2026-10-19 04:41 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

हामीले हार मानेका छैनौँ, अन्तिम सम्भावनासम्म उद्धार जारी राख्छौँ : ऊर्जामन्त्री श्रेष्ठ

2026-09-23

काठमाडौँ | ऊर्जा, जलस्रोत तथा सिंचाईमन्त्री विराजभक्त श्रेष्ठले गत भदौ १० गते भोटेकोशी बाढीबाट जलविद्युत आयोजनाका सुरुङमा फसेकाहरूको खोज तथा उद्धारका लागि सम्पूर्ण सामर्थ्य परिचालन गरिएको बताएका छन् । बुधवार प्रतिनिधिसभाको बैठकमा मन्त्रालयका कामकारबाही र भोटेकोशी बाढीले जलविद्युत क्षेत्रमा पारेको क्षतिको जानकारी गराउँदै मन्त्री श्रेष्ठले यस्तो बताएका हुन् । उनले क्षतिग्रस्त जलविद्युत आयोजनाको सुरुङमा फसेका कर्मचारीहरूको खोज तथा उद्धारमा निरन्तर लागेको बताए । उनले भने,‘ हामीले हार मानेका छैनौँ । सम्भावनाको अन्तिम ढोकासम्म खोज तथा उद्धारका निम्ति सम्पूर्ण सामर्थ्य परिचालन गरेका छौँ ।’

मन्त्री श्रेष्ठले खोज तथा उद्धार अन्तिम सम्भावनासम्म निरन्तरता दिइरहेको जानकारी दिए । उनले सरकारको पहिलो दायित्व खोज तथा उद्धारलाई अन्तिम सम्भावनासम्म निरन्तरता दिनु भएको दाबी गरे । उनले भने, घाइतेहरूको उपचार गर्नु, विस्थापित परिवारको पुनर्स्थापना गर्नु र क्षतिग्रस्त विद्युत्, सडक, पुललगायतका पूर्वाधारको शीघ्र पुनर्निर्माण गर्नु पनि राज्यको दायित्व हो । त्यसमा सरकार लागि रहेका छ ।’

सरकारले बाढी पीडित जनतालाई पुनः सामान्य दैनिकीमा फर्काउने प्रयास जारी रहेको बताए ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
कांग्रेसका ३५ वर्ष मुनिका ७ युवा केन्द्रीय सदस्यमा निर्वाचित मलेसिया जाने श्रमिकसँग अतिरिक्त शुल्क असुलेको आरोपमा चार जना पक्राउ बाढीले बगाएको आरुघाट पुलको मर्मत सुरु, दसैँअघि सञ्चालन गर्ने लक्ष्य कर्णालीमा नुहाउने क्रममा १२ वर्षीया बालिका बेपत्ता रोजगारीको मूल्य काम गरेको समयले होइन, आम्दानीले निर्धारण गर्छ : ओली खगेन्द्र सुनारको अडिओ प्रकरणमा रास्वपाले गठन गर्‍यो छानबिन समिति संसद् आरोप–प्रत्यारोपमा केन्द्रित हुँदा जनसरोकारका मुद्दा कमजोर बने : खुश्बु ओली भदौमा मात्रै भित्रियो २ खर्ब २१ अर्ब रुपैयाँ रेमिट्यान्स पोखरामा मोटरसाइकलको ठक्करबाट पैदलयात्रीसहित दुई जनाको मृत्यु देउवा पक्षको महाधिवेशनमा केन्द्रीय नेतादेखि सांसदसम्म स्वतः प्रतिनिधि हुने व्यवस्था काठमाडौँको रानीपोखरीमा पुरुषको शव फेला पढाउने भन्दै भारत लैजाँदै गरिएका २५ बालबालिका सीमाबाटै फर्काइए दसैँ मनाउन काठमाडौँ छाड्नेको संख्या साढे २ लाख नाघ्यो विरोध प्रदर्शनमा सहभागी भएपछि इमरान खानलाई भारत छोड्न आदेश कांग्रेस महाधिवेशन : केन्द्रीय कार्यसमितिको सम्पूर्ण नतिजा आज रातिसम्म आउने नवरात्रको पाँचौँ दिन आज स्कन्दमाताको पूजा आराधना गरिँदै दुई तिहाइ बहुमत हुँदैमा सरकारका सबै निर्णय सही हुँदैनन् : अमरेश सिंह सुनचाँदीको मूल्यमा गिरावट, सुन तोलाको २ लाख ८८ हजार ४०० रुपैयाँ रास्वपाका महिला सांसदद्वारा खगेन्द्र सुनारलाई तत्काल निलम्बन गर्न माग देवरको कुटपिटबाट एक महिलाको मृत्यु