सबै निर्णय सही हुँदैनन् : अमरेश सिंह सुनचाँदीको मूल्यमा गिरावट, सुन तोलाको २ लाख ८८ हजार ४०० रुपैयाँ रास्वपाका महिला सांसदद्वारा खगेन्द्र सुनारलाई तत्काल निलम्बन गर्न माग देवरको कुटपिटबाट एक महिलाको मृत्यु