2026-10-17 02:49 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

नप्से परिसूचकमा भारी गिरावट

2026-09-23

काठमाडौँ | पछिल्ला केही दिनदेखि बढ्दो क्रममा रहेको नेपाल स्टक एक्सचेञ्ज (नप्से) परिसूचकमा बुधबार भारी गिरावट आएको छ । आज नेप्से परिसूचक ३६.२५ अंकले घटेर २ हजार ६१८.०३ विन्दुमा झरेको हो । बजारमा बिक्री चाप बढेपछि अधिकांश कम्पनीको सेयर मूल्य घटेको छ । आज कारोबार भएका २७८ कम्पनीमध्ये २५३ कम्पनीको सेयर मूल्य घट्दा २३ कम्पनीको मूल्य बढेको छ । दुई कम्पनीको सेयर मूल्य भने स्थिर रह्यो ।

नेप्से परिसूचकमा उल्लेख्य गिरावट आए पनि बजारमा कारोबार रकम भने ६ अर्ब रुपैयाँभन्दा बढी पुगेको छ । यसले बजारमा बिक्री चापसँगै कारोबार गतिविधि पनि उच्च रहेको देखाएको छ । आज धौलागिरि लघुवित्तको सेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ। बजारमा अधिकांश कम्पनीको मूल्य घट्दा लघुवित्ततर्फ भने उक्त कम्पनीका लगानीकर्ताले सकारात्मक प्रतिफल पाएका छन् । कारोबार रकमका आधारमा शिवम् सिमेन्ट अग्रस्थानमा रहेको छ। कम्पनीको ३८ करोड रुपैयाँ बराबरको सेयर कारोबार भएको छ ।

त्यस्तै रिलायन्स स्पिनिङ मिल्सको २१ करोड र हिमालयन डिस्टिलरीको २० करोड रुपैयाँ बराबरको सेयर कारोबार भएको छ । पछिल्ला केही दिनयता बढेको बजारमा बुधबार एकैदिन ३६ अंकभन्दा बढीको गिरावट आएपछि लगानीकर्ताबीच बजारको आगामी दिशालाई लिएर चासो बढेको छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
कांग्रेसका ३५ वर्ष मुनिका ७ युवा केन्द्रीय सदस्यमा निर्वाचित मलेसिया जाने श्रमिकसँग अतिरिक्त शुल्क असुलेको आरोपमा चार जना पक्राउ बाढीले बगाएको आरुघाट पुलको मर्मत सुरु, दसैँअघि सञ्चालन गर्ने लक्ष्य कर्णालीमा नुहाउने क्रममा १२ वर्षीया बालिका बेपत्ता रोजगारीको मूल्य काम गरेको समयले होइन, आम्दानीले निर्धारण गर्छ : ओली खगेन्द्र सुनारको अडिओ प्रकरणमा रास्वपाले गठन गर्‍यो छानबिन समिति संसद् आरोप–प्रत्यारोपमा केन्द्रित हुँदा जनसरोकारका मुद्दा कमजोर बने : खुश्बु ओली भदौमा मात्रै भित्रियो २ खर्ब २१ अर्ब रुपैयाँ रेमिट्यान्स पोखरामा मोटरसाइकलको ठक्करबाट पैदलयात्रीसहित दुई जनाको मृत्यु देउवा पक्षको महाधिवेशनमा केन्द्रीय नेतादेखि सांसदसम्म स्वतः प्रतिनिधि हुने व्यवस्था काठमाडौँको रानीपोखरीमा पुरुषको शव फेला पढाउने भन्दै भारत लैजाँदै गरिएका २५ बालबालिका सीमाबाटै फर्काइए दसैँ मनाउन काठमाडौँ छाड्नेको संख्या साढे २ लाख नाघ्यो विरोध प्रदर्शनमा सहभागी भएपछि इमरान खानलाई भारत छोड्न आदेश कांग्रेस महाधिवेशन : केन्द्रीय कार्यसमितिको सम्पूर्ण नतिजा आज रातिसम्म आउने नवरात्रको पाँचौँ दिन आज स्कन्दमाताको पूजा आराधना गरिँदै दुई तिहाइ बहुमत हुँदैमा सरकारका सबै निर्णय सही हुँदैनन् : अमरेश सिंह सुनचाँदीको मूल्यमा गिरावट, सुन तोलाको २ लाख ८८ हजार ४०० रुपैयाँ रास्वपाका महिला सांसदद्वारा खगेन्द्र सुनारलाई तत्काल निलम्बन गर्न माग देवरको कुटपिटबाट एक महिलाको मृत्यु